मुख्यमन्त्री दलित आय आर्जन प्रवर्द्धन कार्यक्रम सञ्‍चालन सम्बन्धी सूचना

  ।   ७ चैत्र २०७८, सोमबार ०७:५५

                                                               कर्णाली प्रदेश सरकार

                                               उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय

                                              उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय

                                               उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय

                                                                          जुम्ला

मुख्यमन्त्री दलित आय आर्जन प्रवर्द्धन कार्यक्रम सञ्‍चालन सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मितिः २०७८/१२/०७

कर्णाली प्रदेश सरकारले गरिव, वेरोजगार तथा विपन्न दलितको परम्परागत पेशा वा व्यवसायलाई आधुनिकीकरण गर्दै आयआर्जन क्षमता विकास गर्न देहायका कार्यक्रम सञ्‍चालन गर्न लागेको हुँदा यस कार्यक्रममा सहभागी हुन चाहने जुम्ला जिल्लाभित्रका इच्छुक दलित, दलित समुदाय तथा दलितलाई वित्तीय पहुँच सेवा दिन इच्छुक व्यक्ति/सहकारी संस्थाले यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले (२०७८/१२/२१) पन्ध्र दिनभित्र देहाय बमोजिमका कागजात संलग्न राखी यस उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा आवेदन दिनुहुन मुख्यमन्त्री दलित आय आर्जन प्रवर्द्धन कार्यक्रम सञ्‍चालन कार्यविधि, २०७८ को दफा ८ को उपदफा (२) बमोजिम यो सूचना प्रकाशन गरिएको छ।

क्र.सं. कार्यक्रम
सीप विकास तालिम कार्यक्रम
सामग्री तथा पूर्वाधार सहयोग कार्यक्रम
वित्तीय पँहुच सहयोग कार्यक्रम

आवश्यक कागजातः

  1. सीप विकास तालिम कार्यक्रमको लागि आवश्यक कागजात:
    • नेपाली नागरिकताको प्रमाणपत्र,
    • सम्बन्धित निर्वाचन क्षेत्रभित्र कम्तीमा छ महिना अगाडि देखी बसोबास गरेको, समान प्रकृतिको कार्यक्रमबाट लाभ प्राप्त नगरेको, विपन्न नागरिक भएको र परम्परागत रुपमा पेशा गर्दै आएको व्यहोराको स्थानीय तहको सिफारिस,
    • कार्यविधिको अनुसूची-३ बमोजिमको परियोजना प्रस्ताव,
    • सीप अभिबृद्धि तालिम कार्यक्रमका लागि परम्परागत पेशा वा व्यवसायमा संलग्न भएको प्रमाण र तालिम पछि आय आर्जन व्यवसायमा संलग्न हुने कबुलियतनामा।
  2. सामग्री तथा पूर्वाधार सहयोग कार्यक्रमका लागि आवश्यक कागजातः
    • नेपाली नागरिकताको प्रमाणपत्र,
    • सम्बन्धित निर्वाचन क्षेत्रभित्र कम्तीमा छ महिना अगाडि देखी बसोबास गरेको, समान प्रकृतिको कार्यक्रमबाट लाभ प्राप्त नगरेको, विपन्न नागरिक भएको र परम्परागत रुपमा पेशा गर्दै आएको व्यहोराको स्थानीय तहको सिफारिस,
    • कार्यविधिको अनुसूची-1 बमोजिमको व्यवसायिक योजना, लागत साझेदारी प्रस्ताव, व्यवसाय दर्ता प्रमाण पत्र र कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि,
    • कार्यविधिको अनुसूची-३ बमोजिमको परियोजना प्रस्ताव,
    • पेशा, व्यवसायलाई आधुनिकीकरण गर्न आवश्यक मेशिन, उपकरण वा पूर्वाधार निर्माणको व्यवसायिक प्रस्ताव,
    • दलितलाई संगठित गरी सामूहिक रुपमा उत्पादन तथा आय-आर्जनका क्रियाकलाप व्यवस्थित रूपमा सञ्‍चालन गर्न आवश्यक पूर्वाधार निर्माण सम्बन्धी आयोजना प्रस्ताव,
    • सीप अभिवृद्धि तालिम प्राप्त गरी रोजगारीमा आवद्ध हुन चाहने लाभग्राहीले आवश्यक सामग्री वा उपकरण खरिद तथा उद्योग स्थापनाका लागि आयोजना प्रस्ताव,
    • लाभग्राहीलाई संगठित गरी सामूहिक स्तरमा आय-आर्जनका क्रियाकलाप सञ्‍चालन गर्न सहयोग पुग्ने सहकारी, साझेदारी उद्योग वा व्यवसाय सम्बन्धी साझेदारीयुक्त लागत प्रस्ताव,
    • समूहगत लाभग्राहीको हकमा प्रत्येक समूहमा फरक फरक घरपरिवारका कम्तीमा पन्ध्र जना लाभग्राही समेटिएको समूहको निर्णयको प्रतिलिपि र सदस्यको नामावली,
    • पेशा वा व्यवसायलाई निरन्तरता गर्ने लिखित प्रतिवद्धता ।
  3. वित्तीय पहुँच सहयोग कार्यक्रमका लागि आवश्यक कागजात:
    • सहकारी संस्थाको संस्था दर्ता प्रमाणपत्र, विनियम, पछिल्लो लेखापरीक्षण प्रतिवेदन र करचुक्ता प्रमाणपत्रको प्रतिलिपि,
    • कार्यविधिको अनुसूची-१ बमोजिमको व्यवसायिक योजना र अनुसूची-४ बमोजिमको प्रतिवद्धता पत्र,,
    • सहकारी संस्थाको साधारण सभा वा सञ्‍चालक समितिबाट बिउपूँजी रकम प्राप्त गरी आयआर्जन कार्यक्रममा अधिकतम परिचालन गर्ने व्यहोराको निर्णयको प्रतिलिपि,
    • सहकारी संस्थाको कार्यक्षेत्र, वित्तिय क्षमता, शेयर सदस्य संख्या र संगठानात्मक संरचनाको विवरण खुलेको कागजात।
    • पेशा वा व्यवसायलाई निरन्तरता गर्ने लिखित प्रतिवद्धता ।
  4. वित्तीय पहुँच सहयोग कार्यक्रमका लागि व्यक्तिले पेश गर्नुपर्ने कागजात:
    • नेपाली नागरिकताको प्रमाणपत्र ।
    • अनुसूची-३ अनुसारको आवेदन ।
    • कार्यविधिको अनुसूची-१ बमोजिमको व्यवसायिक योजना, लागत साझेदारी प्रस्ताव, सम्बन्धित पेशा व्यवसायको तालिम लिएको प्रमाणपत्र, व्यवसाय दर्ता प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि ।
    • पेशा व्यवसायलाई आधुनिकिकरण गर्न आवश्यक मेशिन, उपकरण वा पूर्वाधार निर्माणको व्यवसायिक प्रस्ताव ।
    • समूहगत लाभग्राहीको हकमा प्रत्येक समूहमा फरक फरक घरपरिवारका कम्तीमा पन्ध्र जना लाभग्राही समेटिएको समूहको निर्णयको प्रतिलिपि र सदस्यको नामावली ।
    • पेशा वा व्यवसायलाई निरन्तरता गर्ने लिखित प्रतिवद्धता ।

                                                                                                            श्रीकृष्ण देवकोटा

                                                                                                           नि.कार्यालय प्रमुख

थप जानकारीका लागि सम्पर्कः

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्ला ।

सम्पर्क नं.: ०८७-५२००२१, ९८५८३६६०२१

Next Post

विशेषज्ञ चिकित्सक लिएर नेपाली सेना जुम्लाको दुर्गम बस्तीमा

७ चैत्र २०७८, सोमबार ०७:५५
जुम्ला स्थित नेपाली सेना विशेषज्ञ चिकित्सक लिएर स्वास्थ्य शिविर सञ्चालन गर्न दुर्गम गाउँमा पुगेको छ । नेपाली सेना नन्दाबक्स गण र २४ नं. बाहिनीको टोली औषधि र चिकित्सक लिएर जुम्लाको गुठिचौर गाउँपालिका १ मणिसाँघुमा पुगेको हो । स्वास्थ्य शिविर चलाउनको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला जनस्वास्थ्य सेवा कार्यालय […]