जुम्लाको पातारासीमा खोलाले बगाउँदा बालक बेपत्ता

  ।   ३१ असार २०७९, शुक्रबार १७:३०

जुम्लाको पातारासीमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । बिहीबार साँझ ६स्४५ बजेको समयमा पातारासी गाउँपालिका–५ डोलपानीका ८ वर्षीया शिब बुढा बेपत्ता भएका हुन् ।

बुढा पातारासी गाउँपालिका–४ लाम्री स्थित जुवाखोलाको किनारमा रहेको बैंसको रुखबाट चिप्लिएर बेपत्ता भएका हुन् । उनि साथीहरुसँग खेल्ने क्रममा रुखबाट चिप्लिएर खोलामा खसेर बेपत्ता भएको प्रहरीको भनाई रहेको छ ।

उद्दार सामाग्रीसहित उनको खोजीका लागि स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ३७ जनाको संयुक्त उद्दारटोली खटिएको छ ।

Next Post

विधेयक पारित गर्न दबाब दिँदै कर्णालीका सांसद नरेश भण्डारी सडकमा उत्रिए प्रदेशसभा भवन अगाडि तनावग्रस्त

३१ असार २०७९, शुक्रबार १७:३०
कर्णाली प्रदेश सरकारका पूर्व कानुन मन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य नरेश भण्डारीले विभिन्न विधेयक पारित गराउन दबाब दिँदै सडकमा प्रदर्शन गरेका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भण्डारीले संसदमा टेबल गरिएको विधेयक पारित गर्न सरकार अनिच्छुक देखिएको भन्दै विरोध प्रदर्शन गरेका हुन् । उनले शुक्रबार प्रदेशसभा अगाडि दबाब मुलक कार्यक्रमसमेत गरे […]