कालीकोटमा बम विस्फोट : दुई बालिकाको मृत्यु, ३ घाइते

  ।   १२ कार्तिक २०७९, शनिबार १४:२६

काठमाडौँ — कालीकोटमा शनिबार बिहान ८ बजे बम विस्फोट हुँदा दुई जना बालिकाको मृत्यु भएको छ । उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो भने ३ जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको तिलागुफा नगरपालिका–१० की ४ वर्षीया झरना थापाको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । यस्तै, ४ वर्षकी सरस्वती रानाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु उनले बताए ।

प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार बम नयाँ वा पुरानो हो भन्ने अनुसन्धान भइरहेको छ । घटनाबारे जानकारी दिँदै उनले  भने, ‘नयाँ/पुरानो भन्ने प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । घटनास्थलमा स-साना फलामका टुक्रा भेटिएकाले सकेट बम हो कि भन्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा आशंका गरिएको छ ।’ मुख्य सडकभन्दा पर विस्फोट भएकाले बम पुरानै हुन सक्ने आशंका गरिएको उनको भनाइ छ । बालबालिका जाने क्रममा उनीहरुले नयाँ कुरा देखेर ढुंगा हान्दा बम विस्फोट भएको प्रजिअ शर्माले बताए ।

घटनामा सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा गम्भीर घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । नेपाली सेनाको हेलिकप्टर कालीकोट पुगेर घाइते भएका बालबालिकालाई थप उपचारका लागि सुर्खेतको प्रादेशिक अस्पतालमा लगेर उपचार थालिएको प्रजिअ शर्माले जानकारी दिए । स्थानीय प्रेमबहादुर शाहीका अनुसार गाई चराउन गएका बालबालिकाले ओढारमा भेट्टाएको वस्तु खेलाउँदा विस्फोट भएको बताए ।

Next Post

गाडी गुड्न नपाउँदै भत्कियो पुल

१२ कार्तिक २०७९, शनिबार १४:२६
जुम्ला सिंजा गाउँपालिका ३ को हिमा नदि माथि ५२ लाख रुपैयाँको लागतमा बनेको पुल बाढीले भत्काएपछि सवारी आवागमन ठप्प बनेको छ । गत कात्तिक महिनामा परेको अबिरल बर्षा संगै आएको बाढीले पुल बगाउन नसकेपनि क्षत विक्षत बनाएको थियो । अहिले न मर्मत गरेर सञ्चालन गर्न मिल्ने छ, नत भत्काएर नयाँ […]

सम्बन्धित