कांग्रेस प्रदेश सभापति शाहीको वडामा माओवादीका कार्की विजय

  ।   २ जेष्ठ २०७९, सोमबार १५:०५

जुम्ला — नेपाली कांग्रेस कर्णाली प्रदेश समितिका सभापति ललितजंग शाहीको वडामा नेकपा माओवादी केन्द्रले जितेको छ । चन्दननाथ ५ को वडाध्यक्षमा माओवादीका उम्मेदवार बिर्ख कार्कीले जितेका हुन् ।

यो वडामा लामो समयदेखि कांग्रेसले जित्दै आएको थियो । कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीनबन्धु श्रेष्ठ पनि यही वडाका हुन् ।

नवनिर्वाचित वडाध्यक्ष कार्कीले १ सय ६८ मत प्राप्त गरेका छन् । उनका प्रत्यासी स्वतन्त्र उम्मेदवार १४९ मत प्राप्त गरेका छन् । वडा सदस्यमा माओवादीकी लक्ष्मी थापा श्रेष्ठ विजय भएकी छन् । श्रेष्ठले १५६ मत प्राप्त गरेकी छन् ।

यसैगरी स्वतन्त्र उम्मेदवार हरिबहादुर भण्डारीले १८८, नेपाली कांग्रेसका नामग्याल तामाङ र दलित महिला सदस्यमा एकीकृत समाजवादीका काली सुनार विजयी भएका छन् । नामग्यालले १७३ मत र काली सुनारले १६७ मत प्राप्त गरेका थिए ।

Next Post

जुम्लाको चन्दननाथ–६ मा कांग्रेसका थापा विजयी

२ जेष्ठ २०७९, सोमबार १५:०५
जुम्लाको चन्दननाथ नगरपालिका–६ मा नेपाली कांग्रेसका रवि थापा विजयी भएका छन्। उनी ३६० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी एकीकृत समाजवादी कृष्णबहादुर थापा २४० मत ल्याएर पराजित भएका छन्।