कोरोना संक्रमणबाट एक महिलाका मृत्यु

  ।   १२ फाल्गुन २०७८, बिहीबार ०७:१४

जुम्लामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्दननाथ नगरपालिका ८ की ३३ बर्षिया बाटु सुनार रहेको प्रहरीले जनाएकोछ ।
वुधबार साढे १ बजे सुनारको मृत्यु भएको प्रहरी नायब उपरिक्षक डिएसपी नरेन्द्र चन्दले जानकारी दिए । उनले भने,‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संक्रमितको उपचार भइरहेको थियो ।उपचारका क्रममा उनको मृत्यु भयो । ’
उनी मंगलबार दिउँसो मात्र उपचारका लागि अस्पताल पुगेकी थिइन ।आरडिटी परिक्षणका क्रममा कोरोना संक्रमण देखाएको थियो । कोरोनाको तेस्रो लहरमा जुम्लामा पहिलो कोरोना संक्रमितको मृत्यु भएको हो ।
जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार तेस्रो लहरमा कुल १८५ जना संक्रमित भएकोमा एक जनाको मृत्यु भएको छ । ५ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।
प्रतिष्ठानका मेडिकल रेकडर मेघराज बुढाका अनुसार तेस्रो लहरमा कर्णाली प्रतिष्ठानमा २८ जना संक्रमित भर्ना भएका थिए ।

Next Post

स्थानीयतह निर्वाचनको तयारी तीब्र

१२ फाल्गुन २०७८, बिहीबार ०७:१४
जिल्ला निर्वाचन कार्यालय जुम्लाले स्थानीयतह निर्वाचनको तयारी तीब्र पारेको छ । सरोकारवाला संग छलफल संगै अन्य निर्वाचनको काममा तीब्र रुपमा लागेको हो । आगामी बैशाख ३० गते तोकिएको निर्वाचनका लागि वैशाख २९ गतेसम्म १८ वर्ष पुगेका नेपाली नागरिकले मतदानको अवसर पाउने छन ्। नयाँ मतदाताका लागि मतदाता परिचयपत्र सोही बेला […]