जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा आचार्य

  ।   ३० जेष्ठ २०७९, सोमबार १६:१९

जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा नेपाली कांग्रेसका गौरीनन्द आचार्य निर्वाचित भएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीसँग तालमेल गरेर कांग्रेसका आचार्य प्रमुखमा निर्विरोध निर्वाचित भएका छन् ।नेकपा माओवादी केन्द्रले उम्मेदवारी दर्ता नगरेपछि उनी निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले जानकारी दिए । आचार्य कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् ।

उनका अनुसार एकीकृत समाजवादी पार्टीका जनक थकाली उपप्रमुखमा निर्वाचित भएका छन् । थकाली गुठीचौर गाउँपालिकाको अध्यक्षमा पराजित भएका थिए । गाउँपालिका अध्यक्षमा कांग्रेसका दानबहादुर बढासँग पराजित बनेका थिए । कांग्रेसका दानबहादुर बुढाले १ हजार ७ सय ७५ मत प्राप्त गरेकोमा एकीकृत समाजवादीका थकालीले १ हजार ६ सय ४ म प्राप्त गरेका थिए ।

एकीकृत समाजवादीले कार्यपालिका सदस्यको निर्वाचनमा पुनःकार्यपालिका सदस्यमा निर्वाचित गरेको थियो । उनले आफू कार्यपालिका सदस्य जित्न माओवादी केन्द्रसँग तालमेल गरेका थिए । जिससको उपप्रमुख हुन थकाली कार्यपालिका सदस्यमा लडेका थिए । एकीकृत समाजवादीले पालिका हारेको व्यक्तिलाई कार्यपालिका हुँदै जिल्ला समन्वय समितिको उपप्रमुखमा ल्याएको हो । जिल्ला समन्वय समितिको प्रमुख हुन कांग्रेसलाई एक मतको आवश्यक थियो । त्यो मत एकीकृत समाजवादीसँग थियो । गुठीचौर गाउँपालिकामा उपाध्यक्ष एकीकृत समाजवादीले जितेको थियो । कांग्रेस र एकीकृत समाजवादी बीचमा तालमेल बन्यो ।

एकीकृत समाजवादी पार्टी र कांग्रेस गठबन्धन बाहेक कसैको मनोनयन दर्ता नभएपछि निर्विरोध निर्वाचित गरिएको थियो । प्रमुखमा कांग्रेसका गौरीनन्द आचार्य र उपप्रमुखमा एकीकृत समाजवादीका जनक थकाली निर्विरोध निर्वाचित बने । उनी २०७४ को स्थानीय तहको निर्वाचनमा कार्यपालिका सदस्य थिए ।

उपप्रमुखसँगै एक सदस्य एकीकृत समाजवादीले पाएको छ । कुल ९ जनाको समितिमा ७ जना कांग्रेसको प्रतिनिधित्व भएको छ । सदस्यहरुमा गंगादेवी रोकाया, धनसुर बुढा, पदमबहादुर रावत, महिला सदस्यमा खिमा लक्ष्मी काफ्ले, रचा रावत, लग्नमाया भण्डारी बुढा, नरवीर सुनार निर्विरोध निर्वाचित भएका हुन् ।

नवनिर्वाचित जिल्ला समन्वय समितिका प्रमुख,उपप्रमुख र सदस्यहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र प्रदान गरेको छ । असार १ गते शपथसँगै पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

यो पटक जिससमा नेकपा माओवादी केन्द्रको प्रतिनिधित्व हुन सकेको छैन । २०७४ को निर्वाचनमा माओवादी केन्द्रका लालबहादुर सार्की प्रमुख र उपप्रमुख कांग्रेसका कार्मा बुढा निर्वार्चित भएका थिए ।

यस पटकको निर्वाचनमा कांग्रेसले ५ पालिकामा अध्यक्षसहित २ मा उपाध्यक्ष र एक नगर उपप्रमुख पद जितेको छ । माओवादी केन्द्रले सिंजा, तिलामा अध्यक्ष र तातोपानी र पातारासीमा उपाध्यक्ष जितेको छ । एकीकृत समाजवादीले गुठीचौर गाउँपालिकामा उपाध्यक्ष जितेको हो । कुल १६ मतदातामध्ये ८ कांग्रेस, १ समाजवादी र १ स्वतन्त्र छन् । भने माओवादी केन्द्रका ६ जना छन् ।

Next Post

बालविवाहको तथ्यांक पाउन कठिन

३० जेष्ठ २०७९, सोमबार १६:१९
जुम्लामा बालविवाह व्याप्त छ । गाउँमा बालविवाह तीब्र रुपमा भइरहेका छन । तर तथ्यांक नहुंदा बालविवाहको काम गर्न असहज भइरहेको छ । बाल विवाह रोक्न न स्थानीयतह संवेदनशिल देखिन्छन् नत स्थानीय सरोकारवाला नै सक्रिय छन । बालविवाहको तथ्यांक बिनै कार्यक्रम चलिरहेका छन । बालविवाह नियन्त्रणका लागि करोडौं रकम खर्च हुन्छ […]