निर्वाचन आयोग समक्ष संशोधित सुचनाको समय थप्न माग

  ।   १५ फाल्गुन २०७८, आईतवार १५:२१

गोल्डेन बुढा,
जिल्ला निर्वाचन कार्यालय जुम्लाले आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनमा कुल ६८ हजार ७ मतदाता सहभागि हुने जनाएको छ । जुम्लामा मतदाता नामावली सहित नामावलीमा दाबी विरोधका बिषयमा जिल्ला स्थित राजनैतिक दल,स्थानीयतहका जनप्रतिनिधि र सरोकारवाला बीच अन्तरक्रिया गर्दै जिल्ला निर्वाचन कार्यालय जुम्लाले मतदाताको कुल संख्या सार्बजनिक गरेको थियो ।
जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार चन्दननाथ नगरपालिकामा ११ हजार नौ सय २८ जना मतदाता छन । कनकासुन्दरी गाउँपालिकामा नौ हजार ७८,गुठिचौर गाउँपालिकामा ६ हजार पाँच सय ३९, तातोपानी गाउँपालिकामा नौ हजार चार सय तिन, तिला गाउँपालिकामा सात हजार नौ सय ३९, पातारासी गाउँपालिकामा आठ हजार छ सय ७६, सिँजा गाउँपालिकाा आठ हजार एक सय ३७ र हिमा गाउँपालिका ६ हजार तिनसय मतदाता रहेका छन । जिल्लाभर १०२ मतदान केन्द्र रहेको प्रमुख शर्माले जानकारी दिए ।
कार्यक्रममा निर्वाचन आयोग नेपालले जारी गरेको संशोधित सुचनाका आधारमा हराएका परिचयपत्र कार्डको बिषयमा फागुन २० गते भित्र निवेदन र वडाको सिफारिस सहित ईमेल, फ्याक्स र अन्य माध्यमबाट निर्वाचन कार्यालयमा पठाउन सुचित गरिएको थियो ।
हराएको मतदाता परिचय पत्रको आवेदन दिने समय छोटो छ । संशोधन गर्ने समय पनि छोटो भएकाले मिति थप्न सरोकारवाला निकायले निर्वाचन कार्यालयलाई आग्रह गरेका थिए । हिमाली क्षेत्रका मानिसहरु व्यापार व्यवसायमा जिल्ला बाहिर जानुपर्ने अवस्था भएकाले फागुन २० गतेको समय जुम्लाको लागि उपयुक्त नहुने उनीहरुले बताएका हुन । नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य पूर्णप्रसाद धिताल, नेपाली काँग्रेसका जिल्ला सचिव अर्जुनसिंह कठायत, नेकपा एमालेका जयबहादुर खत्री, नेकपा एकिकृत समाजवादीका भिम थापा, राप्रपाका कालिबहादुर महतले संशोधन मिति बढाउनु पर्नेमा जोड दिएका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की र तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले नागरिकताले नै नागरिकले मतदान गर्न पाउने अधिकार सुनिश्चित गरिनु पर्ने बताए । उनले भने,’यो सिजन यहाँका अधिकांस मानिसहरु व्यापारका शिलशिलामा जिल्ला बाहिर रहने सिजन हो । निर्वाचन आयोगले समय थपेर जुम्लाबासीको मर्म बुझ्नु पर्ने बेला आइपुगेको छ ।’
हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले हराएका परिचयपत्रका लागि वडा कार्यालबाट सिफारीस संकलन गर्ने कार्यमा जुटेको बताए । उनले भने,‘गाउँपालिकाले हरेक वडामा जानकारी गराइसकेको छ । वडाको सिफारीस दिनका लागि वडा कार्यालयमा परिपत्र भइसकेको छ । कुनै पनि नागरिक मतदाता परिचय पत्र नभएर निर्वाचनमा सहभागि हुनबाट बञ्चित हुनु पर्ने अवस्था आउनेछैन । गाउँपालिकाले अधिकतम कसरत गरेको छ । ’
जिल्ला प्रशासन कार्यालय जुम्लाकी प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले अहिलेको निर्वाचनमा मतदाता नामावली अनुसारका व्यक्तिलाई मतदान स्थलमा पुर्याउनु प्रमुख बिषय हो । यही बिषयमा सबैको ध्यान केन्द्रीत हुन जरुरी छ । कुनै पनि नागरिक मतदान गर्न पाउने अधिकारबाट बञ्चित हुन नहुनेमा उनले जोड दिइन । कानूनलाई आधार मानेर काम गनुपर्ने र दुर्गमताको कारणले आउने समस्याको बिषमा आयोगलाई समयमै जानकारी दिनु पर्ने बताइन ।
कार्यक्रममम जिल्ला निर्वाचन कार्यालय जुम्लाले स्थानीय सरकारलाई मतदाता नामावली हस्तान्तरण गरेको थियो । स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिले निर्वाचन कार्यालयले उपलब्ध गराएको मतदाता नामावली बुझेका छन । कार्यक्रममा सहभागि स्थानीयतका प्रमुख तथा प्रतिनिधिलाई नामावली उपलब्ध गराइसकिएको छ । निर्वाचन अधिकारी शर्माले भने,‘सहभागि हुन नसकेका स्थानीयतहलाई गाउँपालिकामै पुगेर नामावली बुझाउने काम हुनेछ । कार्यक्रमका सहभागिले स्थानीयतहको चुनावलाई शान्तिपुर्ण र भयरहित बनाउनको लागि स्थानीय प्रशासन समक्ष आग्रह गरेका थिए ।
उनीहरुले कुनै पनि मतदाताले सहजै रुपमा सुरक्षित वातावरणमा मतदान स्थालमा पुगेर मतदानमा सहभागि हुन पाउनु पर्नेमा जोड दिए ।

Next Post

सिँजाको नवौँ गाउँसभा :खसभाषा पढाउने देखि पाँच बर्षे कार्यकालको समिक्षा सम्म

१५ फाल्गुन २०७८, आईतवार १५:२१
गोल्डेन बुढा, जुम्लाको सिँजा गाउँपालिका भित्रका विद्यालयमा खसभाषाको पढाइ शुरु हुने भएको छ । गाउँपालिकाको नवौँ गाउँसभाले सिँजाका २२ विद्यालयमा कक्ष १ देखि ३ सम्म खसभाषाको पढाइ प्रारम्भ गर्ने निर्णय गरेको हो । खसभाषा यहाँको पहिचान हो । खसहरुले देखाएको विरताको चिनारी हो । गाउँपालिका अध्यक्ष देवलसिंह रावलले भने,‘नेपाली भाषाको […]

सम्बन्धित