एमसीसी संसदमा पेश भएपछि प्रधानमन्त्री देउवाले भने, ‘अब पास हुन्छ’

  ।   ८ फाल्गुन २०७८, आईतवार १५:०१

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरूबीचको लामो रस्साकस्सीपछि संसद्‍मा टेबल भएको एमसीसी पास हुने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवाले एमसीसी पास हुने बताएका हुन् ।

संसद्‍बाट देउवा बाहिरिने क्रममा सञ्चारकर्मीले ‘अब एमसीसी के हुन्छ ?’ भन्ने जिज्ञासा राखेपछि प्रधानमन्त्री देउवाले भने, ‘अब पास हुन्छ ।’

सत्ता गठबन्धनका शीर्ष नेताहरूको आइतबार बिहान बसेको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको थियो । तर, सत्तारुढ दलहरूले नै संशोधन नगरी पास गर्न नसकिने अडान राख्दै आएका छन् ।

विपक्षी दलको निरन्तरको अवरोध र सत्तारुढ गठबन्धनकै सांसदहरूको विरोधका बीच प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारले एमसीसी सम्झौता टेबल गरेको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विरोधकाबीच संसद्‍मा एमसीसी टेबल गरेका थिए ।

Next Post

सदनमा एमसीसी पेश भएपछि सडकमा आक्रोश (फोटोफिचर)

८ फाल्गुन २०७८, आईतवार १५:०१
अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदनको प्रस्ताव प्रतिनिधि सभामा पेश भएपछि संसद भवन बाहिर एमसीसीको विरोध प्रदर्शन चर्किएको छ। प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको छ भने प्रदर्शन नियन्त्रण बाहिर पुगेको छ। प्रहरीले प्रदर्शनकारीमाथि लाठी, अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ। प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगा प्रहार गरेका छन्।

सम्बन्धित