कालोतुसाराले सखाप गर्न थालेपनि स्याउ बीमा गर्दै किसान  

  ।   २५ फाल्गुन २०७८, बुधबार १९:४३

चन्दननाथ २ खोलीकोटकी कृष्णमाया महत बुढ्थापा स्याउ बगैँचामा कालो तुसारो लागेर उत्पादनमा गिरावट आउन थालेको झण्डै पाँच वर्ष भइसक्यो। वर्षेनी उनको बगैँचाको स्याउको चिचिला झर्छ। चिचिला झरेपछि स्याउले फल दिने संभावना भएन। उनी स्याउ उत्पादनमा निकै उर्जाका साथ लाग्छिन्। तर कालोतुसारोले फल लाग्ने बेला हैरानी दिने गरेको बताउँछिन्। उनले भनिन्, ‘जुम्ली स्याउ अर्गानिक ब्राण्ड हो। जहाँतही माग आइरहेको छ। तर कालोतुसारोले गर्दा फल लाग्न दिँदैन। किसान कालोतुसारोको समस्याले आजित भइसकेका छन्।’

बर्षेनी बगैँचा व्यवस्थापन देखि मलखाद्यको प्रयोग निकै मेहनतका साथ गरिरहेका छौँ। उनले भनिन्,‘तर कालोतुसारोले फल लाग्न दिदैन। यो निकै ठुलो समस्याका रुपमा जुम्ली किसानको माझ उभिएको छ। न कृषि प्राविधिकले यो समस्याको समाधान दिन सकेका छन्। नत यो कालोतुसारो आफै निर्मुल नै हुन सकेको छ। वर्षेनी कालोतुसारो लाग्ने क्रम बढिरहेको छ।’

जुम्लामा कालो तुसारोका कारण स्याउ उत्पादनमा गिरावट आउने गरेको बरिष्ठ स्याउ किसान रामकृष्ण बुढ्थापा बताउँछन्। असिना पानी, खडेरी र कालो तुषारोले स्याउ सखाप पार्ने गरेपछि जुम्ला किसान निकै मर्कामा परिरहेको उनले बताए। उनले भने,‘कालोतुसारोले हरेक वर्ष ५० प्रतिशत स्याउ उत्पादनमा कमि आएको छ। स्याउबाटै समृद्धिको सपना बोकेका जुम्लाका स्याउ किसान हैरानीमा छन्।’

स्याउको बोट हेर्दा स्याउ किसान जस्तो लाग्ने गरेपछि उत्पादन हेर्दा स्याउ खेती गरेर पछुतो लाग्ने गरेको किसानहरु बताउँछन्। बुढ्थापाले भने,‘जुम्लाका स्याउ किसानको प्रमुख शत्रु कालोतुसारो हो। सरोकारवाला निकायले अध्ययन अनुसन्धान गरेर किसानलाई समाधान दिन सक्नुपर्छ। नत्र जुम्लाको स्याउ संकटमा पर्न सक्ने अवस्था आइसक्यो ’

स्याउ फुल्ने समयमा रातिको तापक्रम घटेर फुललाई सक्रिय हुन कालोतुसारोले दिदैन। जसले स्याउ फुल्न नपाउँदै कोपिलामै झर्छ। कोपिला फक्रन नपाउँदा स्याउले फल दिने अवस्था नै रहेन। जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारी जुम्ली स्याउ किसान कालोतुसारोले हैरानीमा परेको बताउँछन्। उनका अनुसार जिल्लामा बसेको सर्वपक्षिय बैठकले कृषि अनुसन्धान परिषद्लाई स्याउमा लागेको कालोतुसारोको अध्ययन अनुसन्धान गर्न आग्रह गर्दै कागजात पठाएको छ। तर न नार्कले अनुसन्धान थालेको छ। नत कुनै समाधानको उपाय नै दिन सकेको छ,प्रमुख अधिकारीले भने,‘वर्षेनी जुम्ली किसान कालोतुसारोले घाटा बेहोरीरहेका छन्। ’

फुल फुल्न र सक्रिय हुन निश्चित तापक्रम चाहिन्छ। त्यो तापक्रम अनुकल भएको खण्डमा स्याउले राम्रो फल दिन्छ। प्रमुख अधिकारीले थपे,‘तापक्रम चाहिने भन्दा तल झरेपनि फल दिन सक्दैन। चाहिने भन्दामाथि तापक्रम भएपनि स्याउको फल लाग्न दिदैन। कालोतुसारोले किसान अलमलमै छन्।’ स्याउ जुम्ली किसानको प्रमुख आम्दानीको स्रोत हो। त्यही स्याउ कालोतुसारोले खाइदिएपछि किसान ठुलो समस्यामा छन्।‘

स्याउ उत्पादनमा बर्षेनी गिरावट आउने गरेको छ। अब कृषि अनुसन्धान परिषद्ले के गर्दा कालोतुसारो लाग्दैन भन्ने उपाय किसानलाई दिन जरुरी देखिएको छ। रातिको समयमा बगैँचाको छेउछाउमा आगो बालेमा धुवा दिएर तातो बनाएमा कालोतुसारो कमजोर हुने विश्वास गरिएको छ। प्रमुख अधिकारीले भने,‘तर त्यो प्रक्रिया किसानका लाग निकै भंझटिलो र जटिल छ। आगो बालेर कालोतुसारो देखि बचाउन खोज्दा विरुवा सुक्न सक्ने खतरा पनि छ।’ उनले स्याउमा लाग्ने कालोतुसारोको विषयमा विज्ञसंग छलफल चलाउने बताए।

कालोतुसारोले स्याउ सखाप पार्न थालेपछि यहाँका किसान स्याउ बीमा गर्न थालेका छन। उनीहरुलाई स्याउले फल दिएन भनेपनि  बिमा गरेपछि क्षतिपुर्ति पाउने गरेका छन्। जुम्लामा २०६९ साल देखि स्याउको बीमा गर्न थालिएको थियो। त्यो भन्दा अघि देखि जुम्ली स्याउमा कालो तुसारोको प्रकोप थियो।

जुम्लामा  शिखर बिमा कम्पनीले स्याउको बीमा गर्ने गरेको छ। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष रोजेन्द्रप्रसाद श्रेष्ठ स्याउ बीमाले किसानलाई निकै राहत दिएको बताए। उनले भने,‘स्याउ बीमाले किसानलाई स्याउ खेतीमा लाग्न हौस्याएको छ। अब गुणस्तरीय कोल्डस्टोर निर्माणमा ५० प्रतिशत लगानी गर्न सक्छौँ। ’उनले स्याउखेतीमा लाग्ने कालोतुसारो नियन्त्रणको लागि पहल गर्नुपर्नेमा जोड दिए।

कृषि क्षेत्रमा किसानहरुका समस्या समाधान बिमा कम्पनीले अग्रसरता लिन्छ। प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले भने,‘स्याउ बिमामा जतिसक्दो धेरै किसानलाई समेट्न जरुरी छ। स्याउखेती बिमा गर्न इच्छुक बनाउनुपर्छ।’ स्याउमा बढि मात्रमा रोग किरा लाग्ने,असिनाले झार्न र खडेरीबाट घाटा व्यहोर्ने किसानको बाध्यता छ। किसानको हीतका लागि स्याउ बिमा कार्यक्रमअघि सारिएको हो। ’

स्याउमा रोगको प्रकोप छ। गुणस्तरीय दाना लाग्दैन। जसकारण मेहनत अनुसारको स्याउले मूल्य पाउँदैन। किसान निराश हुने खतरा बढेको छ। अधिकृत पाण्डेले थपे, ‘हरेक किसानले स्याउ बिमा गर्न आवश्यक छ। क्षतिको केही अंश बीमा रकमले उपयोग गर्छ। आर्थिक अवस्था बलियो बनाउने र कालो तुसारोले पारेको प्रभाव कम गर्ने भनेको स्याउ बिमाले नै हो।’

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालवहादुर सार्कीले जुम्लाका किसान स्याउ बिमादेखि लाभान्वित भएको बताए। स्याउ किसानहरुका समस्या संवोधन स्याउ बिमाले गर्दैछ। उनले भने,‘स्याउ  बिमालाई प्रभावकारी बनाउदै वास्तविक किसानसम्म लैजान  घरदैलो कार्यक्रम थाल्नुपर्छ। ’

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले मौसमका करणले किसानहरुले स्याउको नोक्सान व्यहोर्नुपर्ने बताइन्। उनले जुम्लाको स्याउ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसम्म पुग्ने गरेको बताइन्। जुम्ली स्याउको ब्राण्ड छ। रोगकिराको प्रकोपले गुणस्तरीय उत्पादन हुन सकेको छैन। स्याउ गुणस्तको नफल्दा मूल्य पाउँदैन। मूल्य नपाउनु भनेको नै किसानले घाटा व्यहोर्नु हो।’

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले मौसमी सूचाङ्कमा आधारित स्याउ खेतीको बिमा गरेका जुम्लाका १ हजार ४ सय २० जना किसानलाई २ करोड ७८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको छ। जुम्लाका ८ वटै  स्थानीय तहका किसानलाई दाबी भुक्तानी दिएपछि किसान उत्साहित छन।  कर्णालीका जुम्ला बाहेकका जिल्लाका २ हजार ४८ जना किसानले दाबी भुक्तानी पाएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड कर्णाली प्रदेश इञ्चार्ज ऋषिराम पाण्डेल बताए। उनका अनुसार कर्णालीमा यो वर्ष ४ करोड ४७ लाख रुपैयाँ बिमा गरेका किसानलाई भुक्तानी दिइएको  छ।

स्याउ बिमा कार्यक्रममा किसानहरुको आकर्षण बढ्दो अवस्थामा  छ। मौसममा आधारित स्याउ खेतीको बीमा गरेका जुम्लाका किसानले क्षतिपूर्ति पाउँदा हर्षित भएका छन्। एउटा बिरुवाको ४२ रुपैयाँमा बिमा गरेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराइएको हो। फागुन महिनादेखि चैत १५ सम्म किसानले बिमा गरिसक्नु पर्ने प्राब्धान छ।

Next Post

सामाजिक विकृतीविरुद्ध पातारासी

२५ फाल्गुन २०७८, बुधबार १९:४३
११२ औँ अन्तराष्ट्रिय महिला दिवसमा जुम्ला पातारासी गाउँपालिकामा महिलाको एकै आवाज थियो,‘सामाजिक विकृती निर्मुल गरौँ । सभ्य समाज निर्माण गरौँ ।’उनीहरुले बालविवाह,बहुविवाह लगायतका घरेलुहिंसा अन्त्य गर्न आव्हान गरिरहेका थिए । देउडा खेलेर, सडक नाटक देखाएर गाउँपालिका भरी सामाजिक विकृतिविरुद्धको अभियान घनिभुत रुपमा अघि बढिरहेको सन्देश दिए । महिला तथा बालबालिका […]