मलाई जिताउनुहोस व्यवसायिक हित र संरक्षणमा प्रतिबद्ध रहनेछु : देवकोटा

  ।   ८ चैत्र २०७८, मंगलवार ०७:११

उद्योग बाणिज्य संघ जुम्लाको अध्यक्ष पदका लागि व्यवसायी पुरीचन्द्र देवकोटाले उम्मेदवारी दर्ता गराएका छन । हाल बरिष्ठ उपाध्यक्ष समेत रहेका देवकोटाले यो पटकको निर्वाचनमा अध्यक्षको उम्मेदवारी दिएका हुन । यो संगै लोकतान्त्रिक प्यानलबाट देवकोटा र वामपन्थी प्यानलबाट भैरबहादुर कठायत भिड्ने भएका हुन ।
अध्यक्षका उम्मेदवार देवकोटाले पत्रकार सम्मेलन गर्दै उद्योगी व्यवसायीको हकहितको लागि कुनै कुुसुर बाँकी नराख्ने बताए । उनले व्यवसायीहरुको हितको लागि प्रशासन,आन्तरिक राजश्व कार्यालय, घरेलु तथा साना उद्योग विकास कार्यालय,कृषि विकास कार्यालय,पशु स्वास्थ्य तथा पशु सेवा कार्यालय,स्याउ सुपरजोन जस्ता व्यवसाय संग जोडिएका कार्यालय संग समन्वय गरेर नीतिगत सुधार ल्याउने बताए ।
व्यापार व्यवसाय प्रवद्र्धनका लागि बार्षिकरुपमा मेला महोत्सब आयोजना गर्ने,स्थानीय उत्पादन तथा जडिबुटीको बजारीकरण गर्ने,नगरपालिका संग समन्वय गरि बजार सरसफाइ तथा अन्य व्यावसायिक हकहितका लागि समन्वयकारी भुमिका निर्वाह गरिने प्रतिबद्धता जाहेर गरेका थिए ।
उम्मेदवार देवकोटाले व्यवसायको सुरक्षा सावधानीका लागि बजारमा हुन सक्ने विकृति विसंगति चोरी,डकैटी जस्ता कार्य नियन्त्रण र निगरानीका लागि थप सिसिटिभी को व्यवस्थापन गर्न सघाउने बताए । जिल्लाका ब्यवसायीहरुको व्यवसायीक सरंक्षण र प्रवद्र्धधन गरिने,उद्योग बाणिज्य संघको स्तरवृद्वि तथा व्यापारी आवद्वता बृद्धि गरिने,उद्योग बाणिज्य महासंघ र अन्य केन्द्रका निकाय संग नितिगत तथा कार्यगत समन्वयकारी भुमिका निर्वाह गर्ने उनको घोषणा पत्रमा उल्लेख गरिएको छ ।
व्यवसायीहरुको हकहितमा काम गर्ने एसएनभी नेपाल जस्ता गैरसरकारी कार्यालय संग समन्वय गरि हितहुने खालका कार्यक्रमहरुका लागि पहलकदमी लिने काम पनि हुने पत्रकार सम्मेलनका क्रममा देवकोटाले भनेका थिए ।
देवकोटाले उद्योगी व्यवसायी हक हितको कार्यान्वयन,रैथाने बाली प्रर्वद्धन,सरसफाइ व्यवस्थापन,अनुदानमखी उद्योगको अन्त्य,साना उद्योगीहरुलाई सहुलियत कर्जाको पहल गर्न जोड दिने उनको कार्ययोजना छ ।
सरकार र केन्द्र महासंघ संग समन्वय गरी औधोगिक क्षेत्रको विकासमा जोड दिने,बजारमा सिसिटिभी जडान गर्ने,व्यवसायीको सुरक्षामा जोड दिनका लागि आफुले अध्यक्षमा उम्मेदवारी दिएको बताए । उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्ष समेत रहेका देवकोटाले १५ वर्षदेखि उद्योग बाणिज्य संघको विभन्न पदमा काम गरेको अनुभव सुनाए ।
अब नेतृत्व तहमा गएर उद्योगी व्यवासयीका समस्या समधानमा जोड दिने उनको प्रतिबद्धता छ । आफ्नो प्यानलाई अत्याधिक मतका साथ जिताउन उनले अपिल गरेका छन ।

Next Post

झारज्वाला एग्रोफर्म जोड्ने सडक शिलान्यास

८ चैत्र २०७८, मंगलवार ०७:११
जुम्लाको गुठिचौर गाउँपालिका ५ झारज्वाला शन्य प्वाइन्ट फोइगाउँ हुँदै एग्रो फर्म सम्म जोड्ने सडक शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारीले सो सडकको शिलान्यास गरेका हुन । अहिले साँघरो सडकमा साना सवारी चलिरहेका छन । अब सडक स्तरउन्नती भएर ठुला मालबहाक सवारी गुड्न मिल्ने सडक बनाउन थालिएको हो । […]

सम्बन्धित