जुम्लाका यातायात व्यवसायी सडकमा

अनिश्चितकालिन बन्दकाे घाेषणा

  ।   १ माघ २०७७, बिहीबार १९:३१

सवारीसाधन थन्काएर यातायात जुम्लाको चन्दननाथ नगरपालिकाले विना छलफल यातायात व्यवस्था कार्यविधि लागु गरेको भन्दै व्यवसायी सडकमा उत्रिएका छन् । उनीहरुले व्यवसायी संग छलफल नै नगरि पास गरिएको कार्यविधि मान्य नभएको बताए ।
एक प्रेश विज्ञप्ति निकाल्दै व्यवसायीले जव सम्म दोहोरो छलफलका माध्यमबाट सहमतिको मार्ग पहिल्याउन सकिदैन् । तब सम्मका लागि लामो तथा छोटो दुरीका सवारीसाधन नचाउने घोषणा गरेका छन् । यातायात व्यवसायीको यो घोषणा संगै यात्रु अलपत्र पर्ने भएका हुन् ।
नगरपालिकाको कार्य प्रति पटक पटक असहमति राख्दै अल्टिमेटम समेत दिइएको थियो । तर सहमति र सहकार्यको बाटो लत्याउँदै नगरपालिका मौन बस्यो,विज्ञप्तिमा भनिएको छ,‘ यो कार्यले व्यवसायी आक्रोशित भएका छौँ । हप्तादिन बितीसक्दा पनि वार्ताको लागि चासो नै नराखेको कारणले हामी व्यवसायी आन्दोलनमा उत्रन बाध्य भयौँ । ’
बसपार्कमा उचित सुरक्षा, शौचालय, घेरावार पर्खाल, पिउने पानी, बत्ती, चमेना गृहको कुनैपनि व्यवस्था छैन । सम्बन्धित निकायको चासो पनि देखिएको छैन् । बसपार्क संचालन गर्न कम्पनीलाई जिम्मा दिई मजदुरहरुको रोजीरोटी धरापमा पार्ने गरी चर्को कर असुली गरि बस काउन्टर भाडा ट्याम्पुहरु, छोटो तथा लामो दुरिका बस छुटाउने शुल्कमा उच्च मुल्य लागु गरी, एक कम्पनीको सिण्डिकेट उत्पन्न भई बसपार्क तथा व्यावसायीको भविष्य नै संकटमा पर्न गएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जुम्ला भित्र तथा जुम्ला बाहिर छल्ने छोटो तथा लामो दुरिका यातायात सेवा अनिश्चितकालिन बन्द गर्ने घोषणा समेत व्यवसायीले गरेका छन् । बन्दका कार्यक्रमले यात्रुहरुमा पर्न गएको असुविधा प्रति क्षमा चाहान्छौँ,विज्ञप्तिमा भनिएकोछ,‘आन्दोलनमा एकतावद्ध जनाउन समेत हार्दिक अपिल गर्दछौं । ’
व्यवसायीले गरेको अनिश्चित बन्दका कारण यात्रुहरु मर्कामा परेको बताउँदै स्थानीयले तत्काल सरोकारवाला पक्षले पहल थाल्नु पर्ने बताएका छन् । उनीहरुले चन्दननाथ नगरपालिकाले व्यवसायीको मर्का बुझेर छलफल तथा वार्ताको माध्यमबाट अघि बढेर समस्या समाधानका लागि आग्रह गरेका छन् ।

Next Post

राष्ट्रिय भूकम्प सुरक्षा दिवस

१ माघ २०७७, बिहीबार १९:३१
विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ। ‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ दिवस मनाउन लागिएको हो। विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको […]

सम्बन्धित