ओखर खेतिमा रमाउँदै शंखुबहादुर

  ।   १४ फाल्गुन २०७८, शनिबार १९:५२

जुम्ला चन्दननाथ नगरपालिका १० का शंखुबहादुर खत्री ओखर खेती गर्ने चर्चित किसान हुन्। उनी ओखर खेतीका लागि चौविसै घण्टा बिताउँछन्। एउटै जातको ओखरमा विभिन्न जातको ओखर फलाउनको लागि अनुसन्धान गरिरहेका छन्। उनले एउटै बोटमा धेरै जातका ओखर फलाउने गरी कलमी गरेका छन्।

उनले गरेको सबै कलमी अहिले राम्रोसंग हुर्किएका छन्। किसान शंखुबहादुरले भने,‘व्यवसायिक ओखर खेतीले मात्र कर्णालीको आर्थिक समृद्धि हासिल गर्न सकिन्छ। ओखर खेती बिना टेन्सन गर्ने खेती हो। जुम्लामा ओखर खेतीको राम्रो सम्भावना छ।’ एक बोटको झुप्पोमा एक दानादेखि १५ दान ओखरसम्म फलाउन सकिने उनको अनुसन्धानले देखाएको छ।

बगैँचामा तीन जातको ओखर मात्र सरकारले सिफारिस गरेको लगाइएको छ। उनले ३० जातको ओखरको अनुसन्धान आफै गरेका छन्। अनुसन्धान गरेको ओखरको नाम दिन सकिएको छैन, उनले भने,‘तर अनुसन्धान गरेर फलेको ओखर निकै राम्रो फलिरहेको छ। ओखर फल्ने समयमा निकै राम्रो फल लागेको देख्दा चकित हुन मन लाग्छ।’

शंखुबहादुरले न ओखर खेति बारेमा अध्ययन गरेका छन्। नत ओखर खेतीको कुनै तालिम नै लिएका छन्। बगैँचामा रोपिएका ओखरको वीउ संग खेल्दा खेल्दै उनी एक अनुसन्धानकर्ता भन्दा कम छैनन्। उनले गरेको अनुसन्धानको सबै क्षेत्रमा प्रशंसा भइरहेको छ। शंखुबहादुरको बगैँचा हेर्न सरकारी वैज्ञानिकदेखि किसानसम्म सबै पुग्छन्।

ओखर खेती गर्न चाहनेका लागि त्यो बगैँचा एक पाठशाला जस्तो छ। किसान आएर ओखरको बेर्ना हेर्छन्। ओखरको फल लागेको नियाल्छन्। ओखर खेतीमा व्यवसायीक रुपमा लाग्ने इच्छा बोकेर फर्किन्छन्। शंखुबहादुरको ओखर बगैँचामा ओखर सुपरजोन जुम्लाका प्रमुख गंगा पोखरेल पुगिन्। उनले बगैँचामै पुगेर शंखुबहादुरले ओखर खेतीमा बगाएको पसिना र गरेको अनुसन्धान देखेर उत्साहित भइन्। ओखर बगैँचाको अवलोकन गरेर फर्किइन्।

शंखुबहादुरले भने,‘ विभिन्न थरीका अनुसन्धान देखाए। बगैँचामा पुगेका किसानलाई ओखर खेतीका बारेमा सहजीकरण गरे। ओखर बगैँचामा किसान, अनुसन्धानदाता र सरोकारवालाको उपस्थिति देख्न पाउनु मेरो सौभाग्य हो।’ उनले ओखर खेतीका बारेमा हाते पुस्तक प्रकाशित गरेका छन्। बगैँचा भित्रको माटो परीक्षण गरेर प्रमाण राखेका छन्। उनले तातोपानी, गुठिचौर, हिमा गाउँपालिका र चन्दननाथ नगरपालिकाका किसानलाई झण्डै एक सय ओखरका विरुवा उपलब्ध गराए।

उनले विरुवासंगै जीवतु निःशुल्क उपलब्ध गराए। झण्डै जीवातु र ओखर गरेर एक लाख रुपैयाँ बराबरको विरुवा किसानलाई निःशुल्क दिएको उनी बताउँछन्। ओखर खेतीमा लाग्न किसान आकर्षित बनोस भनेर किसानलाई ओखर बेर्नाबाट विरुवा निकालेर दिएका हुन्। ओखर बगैँचा भित्र नपत्याएको अनुसन्धान भइरहेको छ। ओखर बगैचा देखेर बगैँचामा पुगेका सबै दंग पर्छन्। एकसय जना कामदार लगाएर बगैँचाको सरसफाईदेखि व्यवस्थापन गरेर चिटिक्क बनाएका छन्।

बगैँचामा फल्ने रुख ओखर र सानो बेर्ना समेत उमारिएको छ। रुखबाट फलेको ओखर प्रति दाना १० रुपैयाँमा बेच्छन्। बेर्नाबाट प्रतिविरुवा ७ सय रुपैयाँमा बेच्छन्। आफ्नै माटोमा पसिना बगाएको खण्डमा विदेशिनु नपर्ने अनुभव शंखुबहादुरको छ। अहिले बगैँचामा ३ हजार ओखरका विरुवा छन्। शंखुबहादुरका अनुसार ३ हजार विरुवाको मुल्य झण्डै २१ लाख रुपैयाँ पर्न जान्छ। ११ हजार ओखरका विरुवा निर्यात भइसकेको छ।

उनले भने,‘ओखर विरुवा किन्न व्यापारी बगैँचामै पुग्छन्। विरुवा छानेर लगिरहेका छन्। किसान बगैँचामै पुगेर विरुवा लग्छन्। साथै प्राविधिक ज्ञान लिएर फर्कन्छन्।’ शखुंबहादुरको बगैँचा ओखर खेती गर्न चाहनेका लागि प्रेरणाको स्रोत बनेको छ। यहाँको विरुवा हुम्ला, मुगु, लुम्बिनी प्रदेशबाट समेत ओखर विरुवाको माग भइरहेको छ। बगैँचामा १४ सय ओखरका विरुवा लगाइएको छ। जसमध्ये ३ सय बोटले फल दिन्छन्।

गत वर्ष ५० हजार ओखरका दाना बेचेको शंखुबहादुरले सुनाए। ओखरबाट राम्रो आम्दानी भइरहेको छ। यो खती विना टेन्सन हुने खेती हो। उनले जुम्लाका सबै जसो बाँझो जमिनमा ओखर खेती गर्न उत्साहित गर्ने गरी काम भइरहेको बताए। ३२ हजार वर्गमिटर क्षेत्रफलमा ओखर खेती गरिहेका शंखुबहादुर अहिले ओखर खेतीको प्रशिक्षण दिन जिल्ला दौडाहमा छन्। उनको माग व्यापक भइरहेको छ।

जुम्लामा रहेको बागवानी अनसुन्धान केन्द्र वैज्ञानिक विहिन छ। ओखरको अनुसन्धान अघि बढ्न सकेको छैन। तर बगैँचा भित्रै बसेर शंखुबहादुरले वैज्ञानिक भन्दा धेरै जातको ओखर उमारिसकेका छन्। ओखर खेती गर्न चाहनेदेखि ओखर खेती बारे चासो राख्ने सबै उनको बगैँचामा पुग्छन्। किसानलाई बगैँचा व्यवस्थापन गर्ने, खाडल खन्ने, विरुवा रोप्ने, मलखाद्यको व्यवस्थापन, सिचाइँ, घेराबार लगायतका विषयमा परामर्श दिएर पठाउँछन्।

स्याउ सुपरजोनकी प्रमुख गंगा पोखरेल ओखर खेतीले किसानलाई राहत मिलेको बताइन्। ओखर खेती र अनुसन्धानका क्षेत्रमा शंखुबहादुरले पुर्‍याएको योगदानको खुलेर प्रशंसा गरिन्। उनको बगैँचामा जनप्रतिनिध, सरकारी उच्च अधिकारी, सैन्य अधिकारी, वैज्ञानिक, वरिष्ठ वैज्ञानिकदेखि साधारण किसानसम्म पुगिरहेका छन्।

Next Post

गिट्टी फोडेर घर व्यवहार चलाउँदै जुम्लाका महिला

१४ फाल्गुन २०७८, शनिबार १९:५२
गोल्डेन बुढा, जुम्लाको गुठिचौर गाउँपालिका ४ की ४८ बर्षिया देउली जैसी घरको काम सकाएर बचेको समयमा गिट्टी फोड्छिन । उनी दैनिक एक हजार रुपैयाँ कमाउँछिन । उनी घरको काम पनि छुटाउँदिनन् । बचेको समय पनि सदुपयोग गरेर गिट्टी फोड्छिन । अहिले रुपैयाँ कमाउनकै लागि अधिकांसका छोरा,श्रीमान कालापहाडमा छन । उनले […]