उपहार बोकेर जन्मगाउँ पुगेर फर्किए काठमाण्डौँका सहायक सिडिओ

  ।   २५ फाल्गुन २०७८, बुधबार १९:३६

जुम्ला हिमा गाउँपालिका उमाकान्त अधिकारी अहिले काठमाण्डौँ जिल्लाको सहायक सिडिओ हुन । उनी निकै सहयोगी र भलादमी स्वाभावका छन । आफनो जन्मभुमीलाई निकै माया गर्ने उनी गाउँमा जाँदा फरक रुपमा प्रस्तुत हुने गरेका छन । उनी गाउँलेका लागि नयाँ कार्यक्रम लिएर आउँछन । गाउँलेको न्यानो माया लिएर फर्कन्छन ।
२०६४ सालमा जुम्लाको सहायक सिडिओ भएका अधिकारीले मुगु र म्याग्दी जिल्लामा सिडिओ भएर चलाइसकेका छन । उनले गाउँमा शान्ति सुरक्षाको अवस्था मजबुद बनाउन प्रहरी चौकी स्थापनाको लागि पहल गरे । अहिले गाउँ नजिकै प्रहरी चौकी छ । काठमाण्डौँ जाने जुम्लाका हरेक नागरिकलाई उनले साथ दिने गरेका छन ।
हिमा १ का दत्तबहादुर शाही सबै कर्मचारीमा अधिकारी जस्तो सोच नआउने बताए । उनले भने,‘अधिकारीको जन्मभुमि प्रतिको चिन्ता र चासो फरक खालको छ । जो अहिले विस्तारै पुर्ति हुदैछन ।’ गाउँ जादा अधिकारीलाई गाउँले सिडिओ भनेर चिन्दछन । गाउँमा अधिकारीको बसाई निकै फरक हुन्छ । सबै संग साक्षत्कार गर्न चाहन्छन । एक आपसमा दु:ख सुख साट्न चाहन्छन ।
उनले यो पटक न्यानो कपडा ल्याएर गाउँ आए । गाउँका महिला,बालबालिका र जेष्ठ नागरिकलाई एकसरो कपडा दिएर फर्र्किए ।
मेगा विष्णु फाउण्डेशनका संरक्षण समेत रहेका अधिकारीले ४ सय जनालाई न्यानो कपडा बाँडे । गाउँमा सेवा गर्न सकियोस भन्ने हेतुले स्वर्गीय बुबा विष्णु अधिकारीको समृतिमा फाउण्डेशन दर्ता गरेर हरेक बर्ष सो फाउण्डेशबाट सहयोग गर्न गाउँमा आउने गरेका छन ।
स्थानीय सरकार संग समन्वय गरेर उनले न्यानो कपडा उपलब्ध गराए । गाउँपालिका अध्यक्ष रजबहादुर शाही,जिल्ला समन्वय समितिका सदस्य कल्पना परियार,वडाध्यक्ष लगायतको टोली लिएर गाउँमा पुगेपछि गाउँले चकित बने ।
जुम्लामा चिसो कायमै भएकोले यो कपडाले निकै राहत पुग्ने स्थानीय बताउँछन । फाउण्डेशनलाई सहयोग गर्ने तेजकुमार श्रेष्ठ,दिलबहादुर श्रेष्ठ र कृष्णबहादुर रजक पनि गाउँमै पुगे ।
अधिकारी हरेक पटक गाउँमा आउँदा केही न केही नयाँ सामाजिक काम लिएर आउँछन । स्थानीय खम्बा शाहीका अधिकारीकै पहलमा दैलोमा प्रहरीचौकी स्थापना भएको थियो । अधिकारी गृहमन्त्रालयमा हँुदा स्थानीयको माग अनुसार हिमा गाउँपालिका १ बड्कीमा स्थायी प्रहरी चौकी स्थापना सम्भव भएको उनी बताउँछन । चौकीको उद्घाटन गर्न पनि उनी आफै पुगेका थिए ।
सिञ्जा क्षेत्रमा प्रशासनिक कार्य थालनी गर्न उनको योगदान स्मरणीय छ । जसकारण अहिले सिञ्जा क्षेत्रमा ईलाका प्रशासन कार्यालय चलिरहेको छ । मुगुमा प्रमुख जिल्ला अधिकारी हुँदा नाग्म गमगडि राजमार्गमा काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही समेत गरेर बाटो सहज गर्ने प्रशासनिक भूमिका पुरा गरेका थिए । त्यहाँको सामाजिक कुरितिका विरुद्ध अभिायन नै चलाएको स्मरण स्थानीयले अहिले पनि गरिरहेका छन् ।
हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले कर्मचारी भएपनि गाउँको सामाजिक काममा सधै अग्रसर हुने गरेकोमा उच्च प्रसंसा गरे । यसैगरी फाउण्डेसनले मुगु गमगडिका आगलागी पिडितलाई ७० वटा ब्लाङ्केट उपलब्ध गरेको छ । प्रजिअ अधिकारी यस अघि गृह मन्त्रालयको सूचना अधिकारी तथा सहप्रवक्ताको काम गरि सकेका छन ।

Next Post

कालोतुसाराले सखाप गर्न थालेपनि स्याउ बीमा गर्दै किसान  

२५ फाल्गुन २०७८, बुधबार १९:३६
चन्दननाथ २ खोलीकोटकी कृष्णमाया महत बुढ्थापा स्याउ बगैँचामा कालो तुसारो लागेर उत्पादनमा गिरावट आउन थालेको झण्डै पाँच वर्ष भइसक्यो। वर्षेनी उनको बगैँचाको स्याउको चिचिला झर्छ। चिचिला झरेपछि स्याउले फल दिने संभावना भएन। उनी स्याउ उत्पादनमा निकै उर्जाका साथ लाग्छिन्। तर कालोतुसारोले फल लाग्ने बेला हैरानी दिने गरेको बताउँछिन्। उनले भनिन्, […]