जुम्लामा एसइइ परिक्षा सञ्चालन गर्न १६ केन्द्र

  ।   २३ चैत्र २०७८, बुधबार १७:२९

गोल्डेन बुढा,

जुम्लामा भौगोलिक दुरीका आधारमा एसइइ परिक्षा केन्द्र तोकिएको छ । आगामी बैशाख ९ गतेदेखि सुरु हुने एसइइ परिक्षाको तीब्र तयारी भइरहेको जिल्ला शिक्षा समन्वय इकाइ जुम्लाका प्रमुख मानबहादुर कुमालले जानकारी दिए ।
उनका अनुसार यस बर्ष जम्लामा दुई हजार ४ सय ११ जना विद्यार्थी परिक्षामा सहभागि हुनेछन । नियमिततर्फ दुई हजार ३ सय ६७ र एक्जामटेड (ग्रेडवृद्धि) तर्फ ४४ जना विद्यार्थी सहभागी हुने उनले बताए ।
एसइइ परिक्षाका लागि जुम्लामा १६ वटा परिक्षाकेन्द्र तोकिएको छ ऋणमोक्ष माबि डिल्लीचौर, त्रिभुवन मावि झारज्वला,रत्नचुण्डेश्वर माबि बोहोरागाउँ, चन्दनाथ माबि खलंगा, कर्णाली माबि अनामनगर,जनता माबि महतगाउँ, दुर्गा माबि लाम्रा,हिम शिखर माबि तातोपानी, सरस्वती माबि कुडारी,सीता माबि रारालिही,भानु माबि पातरखोला, कालिका माबि तलिकुडु, राहदेव माबि मोफ्ला,भैरव माबि नराकोट,मालिका माबि धापा र कनकासुन्दरी माबि लुड्कुमा परिक्ष केन्द्र तोकिएको हो ।
कोरोना भाइरस महामारीका कारण विगत दुई वर्ष देखि एसइइ परिक्षा हुन सकेको थिएन । ऋणमोक्ष माध्यमिक बिद्यालय डिल्लीचौर परिक्षा केन्द्रबाट १ सय ६० परिक्षार्थी सहभागी हुने छन् । त्रिभुवन माबि झारज्वाला केन्द्रबाट १ सय ३६,रत्नचुण्डेश्वर माबि बोहोरागाउँमा २ सय ८३, चन्दनाथ माबि खलंगामा १ सय २२, कर्णाली माबि अनामनगरमा १ सय ६८ जना सहभागि हुनेछन ।
,जनता माबि महतगाउँबाट १ सय ९६, दुर्गा माबि लाम्रामा १ सय २६,हिम शिखर माबि तातोपानीबाट १ सय ५६, सरस्वती माबि कुडारीबाट १ सय,सीता माबि रारालिहीबाट १ सय,भानु माबि पातरखोला १ सय ४६, कालिका माबि तलिकुडुबाट २ सय ३८, राहदेव माबि मोफ्लामा १ सय १६, भैरव माबि नराकोटमा १ सय ६१,मालिका माबि धापामा १ सय ५७ र कनकासुन्दरी माबि लुड्कुमा २ सय ६ जना विद्यार्थी सहभागी हुनेछन् । परिक्षालाई शान्त, मर्यादित र अनुशासित रुपमा सम्पन्न गर्न सबैको समन्वय र सहकार्य आवश्यक रहेको प्रमुख कुमालले बताए ।

Next Post

चैत २६ गते जुम्ला रारा अल्ट्रा म्याराथन हुने

२३ चैत्र २०७८, बुधबार १७:२९
गोल्डेन बुढा, यही चैत २६ गते कर्णालीमा तेस्रो पटक जुम्ला रारा अल्ट्रा म्याराथन हुने भएको छ । जुम्लालाई उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रुपमा स्थापित गर्ने ध्यायले जुम्लामा निरन्तर जुम्ला रारा अल्ट्रा म्याराथन भइरहेको छ । कर्णाली स्पोट्स क्लव जुम्लाको आयोजनामा हुन लागेको जुम्ला रारा अल्ट्रा म्याराथनको उद्घाटन कर्णाली प्रदेशका […]

सम्बन्धित