बालविवाहको तथ्यांक पाउन कठिन

  ।   १ असार २०७९, बुधबार ०५:५६

जुम्लामा बालविवाह व्याप्त छ । गाउँमा बालविवाह तीब्र रुपमा भइरहेका छन । तर तथ्यांक नहुंदा बालविवाहको काम गर्न असहज भइरहेको छ । बाल विवाह रोक्न न स्थानीयतह संवेदनशिल देखिन्छन् नत स्थानीय सरोकारवाला नै सक्रिय छन । बालविवाहको तथ्यांक बिनै कार्यक्रम चलिरहेका छन ।
बालविवाह नियन्त्रणका लागि करोडौं रकम खर्च हुन्छ । तर नतिजा शुन्य छ । बालविवाह नियन्त्रण गर्न आएको रकम बालुवामा पानी खन्याय जस्तै छ । बालविवाह रोक्न कर्णाली सरकारको छोरी खाता कार्यक्रम छ । बालविवाह रोकिएको छैन ।
जिल्ला प्रहरी कार्यालय समेत बालविवाहका उजुरी परेको देखिदैन् । बालविवाह गरिन्छ, तर गाउँमै लुकाइन्छ । नागरिकलाई सचेतनामुलक कार्यक्रम प्रदान भइरहेका छन । जुम्लाको सिंजा क्षेत्रका तीन गाउ“पालिकामा क्याड नेपालले बालविवाह न्युनिकरणको काम गरिरहेको छ ।
विगत ३ बर्षदेखि बालबिवाह,छुईप्रथा न्युनिकरण र सशक्तिकरण तथा विपन्न बालबालिकाको शैक्षिक सुधारमा काम गर्दै आएको छ । सिंजा गाउँपालिका २ चुलेलगाउँ क्याडकै अगुवाईमा जिल्लाको पहिलो बालविवाह मुक्त गाउ“ बनाउने अभियानमा जुटेको छ । निगरानी समितिले गत वर्ष गाउ“मा हुनै लागेका ४ वटा बालविवाह समेत रोकेका थिए ।
सामाजिक कुरीति अन्त्य गर्न र सामाजिक सशक्तिकरणका लागि तीन पालिकामा एक हजार जना परिवर्तनका सम्वांहक समेत तयार गरेको छ । सिंजाका हिमा,सिंजा र कनकासुन्दरीका १० वटा वडामा ४० वटा सीओसी कक्षा संचालन भएका छन ।
बालविवाह न्युनिकरण गर्न खोजेपनि सरकारीतहबाट ठोस नीति निर्माणको अभाव र खोज अनुसन्धानको कमी छ । गैससले करोडौं लगानी गरेपनि स्थानीय सरकारले चासो नदेखाउदा बालविवाह न्युनिकरण नभएको सरोकारवालाले बताएका छन् ।
२० वर्ष नपुगी बिवाह गर्न नपाईने कानुन भएपनि बालविवाहकै भोजमा जनप्रतिनिधि सहभागी भएको पाइन्छ । नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बालविवाह बढ्दै गएको बताए । एकिन तथ्यांक कतै छैन् । अनुसन्धान आवश्यक छ । बालबिवाह न्युनिकरणका ठोस नीति बनाउन स्थानीयतह जिम्मेवार रुपमा प्रस्तुत हुन जरुरी छ । शाहीले भने,‘ स्थानीयतहकै लापरवाहीले बालबिवाह न्युनिकरण चुनौतीपुर्ण बनेको छ । ’
स्थानीयतहलाई बालमैत्री नीति निर्माणमा जिम्मेवार बनाउनु पर्ने कान्तिपुरकर्मी डिबी बुढाले बताए । क्याड नेपाल जुम्लाका कार्यक्रम संयोजक गिरीराज अधिकारीले जुम्ला बढ्दो बालविवाहलाई न्युनिकरण गर्न गैसस एक्लैले मात्र सम्भव नभएको बताए । स्थानीय सरकार संग समन्वय हुनु आवश्यक छ । क्याडले सिंजाका तीन पालिकाका ४ हजार ४ सय ५३ जना विपन्न बालबालिकालाई शैक्षिक राहत उपलब्ध गराएको र १० हजार बराबरको बिमा गराइएको जनाएको छ ।

Next Post

राष्ट्रिय एथ्लेटिक्स प्रतियोगितामा भाग लिने पाँच खेलाडीको बिदाई

१ असार २०७९, बुधबार ०५:५६
कर्णाली स्पोट्स क्लवमा आवद्ध पाँच जना खेलाडी राष्टिय एथ्लेटिक्स प्रतियोगितामा भाग लिन काठमाण्डौं प्रस्थान गरेका छन । काठमाण्डौंमा हुन लागेको ४४ औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगितामा भाग लिने खेलाडीलाई एक कार्यक्रमका बीच विदाई गरिएको हो । प्रतियोगिता यही असार १०,११ र १२ गते हुदैंछ । जिल्ला खेलकुद विकास समिति जुम्लाले खेलाडीको […]