राष्ट्रिय एथ्लेटिक्स प्रतियोगितामा भाग लिने पाँच खेलाडीको बिदाई

  ।   १ असार २०७९, बुधबार ०६:१२

कर्णाली स्पोट्स क्लवमा आवद्ध पाँच जना खेलाडी राष्टिय एथ्लेटिक्स प्रतियोगितामा भाग लिन काठमाण्डौं प्रस्थान गरेका छन । काठमाण्डौंमा हुन लागेको ४४ औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगितामा भाग लिने खेलाडीलाई एक कार्यक्रमका बीच विदाई गरिएको हो ।
प्रतियोगिता यही असार १०,११ र १२ गते हुदैंछ । जिल्ला खेलकुद विकास समिति जुम्लाले खेलाडीको विदाई गर्दै पाँच जना खेलाडीको नाम सिफारीस गरेको जनाएको छ । चन्दननाथ २ भण्डारीबाडाका डिल्ली भण्डारी १ सय, २ सय र ४ सय मिटर दौडका लागि छनोट भएका छन । ३ सय मिटर र १५ सय मिटर दौडका लागि कनकासुन्दरी एक रियाका प्रकाश कठायत, १ सय मिटर २ सय र ४ सय मिटरका लागि पातारासी ५ का अर्जुन बोहोरा छनोटमा परेको जिल्ला खेलकुद विकास समिति जुम्लाकी सदस्य सचिव संगिता आचार्यले बताइन् ।
उनका अनुसार ४ सय मिटर दौडमा पातारासी ३ मोहन सिंह बुढा र ८ सय, १५ सय र ३ हजार मिटर दौडका लागि पातारासी २ की राममाया बुढा छनोटमा परेको कृतिमानी धावक हरीबहादुर रोकायाले जानकारी दिए ।
नियमित रूपमा खेलमा सहभागी भएका खेलाडीलाई प्राथमिकताका आधारमा छनोट गरिएको कोच समेत रहेका हरिबहादुर रोकायाले बताए । उनले भने,‘खेलाडी जुम्लाको खेल क्षेत्रमा अब्बल भएर दिनरात लागेका छन् । धेरै संघर्षका साथ खेलाडी उत्पादन गरीएको छ । यसको परिणाम देखाएर फर्किने अपेक्षामा छु । ’
खेलाडीले जुम्लाको शीर उच्च राख्ने आशा गरेको छौं सदस्य सचिव आचार्यले भनिन्,‘कर्णाली प्रदेशले छोटो समयका लागि मात्रा नभएर दिर्घकालीन समयमा खेलकुद क्षेत्रमा लगानी गर्नुपर्ने छ । यो प्रतियोगितामा भाग लिने धेरै वर्षपछि अवसर प्राप्त भएको छ । यो समग्र जुम्लाको लागि सुखद सन्देश हो । ’
जिल्ला खेलकुद समितिले पाँच जना खेलाडीको लागि गाडीभाडा स्वरुप १५ हजार रुपैयाँ समेत प्रदान गरेको छ । खेलाडीको प्रोत्साहनका लागि जस्तो सुकै काम गर्न तयार रहेको जिल्ला खेलकुद समितिका अध्यक्ष धनकृष्ण पाण्डेले जानकारी दिए । अहिले खेलाडीले आर्थिक अभाव झेलिरहनु परिरहेको छ । अब स्थानीयतह संगको समन्वय गरेर खेलाडीका समस्या संवोधन गर्न पहल हुने उनले बताए ।

Next Post

स्वरोजगार बन्दै तिलाका महिला

१ असार २०७९, बुधबार ०६:१२
असार ४,गोल्डेन बुढा सीप सिकौँ, उद्यम गरौ, आत्मनिर्भर बनौँ’ भन्ने नारासहित तीन महिने सिलाई कटाइ तालिम सम्पन्न भएको छ ।जुम्लाको तिला गाउँपालिका अन्तर्गत महिला तथा बालबालिका शाखाको आयोजनामा सिलाई कटाइ सम्बन्धि पुर्नताजकी तालिम समापन भएको हो। समापन कार्यक्रममा तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले सिकेको सीपलाई व्यवहारमा रुपान्तरण गर्न सहभागीहरुलाई आग्रह […]

सम्बन्धित