जुम्लाका १० जना जेष्ठ नागरिक सम्मानित

  ।   ११ पुष २०७९, सोमबार २०:४०

जुम्लामा दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा १० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ। दुई जनालाई कम्बल र ८ जनालाई नेपाली ढाका टोपी लगाई सम्मान गरिएको ज्येष्ठ नागरिक संघ जुम्लाका कार्यबाहक अध्यक्ष तुलारामा न्यौपानेले बताए।

८१ वर्षकी यगोमाया चौलागाई र ८१ वर्षका गौरीशंकर न्यौपानेलाई कम्बल दिई सम्मान गरिएको छ। जंगबहादुर शाही र प्रयागत्त शाही लगायत ८ जनालाई नेपाली ढाका टोपी लगाइ सम्मान गरिएको कार्यबाहक अध्यक्ष न्यौपानेले जनाए।

ज्येष्ठ नागरिकको सम्मान तथा अधिकारको रक्षाका लागि यो दिवस मनाउन थालिएको हो। नेपालमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने घोषणा गरिएको दिनको अवसर पारी हरेक वर्ष पुस ११ गते ज्येष्ठ नागरिक दिवस मनाउने नेपाल सरकारको निर्णय बमोजिम यस वर्षदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन लागिएको हो।

‘हामी सबैको सरोकार: जेष्ठ नागरिकको अधिकार’ भन्ने नाराका साथ ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण र संवद्र्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिन्छ।

चन्दननाथ नगरपालिका ५ का वडा अध्यक्ष वृर्ख बहादुर कार्कीले जेष्ठ नागरिकलाई खाजा स्वरुप २० हजार र ६ का रवि थापाले ३० हजारले दिने प्रतिबद्धता जनाए। प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले सरकारले जेष्ठ नागरिकलाई सम्मान र स्वास्थ्य स्याहारसुसार गर्न सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेको जनाए।

Next Post

नुन चामलको डिपो माग्दै पातारासीमा हस्ताक्षर संकलन

११ पुष २०७९, सोमबार २०:४०
लामो समय देखि नुन र चामलको लागि दु:ख भोगिरहेको जुम्लाको पातारासी क्षेत्रले नुन चामलको डिपो गाउँपालिका केन्द्रमै राखिनु पर्ने माग राखेको छ । नुन र चामलको डिपो लामो समय माग गर्दा समेत पाउन नसकेको भन्दै घरदैलोमा पुगेर हस्ताक्षर संकलन अभियान चलाएर राज्यलाई दबाव दिन थालेको हो । पाँच केजी नुन […]