जुम्लाका महिला जनप्रतिनिधिले आगामी स्थानीयतको निर्वाचनमा प्रमुख पदमा नेतृत्व ग्रहण गर्न आफहरु सक्षम भइसकेको बताएका छन । उनीहरुले काममा इमान्दारीता र आर्थिक रुपमा पारदर्शीताका लागि महिला नेतृत्व आवश्यक रहेकोमा जोड दिएका हुन ।
२०७४ को स्थानीय तहको निर्वाचनदेखि वडा सदस्य र कार्यपालिका सदस्यमा र पालिका उपाध्यक्ष र उपप्रमुखमा निर्वाचित यहा“का महिला जनप्रतिनिधिले अब हुने निर्वाचनमा प्रमुख पदमा नेतृत्व लिन आफूहरू सक्षम रहेको भन्दै उम्मेदवारी छनौटमा समावेशी हुनुपर्नेमा जोड दिएका हुन ।
चन्दननाथ नगरपालिका वडा नम्बर २ का सदस्य तथा कार्यपालिका सदस्य विनु शाहीले महिला पनि नेतृत्व तहमा सक्षम छन भन्ने प्रमाणित गरिसकेको बताइन् । हामी महिलाहरू पनि प्रमुख पदको नेतृत्व गर्न सक्षम भइसकेका छौ । महिलालाई नेतृत्व दिन हरेक राजनीतिक दल सचेत हुनुपर्छ । उनले भनिन्,‘पा“च बर्ष सम्म धेरै अनुभव बटुलेका छौ“,‘अब नगरप्रमुख, गाउ“पालिका अध्यक्ष र वडाध्यक्ष भएर चलाउने दृढ इच्छाशक्ति र संकल्प छ । ’
हामी केही कुरामा पनि कम छैनौ ं। स्थानीय तहका उच्चस्तरीय पदमा आकांक्षी धेरै महिला छन । ती मध्ये अधिकांस महिलाले अवसर पाउनु पर्ने शाहीले बताइन । उनले आफ्नो वडाध्यक्षमा या नगर उपप्रमुखमा दाबी रहने सुनाइन ।
वडासदस्य हुदा सोचे अनुसारको काम हुन सकेनन । उनले भनिन्,‘अब प्रमुख पदमा रहेर काम गर्ने धोको छ । ’
चन्दननाथ २ की वडा सदस्य विष्णु शाहीले आगामी निर्वाचनमा वडाध्यक्षको उम्मेदवारी दिने तयारी रहेको बताइन् । टिकट दिने बिषय पार्टीको हो । महिला अघि बढाउनको लागि टिकट दिन कुनै कन्जुस्याइ हुनेछैन । पहिला पार्टीबाट अनुमोदन भएर टिकट पाएको खण्डमा जनताबाट पनि अनुमोदन हुन सक्ने आत्मविश्वास व्यक्त गरिन ।
वडाध्यक्ष बनेर जनताको सेवा गर्ने संकल्प गरेकी छु । उनले पहिलो कार्यकालमाउज्यालो वडा, घरघरमा धारा, गाउ“गाउ“मा सडक स्तरोन्नतिलगायतका कामहरू गरिएको जानकारी दिइन् । पहिलो निर्वाचित जनप्रतिनिधि भएकाले धेरै कुरा सिक्न समय पनि लाग्यो,‘उनले भनिन्,’काम गर्दै ज“ँदा अनुभव हासिल भयो । अब त अध्यक्ष भएर वडा चलाउन सक्छु भन्ने हिम्मत छ ।’
सोही वडाकी सदस्य उमा उपाध्यया कोरोना महामारीका कारण सोचे जति काम गर्न नसकिएको बताउ“छिन । धेरै कुरा गर्छौं, राम्रै गर्छौ भन्ने जोसका साथ आएका थियौं । पहिलो वर्ष सिक्नमै वित्यो । दोस्रो वर्ष पहिलो वर्षको कार्यक्रम लागू गर्न अगाडि बढ्यौं । तेस्रो वर्षदेखि कोरोना महामारी शुरु भयो । उमाले भनिन्,‘ यति हुदाहुदै पनि भौतिक पूर्वाधार बनाएका छौ“ । हरेक गाउ“ जोड्ने सडक बनाएका छौं । महिला शंक्तिकरणका कार्यक्रम पनि गरेका छौ“ ।’
जनता संग घुलमिल भएर काम गरेको अनुभवका आधारमा अब हामीमा नगर प्रमुख /उपप्रमुख र वडाअध्यक्ष भएर काम गर्ने इच्छाशक्ति उत्पन्न भएको छ,उनले थपिन् । चन्दननाथ नगरपालिका वडा नम्बर १० की वडा सदस्य हुतुमा सार्कीले सदस्यमा काम गरेको अनुभवका आधारमा अब वडाध्यक्षका लागि आफ्ना् जिकिर रहेको बताइन् ।
वडा सदस्य भएर सिकेको अनुभवका आधारमा वडाध्यक्ष चलाउन सक्नेमा जोड दिइन । अर्की वडा सदस्य तारा सुनारले महिलाहरू अब नेतृत्वमा आउनै पर्ने बताउ“छिन । महिलाहरू पनि पुरूष सरह हरेक काममा सक्षम छन् । अब नेतृत्वमा महिला पुग्नुपर्छ, । त्यसका लागि सबै महिलाले आवाज उठाउनुपर्छ ।
स्थानीय महिला राज्यलक्ष्मी बुढ्थापा वडा अध्यक्ष कै पदमा दाबी गरिरहेको बताइन् । पुरुषले मान्नुभएको छैन् । बिषय प्रवेश गर्न चाहिरहेका छैनन । तर कुनै पनि हालतमा पछि हट्दैन । उनले थपिन,‘मेरो पक्षमा जनमत राम्रो छ । विपक्षीहरुले पनि सहयोग गर्ने आश्वासन दिएका छन । ’
उनी तत्कालिन माओवादी केन्द्रले थालेको १० वर्षे जनयुद्धमा महिलाको हकअधिकारका बारेमा लडेर आएकी महिला हुन । न अहिलेसम्म कुनै अवसर पाइन् नत अवसरका लागि मरिहत्ते गरिन । तर यो पटक वडाध्यक्षमा सशक्त दाबी गरेकी छनि । जुनै दलको महिला भएपनि महिला हक अधिकारका सवालमा एक हुनुपर्ने तर्क उनको छ ।
हिमाली महिला जागरण जुम्लाका अध्यक्ष छिरिङ लामाले महिला अधिकार सुनिश्चित गर्न लामो लडाई लड्नु पर्ने बताइन । कसैले फकाउदैमा व्याक हुनुहुदैन् । महिला नेतृत संगिता आचार्यले उम्मेदवारी दिएर मात्रै नहुने भन्दै स्थानीयतहको काम सेवा सुविधा राम्रो दिनुपर्ने बताइन् । अहिले छोरी जन्माएको भरमा मृत्यु हुनुपर्ने अवस्था अन्त्य भएको छ । उनले आगामी स्थानीयतहमा हरेक पार्टीले समानुपातिक रुपमा उम्मेदवारी छान्नु पर्ने बताइन् ।
जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले पछिल्लो समयमा निकै धेरै परिवर्तन भएको बताइन् । महिला धेरै ठाउ“मा प्रथामिकता छन् । खुरापाति हुदैनन् । इमानदारीपूर्वक चल्छन्। हरेक ठाउ“मा अगाडि छन् । उनले भनिन्,‘यो ठुलो उपलब्धि हो । यो उपलब्धिको रक्षा गर्नु अहिलेको आवश्यकता हो । ’
जिल्ला सेवा केन्द्र जुम्लाका प्रमुख भगवती श्रेष्ठले महिलाको हकहितका लागि सबैको एकता हुनुपर्ने बताइन् । उनले भनिन्,‘आउ“दो चुनावमा सक्षम महिला उच्च पदमा पुग्नुपर्छ । निर्णायक तहमा नेतृत्व लिनुपर्छ । महिलाका आवाज महिलाबाटै सम्बोधन गर्ने रित बसाल्नु अहिलेको आवश्यकता छ ।’