प्रतिनिधिसभा विघटनको मुद्दामा आज सुनुवाइ हुँदै

  ।   २ माघ २०७७, शुक्रबार १०:०४

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्द दायर रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । बुधबार बहस नसिकएपछि हेर्दाहेर्दैमा राखिएको प्रतिनिधिसभा विघटनसम्बन्धि १३ वटा रिट संवैधानिक इजलासमा विचाराधीन छ ।

प्रतिनिधि सभा विघटनभन्दा पनि इजलासको क्षेत्राधिकारका विषयमा बहस केद्रित छ । निवेदकहरूले सो मुद्दा बृहत् पूर्ण इजलासले हेर्नुपर्ने माग राख्दै आएका छन् भने सरकार पक्षले संवैधानिक इजलासले नै हेर्नुपर्ने बताएका छन् ।

गत पुस ५ गते राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ मा दुई चरणमा गर्नेगरि निर्वाचन घोषणा गरेकी छन् । पुस ८ गते सो निर्णय बदरको माग गर्दै दायर रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले संविधानको धारा ७६ (१),(७) र ८५ को व्याख्यासँग सम्बन्धित रहेको भन्दै संवैधानिक इजलाशमा पठाउने आदेश गरेको थियो । त्यस यता संवैधानिक इजलासमा पनि क्षेत्राधिकारको बहस हुँदा बहस मूल विषयमा प्रवेश गरेको छैन ।

Next Post

कर्णालीवासीले यसरी मनाए ‘छोरा’ तिहार

२ माघ २०७७, शुक्रबार १०:०४
भाइतिहार सकिएको दुई महिनापछि आज कर्णालीवासीले ‘छोरा’ तिहार पनि मनाएका छन्। नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयाका दिन कर्णाली प्रदेशका जुम्ला डोल्पालगायतका जिल्लाका सर्वसाधारणले धुमधामका साथ मनाएका हुन्। आज बिहानै नुहाइधुवाइ गरेर छोराहरुले आमाको हातबाट टीका थाप्ने प्रचलन रहेको छ। भाइटीकाजस्तै छोरा तिहारमा पनि आमाले छोरालाई […]

सम्बन्धित