जुम्ला / जुम्लाको गुठिचाैर गाउँपालिकाले कैदी बन्दीहरुलाइ खसी उपहार दिएको छ। दसैंकाे अवसर पारेर जुम्ला कारागारमा कैदीबन्दीलाई खसी प्रदान गरिएको हाे । गुठिचाैर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले दसैंकाे शुभकामना दिदै खसी हस्तान्तरण गरेका हुन ।
उनीहरूलाई १८ हजार मुल्यकाे खसी प्रदान गरिएकाे प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीले जानकारी दिए । अध्यक्ष दानबहादुर बुढा,जिल्ला समन्वय समिति सदस्य लग्नुमाया भण्डारी, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरी, रेडियो गुठिचाैर एफएम जुम्लाका स्टेसन म्यानेजर गाेल्डेन बुढा लगायतको सहभागीतामा खसी प्रदान गरिएको उनले बताए ।
अध्यक्ष बुढाले जेल भनेको समाज रुपान्तरण गर्ने केन्द्र भएको बताए ।उनले भने,´ गलत बाटोमा लागेका , गलत मानसिकतामा फसेका र परिबन्धमा परेका मान्छेलाई सुधार गर्ने स्थापित केन्द्र कारागार हो । कानुन भन्दा माथि काेही पनि हुदैनन्,। समय परिस्थितिअनुसार कैदी जीवन बिताउनु परेको बताए ।
गुठिचाैर गाउँपालिका भित्रका ४ जान कैदी छन् ।उनिहरुकाे पहलमा स्थानीय सरकारले दसैं मनाउनका लागि खसी दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीले बताए । जुम्ला कारागारमा १ सय १० जना कैदी छन् । ती मध्ये १ सय ७ पुरुष छन् ।भने ३ महिला छन् । यसअघि जुम्लाका पातारासी र हिमा गाउँपालिकाले पनि दसैंकाे अवसरमा कैदीबन्दलाई खसी प्रदान गरेकाे जिल्ला कारागारका जुम्लाका कर्मचारी सुर्य महरीलेे बताए ।