संसद् विघटनविरुद्धका रिट संवैधानिक इजलासमै सुनुवाइ हुने

आइतबारदेखि निरन्तर सुनुवाइ

  ।   २ माघ २०७७, शुक्रबार १९:५१

संवैधानिक इजलासमा संसद् विघटनविरुद्धको रिटमाथिको बहसपछि इजलासले बृहत् पूर्ण इजलास गठनको माग अस्वीकार गरेको छ ।

१३ रिट निवेदकमध्ये १२ ले बृहत् पूर्ण इजलासको माग गरेका थिए । तर संवैधानिक इजलासले उक्त माग अस्वीकार गर्दै सोही इजलासले हेर्ने निर्णय गरेको सर्वोच्च अदालत स्रोतले जानकारी दियो । साथै ती रिट निवेदनमाथि माघ ४ गते आइतबारदेखि निरन्तर सुनुवाइ गर्ने निर्णय भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।

बहसका क्रममा सरकारी पक्षले बृहत् पूर्ण इजलासको माग संविधान र कानुनविपरीत रहेको तर्क गरेको थियो ।  सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

Next Post

संविधानको धारा नै उल्लेख नगरी संसद विघटन गर्ने निर्णय गरेको खुलासा

२ माघ २०७७, शुक्रबार १९:५१
 काठमाडौं । मन्त्रिपरिषदले संविधानको कुनै धारा नै उल्लेख नगरी प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्ने निर्णय गरेको खुलासा भएको छ । पुस ५ मा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । तर संविधानको कुन धाराअनुसार प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेको भन्ने निर्णयमा उल्लेख नै छैन । मुख्यसचिव […]