नुन चामलको डिपो माग्दै पातारासीमा हस्ताक्षर संकलन

  ।   ११ पुष २०७९, सोमबार २०:५२

लामो समय देखि नुन र चामलको लागि दु:ख भोगिरहेको जुम्लाको पातारासी क्षेत्रले नुन चामलको डिपो गाउँपालिका केन्द्रमै राखिनु पर्ने माग राखेको छ । नुन र चामलको डिपो लामो समय माग गर्दा समेत पाउन नसकेको भन्दै घरदैलोमा पुगेर हस्ताक्षर संकलन अभियान चलाएर राज्यलाई दबाव दिन थालेको हो ।
पाँच केजी नुन र २५ केजी चामलको लागि सदरमुकाम खलंगा आउनुपर्ने झंझट हटाउन डिपो स्थापना गर्नुपर्ने माग राखेर हस्तक्षर अभियान चलिरहेको स्थानीय भक्तबहादुर बुढाले जानकारी दिए । उनका अनुसार गाउँगाउँमा पुगेर नुन चामलको वितरण केन्द्र राखिनु पर्ने बिषयमा हस्ताक्षर संकलन भइरहेको छ । अहिले सम्म १ हजार ५ सय ७५ जनाले एकमुष्ट हस्ताक्षर गरिसकेका छन । राज्य गाउँमा सिंहदबार पुगेको भनिरहेको छ । तर सामान्य सेवा लिन घण्टौ हिड्नु पर्ने अवस्था कायमै छ । जनताको आधारभुत आवश्यकता परिपुर्ति गाउँका सिंहदरबार भनिएका केन्द्रहरुमा पाइदैन् । कसरी घरदैलोको सरकार आएको अनुभती गर्ने,भक्तबहादुरले भने,‘सामान्य नुन देखि सुन सम्म पालिका केन्द्रमै पाइनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यही मान्यता पुरा गर्न दबाव दिन यो अभियान थालिएको छ । ’
भक्तबहादुरको अगुवाइमा हस्ताक्षर संकलन अभियान चलिरहेको छ । सदरमुकाम खलंगादेखि पूर्वमा पातारासी गाउ“पालिका पर्छ । जसलाई चौधविस क्षेत्र पनि भनिन्छ् । उनले भने,‘भौगोलिक रुपमा विकट छ भन्दैमा राज्यका हरेक सेवा सुविधाबाट बञ्चित गर्न मिल्दैन् । अब पातारासीमै नुन र चामलको डिपो सिर्जना गरेर अनुदानको चामल नुन ल्याउनुपर्छ । ’
उनीहरुले संकलन गरेको हस्ताक्षरहरु स्थानीय सरकार,प्रदेश सरकार,जिल्ला प्रशासन कार्यालय हुदैं साल्टट्रेनिङ कर्पोरेशनको केन्द्रीय कार्यालय र खाद्य तथा ब्यापार कम्पनी लिमिटेडमा पठाइनेछ । संघीयताले हरेक सेवा सुविधा विकेन्द्रीत गरायो । तर नुन चामलको कार्यालय खलंगामै रहे । जसले सरकारले पठाएको अनुदानको खाद्यन्न जनताले सहजै उपभोग गर्न पाएनन् । यही हो सबै भन्दा ठुलो समस्या ।
जिल्लाको सिंजा क्षेत्रको नराकोट र गोठीजिउलोमा नुन र चामलको डिपो राखेर बिक्रिवितरण भइरहेको छ । संघीय व्यवस्था सुरु हुनु हिले नै जुम्लाकोट र धापामा डिपो खोलिएको छ । तर त्यहा“ न चामल पाइन्छ, नत नुन नै । महंगा रकम बोकेर टुक्रे बजारमा पुगेर ल्याउनुको विकल्प छैन्् ।
स्थानीय धनबहादुर खत्रीले भने,‘अब डिपो खोलिएको स्थानमा चामल र नुन चाहिन्छ । डिपो नै नभएको स्थानमा डिपो स्थापना गरेर सेवा दिनु पर्ने देखिन्छ । जसका लागि पातारासीले दबाव अभियान चलाउन थालेको हो । ’ पातारासीमा ७ वडा छन । न चामलका लागि सदरमुकाम खलंगामा धाउनुको विकल्प छैन । पातारासी ३ हुरीमहरी गढीगाउ“बाट सदरमुकाम खलंगा आउजाउको लागि दुई दिनको समय चाहिन्छ । उनले भने, ‘ छ नत कच्ची सडक छ । तर सवारी नियमित चल्दैनन् । सवारीमा बोकाएर ल्याएको खाद्यन्न महंगामा पुग्छ । विपन्नको पहुंच त्यो खाद्यन्नमा पुगिरहेको हुदैन् । त्यसैले पालिकाको केन्द्रमा रहेको लासी बजारमा डिपो चाहिन्छ । डिपोमा चामल चाहिन्छ । ’
नेपाल साल्टट्रडिङ कर्पोरेसनको शाखा कार्यालय जुम्लाका प्रमुख खगेन्द्र मल्लले पातारासीको जनताको माग जाहेज रहेको प्रतिक्रिया दिए । उनले भने,‘पातारासी गाउँपालिकामा पेस भएको हस्ताक्षर कार्यपालिका बैठकले जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्छ । जिल्ला प्रशासन कार्यालयले सिफारीस पठाएर केन्द्रीय कार्यालय देखि स्वीकृत भएको खण्डमा उनीहरुको माग संवोधन हुन्छ । ’
अहिले सदरमुकाम खलंगामा पुगेर लाइनमा बसेर ५ केजी नुन र २५ केजी चामल लिएर फर्कनु परिरहेको पातारासीका स्थानीयको गुनासो छ । लाइनमा बसेर समेत नपाइने अवस्था भएमा केही सर्वसाधारण सदरमुकाम खलंगामै बास बस्नु परेको बाध्यता सुनाइरहेका हुन्छन् । पाँच केजी नुन र २५ केजी चामल ल्याउन आउँदा लाग्ने एक हजार देखि २ हजार सम्मको खर्च हटाउने गरि माग संवोधन गर्न पातारासीबासीले आग्रह गरेका छन ।

Next Post

भुकम्पीय जोखिमबाट बचाउन सशस्त्र प्रहरीको सचेतना

११ पुष २०७९, सोमबार २०:५२
जुम्लामा पनि भुकम्पको जोखिम हुन सक्ने भन्दै सशस्त्र प्रहरीले भुकम्पीय जोखिमबाट बच्न सचेतना फैलाउन थालेको छ । पहिलो चरणमा भुकम्प सुरक्षा सचेतनाको लागि टेबुल टप एक्सरसाइज कार्यक्रमको आयोजना गरिएको हो । ३५ औं भुकम्प दिवस नजिकिदै गर्दा सशस्त्र प्रहरी ३३ नम्बर त्रिपुरागणले सुरक्षा सचेतनामुलक कार्यक्रम गर्न थालेको हो । भुकम्पीय […]