जुम्लाका सबै स्थानीयतहमा निर्वाचन कार्यालय स्थापना

  ।   ८ बैशाख २०७९, बिहीबार ०९:५७

यही बैशाख ३० गते हुन लागेको स्थानीयतह निर्वाचन २०७९ लाई केन्द्रीत गरेर जुम्लाका ८ वटै स्थानीयतहमा निर्वाचन कार्यालय स्थापना भएका छन । सदरमुकाम खलंगामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको भएसंगै अन्य स्थानीयतहमा निर्वाचन कार्यालय स्थापना भएका हुन ।
हरेक स्थानीयतहको पालिका केन्द्रमा निर्वाचन कार्यालय स्थापना भएको मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंहले जानकारी दिए । उनका अनुसार निर्वाचन कार्यालय स्थापना संगै स्थानीयतहको निर्वाचनको तयारी विधिवत रुपमा प्रारम्भ भएको हो ।
उनले भने,‘स्थानीयतहको निर्वाचनलाई भयरहित र शान्तिुपुर्ण रुपमा सम्पन्न गर्नको लागि सबै संगको समन्वय र सहकार्य हुन आवश्यक देखिएको छ । निर्वाचन कार्यालयहरुले यो भुमिका निर्वाह गर्नेछन । ’ निर्वाचन आचारसंहितको कार्यालयका सवालमा समेत अनुगमन हुने भएको छ ।
जिल्ला अदालत जुम्लाको नवनिर्मित भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको घोषणा गर्दै जिल्ला अदालत जुम्लाका न्यायधिस समेत रहेका सिंहले राजनीतिकदल नै निर्वाचनलाई स्वच्छ,धाधलिरहित बनाउनको लागि सचेत हुनु पर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले निर्वाचनलाई शान्तिपुर्ण र भयरहित बनाउन जिल्ला सुरक्षा समिति संवेदनशिल बनेको बताइन् । उनका अनुसार हरेक निर्वाचन कार्यालयको सुरक्षाको लागि सशस्त्र प्रहरी खटिइसकेको छ । ४ सय ९६ जना कर्मचारी परिचालन हुने भएका छन । निर्वाचनलाई लक्षित गर्दै प्रविधि उन्मुख सुरक्षा रणनीति अवलम्बन गरिएको हो । उनले नेपाल प्रहरी,सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन भइसकेको बताइन ।
मुख्य निर्वाचन अधिकृत सिंहले निर्वाचनलाई पारदर्शी बनाउनको लागि निर्वाचन कार्यालयका प्रमुखहरुलाई निर्देशन दिए । बैशाख ११ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने,१२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सुची प्रकाशन गर्ने,बैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने,१४ गते मनोनयनपत्र जा“च गर्ने र उजुरी उपर जा“चबुझ गरी निर्णय गर्ने, र बैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन हुने भएको छ ।
यसैगरेर बैशाख १६ गते उम्मेदवारको नाम फिर्ता लिने,उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्नुका साथै बैशाख ३० गते मतदान हुने भएको छ ।

Next Post

चन्दननाथ मन्दिरमा विवाह गर्दा जन्मदर्ता प्रमाणपत्र अनिवार्य

८ बैशाख २०७९, बिहीबार ०९:५७
कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरमा विवाह गर्दा जन्मदर्ता प्रमाणपत्र अनिवार्य गरिएको छ । बालविवाह रोक्नका लागि मन्दिरमा विवाह गर्ने जोडीले स्पष्ट परिचय खुल्ने प्रमाणपत्र बोकेर ल्याउनुपर्ने प्रावधान बनाइएको हो । जुम्लास्थित कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिर । तस्बिर स् डीबीरकान्तिपुर पछिल्लो समयमा मन्दिरमा विवाह गर्दा कुनै वास्ता नहुने गुनासो बढेपछि जुम्लाको […]

सम्बन्धित