सेना दिवसमा पाँच किलोमिटर दौड

  ।   १७ फाल्गुन २०७८, मंगलवार १३:५७

गोल्डेन बुढा,

महाशिवरात्री तथा सेना दिवसका अवसरमा जुम्लामा पाँच किलोमिटर दौड प्रतियोगिताको आयोजना गरिएको छ । ४० बर्ष मुनि र ४० बर्ष माथि उमेर समुहका खेलाडीका लागि छुट्टाछुट्टै दौड प्रतियोगिता आयोजना गरिएको थियो । ४० बर्ष मुनिको पाँच किलोमिटर दौडमा कर्णाली खेलकुद क्लवकी कल्पना बुढा प्रथम भइन । राज्यलक्ष्मी रावल द्धितीय र इशारा बुढा तृतीय भइन । क्रमश रावल कर्णाली खेलकुद क्लव र बुढा नेपाली सेनाका खेलाडी हुन ।
श्री नं.२४ बाहिनी अड्डा जुम्ला र नन्दाबक्स गण जुम्लाको संयुक्त आयोजनामा गरिएको दौड प्रतियोगितामा महिला र पुरुष खेलाडी सहभागि थिए । ४० बर्षमुनिकै पुरुष दौड प्रतियोगितामा कर्णाली खेलकुद क्लवका प्रकाश कठायत प्रथम भएका छन । उनले नेपाली सेना र नेपाल प्रहरीका खेलाडीलाई उछिन्दै पाँच किलोमिटर दुरी २१ मिनेट २० सेकेण्डमा पार गरेका थिए ।
द्धितीयमा खेलकुद क्लवका दिपेन्द्र बोहोरा र तृतीयमा शेरबहादुर अधिकारीले स्थान ओगटेको नेपाली सेनाले जनाएको छ । ४० वर्ष माथिका पुरुष तर्फको ५ किलोमिटर दौड प्रतियोगितामा भेषबहादुर बस्नेत प्रथम भएका छन् । द्वितीयमा नेपाली सेनाका सेनानी नारायण लामिछाने र तृतीय हर्क रावत भएका हुन । पाँच किलोमिटर दौडमा भाग लिएर बिजेता हुने खेलाडीलाई पुरस्कार सहित प्रमाणपत्र उपलब्ध गराइएको छ । प्र्रथमलाई पाँच हजार,द्धितीयलाई ३ हजार रुपैयाँ र तृतीयलाई २ हजार रुपैयाँ प्रदान गरिएको नन्दाबक्स गणका गणपति रविन थापाले जानकारी दिए । पाँच किलोमिटर दौड नेपाली सेनाको खेलमैदान टुडिखेलबाट शुरु भएको थियो । टुडिखेलबाट मानव चौक,खोलीकोट चौक,पौवा होटल,कालेखोली चोक,सिमाचौर,बसपार्क,ट्राफिक चौक,बिजयनगर,जिप्रका,कभर्डहल हुदै नेपाली सेनाको टुडिखेल मैदानको माथिल्लो गेट प्रवेश गरे संगै सकिएको थियो ।
दौड प्रतियोगिताको लागि कनिका निशा माध्यमिक विद्यालय खलंगाबजार,जीपि स्टेश्नरी, काञ्जिरोवा होटल,उद्योग बाणिज्य संघ र होटल पौवा प्रायोजक बनेका थिए ।
बाहिनीपति राजेन्द्र केसीले सेना दिवसका अवसरमा सानो इभेन्टका रुपमा दौड प्रतियोगिता आयोजना गरेर खेलाडीलाई हौसला दिने काम भएको बताए । उनले सबै खेलाडीलाई राज्यको तर्फबाट सम्मान गर्नुपर्नेमा जोड दिए । जुम्लाका खेलाडीले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा जुम्लाको शिर उचो बनाइराखेका छन । बाहिनीपति केसीले भने,‘खेलाडीलाई प्रोत्साहन र हौसलाको लागि सबैले साथ दिनु पर्ने बेला आइपुगेको छ । खेलाडी सिंगो देशको गहना भएकोले सम्मान गर्नुपर्छ । ’ सेना दिवसका अवसरमा उनले शुभकामना समेत दिए ।
सेना दिवशका अवसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की,उपप्रमुख कार्मा बुढा,चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल,उद्योग बाणिज्य संघ जुम्लाका वरिष्ठ उपाध्यक्ष पुरीचन्द्र देवकोटा लगायतको सहभागिता थियो ।

Next Post

सेनाको हेलिकोप्टर भित्रै जन्मियो शिशु

१७ फाल्गुन २०७८, मंगलवार १३:५७
जुम्ला,फागुन १७। गर्भवतीको उद्धार गरेर मुगु जिल्ला देखि सुर्खेत लैजाने क्रममा नेपाली सेनाको हेलिकप्टरमा एक शिशुको जन्म भएको छ । मुगु खत्याड गाउँपालिका ४ जुका गाउँकी २० बर्षिया गर्भवती धनलक्ष्मी रावलले सेनाको हेलिकप्टरमै छोरा जन्माएकी हुन । नेपाली सेनाका मेजर बिलिना मल्लका अनुसार पाइलट प्रमुख सेनानी रत्नचन्द्र श्रेष्ठले गर्वभतीको उद्धार […]

सम्बन्धित