जुम्लालाई अर्गानिक उत्पादनको केन्द्र बनाउन सुझाव

  ।   ७ फाल्गुन २०७८, शनिबार १८:१६

गोल्डेन बुढा,

जुम्लालाई अगौनिक जिल्ला घोषणा गरेको १४ बर्ष पुग्यो । तर अर्गानिक जिल्लामा रासयनिक बिषादीको प्रयोग हटेको छैन । न रासायनिक बिषादीको प्रयोग हटेको छ । नत अर्गानिक कृषिजन्य बस्तुको उत्पादन नै भएको छ । चन्दननाथ नगरपालिका २ का बरिष्ठ किसान रामकृष्ण बुढ्थापा जब सम्म रासयनिक बिषादीमुक्त जिल्ला बनाउन सकिदैन तब सम्म अर्गानिक जिल्लाको घोषणा गरेको सार्थक हुनेछैन । ’ उनले साउन महिनाको झारपातलाई बटुलेर जैविक मल उत्पादनमा ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिए ।
बर्षायामको समयमा पाइने हरियो झारपातलाई खाल्डोमा कुहाएर जैविक मल बनाएर अर्गानिक खेति गर्न सकिने प्रयाप्त संभावना छन । उनले भने,‘तर अहिले नाम अर्गानिक जिल्ला भएपछि किसानले रासयनिक बिषादी र मलको प्रयोग गरेर खेति गरिरहेका छन । ’ अर्गानिक जिल्ला घोषणा नाम मात्रको भएको छ । उनले थपे,‘वास्तविक अर्गानिक उत्पादन के हो ? भन्ने बारेमा पहिचान गर्न सकिने अवस्था छैन । ’
जुम्लामा व्युटाक्लोर विषादी प्रयोग भइरहेको किसान बताउँछन । आधुनिक युगमा पनि परम्परागत खेतीपाती हुने गरेको छ । उनले भने,‘कृषिक्रान्ति गर्ने हो भन्ने सबैले सोच्नु पर्छ ।अर्गानिक खेति र खेतीको महत्वको बारेमा साधारण किसानलाई जागरुक गर्नुपर्छ । अनि मात्र अर्गानिक जिल्ला भएको पहिचान दिलाउन सकिन्छ । ’
जिल्ला समन्वय समिति जुम्लाका कार्यवाहक प्रमुख कार्मा बुढाले स्थानीय रैथाने बालीको संरक्षण गर्नमा कसैको ध्यान केन्द्रीकृत हुन नसकेको बताए । अर्गानिक कृषि प्रवद्र्धनतर्फ जुम्लाबासी सबै चुलेका छौँ । उनले भने,‘नाम अर्गानिक खेतिको लिन्छौँ । कामका रुपमा व्युटाकोलर जस्ता हानिकारक बिषादीको प्रयोग गर्छौ । यो निकै लाजमर्दो बिषय हो । ’
अर्गानिक जिल्लाको पहिचान दिन सबैको साथ र सहयोग चाहिन्छ । किसान र सरोकारवालाहरु सबैको समन्वय र सहकार्य अति आवश्यक छ । फाफर,कोदो चिनो, कागुनो जस्ता बालीको खेतीपाती गरि सेतो भातको अन्त्य हुनुपर्ने उपप्रमुख बुढाको भनाइ छ ।
चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तिका सेजुवालले अहिले पनि लुकिछिपी विषादीको प्रयोग भइरहेको बताइन् । रासायनिक बिषादीको प्रयोग गरेर बेइजत भएको उनले बताइन् ।
उनले आयतित खाद्यन्नले यहाँ उत्पादित अर्गानिक बस्तु लोप हुदै गएको बताइन । आफ्नो खेतवारीमा उत्पादन भएको बालीनालीलाई प्रोत्साहन गर्नुपर्छ ।उनले भनिन्,‘व्युटाकोलर विषादीको प्रयोगले मानव स्वास्थ्य देखि पशुवस्तुमा समेत असर पुर्‍याउने देखिन्छ । अर्गानिक उत्पादनलाई बढावा दिन सबैको हातेमालो आवश्यक छ ।’
प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले नेपाल कृषि प्रधान देश भएको भएकोले सबै मिलेर कृषि क्रान्तिमा लाग्नु पर्नेमा जोड दिइन । अर्गानिक स्याउका लागि कोल्ड स्टोरको आवश्यक देखिन्छ । उनले भनिन्,‘जसका लागि जुम्लाका ८ वटै स्थानीय तहमा कोल्ड स्टोरको स्थापना हुन जरुरी छ ।’
गुठिचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारी निरोगी हुनका लागि स्थानीय बालीको परिकार खानुपर्ने बताउँछन । स्वास्थ्यका हिसाबले चिनो,कागुनो,फापर र कोदो लगायतका रैथाने परिकार खान राम्रो मानिन्छन् ।
तातोपानी गाउँपालिकाका प्रमुख नवराज न्यौपानेले अर्गानिक बालीको संरक्षण गर्न गाउँपालिका भित्रका सबै आधारभुत विद्यालयमा दिवा खाजामा स्थानीय रैथाने बस्तुको परिकार बनाउनुपर्ने नियम बनाइएको बताए । कृषिलाई मजबुत बनाउन १० वर्षे कृषि रणनीति योजना निर्माण गरिएको जानकारी दिए ।
अहिले तातोपानीका खेतमा विषादी प्रयोग गरेको भेटिएमा १ हजार रुपैयाँ जरिवाना तोकिएको छ । जिल्ला कृषि विकास कार्यलय जुम्लाका प्रमुख गणेश अधिकारीले अर्गानिक कृषि प्रवद्र्धन तथा रैथाने बालीको सरंक्षण गर्ने उदेश्यले प्रत्येक वर्षको फागुन ६ गतेका दिन कृषि दिवस मनाउने गरिएको जनाए । यो वर्ष कृषिको आधार तयार गर्दै रैथाने बालीको संरक्षण गरौँ भन्ने नारा तय गरिएको छ । सर्वाेदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमलराज खत्रीले गैरसरकारी तथा सरकारी निकायबाट पुरानो बालीको उत्पादन गरि संरक्षण गर्नुपर्ने बताए ।

Next Post

जुम्लामा आगोले जलेर एक जनाको मृत्यु

७ फाल्गुन २०७८, शनिबार १८:१६
जुम्ला । जुम्लामा आगोले जलेर एक जनाको मृत्यु भएको हो । ताप्न बालेकाे आगाे शरिरमा सल्केर तातोपानी गाउँपालिका–४ गिरीखोलाका २६ वर्षीय गोविन्द्र रोकायाको मृत्यु भएकाे हाे । जुम्लाका प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दका अनुसार चिसोका कारण न्यानो बनाउँनका लागि बालेको आगो ताप्दै गर्दा शरिरमा आगो सल्किन गई रोकायाको उपचारको क्रममा […]

सम्बन्धित