जुम्ला कारागारका कैदीबन्दीलाई खेलकुद सामग्री

  ।   २२ फाल्गुन २०७८, आईतवार २०:११

गोल्डेन बुढा,

जिल्ला कारागार जुम्लाका कैदीबन्दीलाई खेलकुद सामग्री प्रदान गरिएको छ । चन्दननाथ नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपानेले कैदीबन्दीलाई खेलकुदका सामग्री संगै फिल्टर प्रदान गरेकी हुन । जनता संग नगरउपप्रमुख कार्यक्रम अन्र्तगत सामाग्री उपलब्ध गरिएको न्यौपाने बताउँछिन ।
कारागारमै पुगेर उपप्रमुख न्यौपानले २ सेट भलिबल,४ सेट ब्याटमिन्टन र १ सेट क्यारेमबोर्ड दिएकी हुन । शुद्ध खानेपानीका लागि ५ वटा फिल्टर समेत दिइएको चन्दननाथ नगरपालिकाले जनाएको छ । उपप्रमुख न्यौपानेले कारागारका कैदीबन्दीलाई भेटिन । कारागार भित्रका समस्याका बारेमा जानकारी लिइएकी थिइन ।
कारागार भित्र खेलकुद सामाग्री र शुद्ध खानेपानीका लागि फिल्टर आवश्यक छ भन्ने गुनासो थियो । त्यही गुनासो संवोधन गर्न सामाग्री लिएर कारागारमै पुगे,उपप्रमुख न्यौपानेले भनिन,‘कैदीबन्दी उत्साहित थिए । ’
जुम्ला कारागारमा १ सय १४ जना कैदीबन्दी छन । कैदी खड्कजीत रोकायाले जेल जीवन विताएका नागरिकको लागि निकै राम्रो काम गरेकोमा खुसी पोखे । उनले भने,‘कारागार भित्र कैदीबन्दीले भोगेका समस्या संवोधन गर्न नगरउपप्रमुख आउनु भएकोमा निकै खुसी भयौँ । यो सेवा कहिल्यै भुल्न सकिने छैन । ’
रोकायाले भने,‘यी तत्कालका आवश्यकता पुर्ति भए । तर यहाँ फर्निचर निर्माण गर्ने देखि सिलाइबुनाईका तालिमको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । जसका लागि नगरपालिका सरकारलाई अपिल गरिरहेका छौँ । ’ कारागार भित्र पुस्तकालय छ । यो धेरै राम्रो काम हो । तर नयाँ नयाँ पुस्तक व्यवस्थापन हुन सकेको छैन । कारागार भित्र पौढ शिक्षाको समेत आवश्यकता रहेकोमा जोड दिएका थिए । जसका लागि नगरपालिकाबाट एक जना शिक्षकको व्यवस्थापन गर्न समेत आग्रह गरेका थिए ।
उपप्रमुख न्यौपानेले कैदीबन्दीले राखेको माग जायज भएको बताइन् । उनले भनिन्,‘माग निकै जायज छन । मागको उचित संवोधनका लागि सक्दो पहल गर्नेछु ।’ कारागारमा सफा खानेपानी प्रबन्ध नभएको,खेलकुद सामाग्रीको अभाव रहेको र कैदीबन्दीलाई हेर्ने नजर निकै नकरात्मक भएकोले सुधारका काम हुन नसकेको गुनासो आइरहेका थिए ।

Next Post

नाग्म बजारको स्वरुप बदलिँदै

२२ फाल्गुन २०७८, आईतवार २०:११
निकै साँघुरो सडकका कारण व्यवस्थित हुन नसकेको जुम्ला कालिकोट सिमानामा रहेको नाग्म बजारको स्वरुप बदलिएको छ। अहिले निकै फराकिलो सडक भएकोले व्यवस्थित बजारका रुपमा परिचित हुन पुगेको छ। बजार भित्र पन्ध्र मिटर चौडाइ सडक छ। जसमध्ये १० मिटर सडक कालेपत्रे हुँदैछ। पाँच मिटरमा फुटपाथ बनाउने तयारी भइरहेकोछ । बजार अहिले […]