भुकम्पीय जोखिमबाट बचाउन सशस्त्र प्रहरीको सचेतना

  ।   ३० पुष २०७९, शनिबार १३:०३

जुम्लामा पनि भुकम्पको जोखिम हुन सक्ने भन्दै सशस्त्र प्रहरीले भुकम्पीय जोखिमबाट बच्न सचेतना फैलाउन थालेको छ । पहिलो चरणमा भुकम्प सुरक्षा सचेतनाको लागि टेबुल टप एक्सरसाइज कार्यक्रमको आयोजना गरिएको हो ।
३५ औं भुकम्प दिवस नजिकिदै गर्दा सशस्त्र प्रहरी ३३ नम्बर त्रिपुरागणले सुरक्षा सचेतनामुलक कार्यक्रम गर्न थालेको हो । भुकम्पीय जोखिमबाट बच्न यसअघि विभिन्न कार्यक्रम भइरहेका थिए । तर टेबुल टप एक्सरसाइज भएको पहिलो पटक हो ।

‘भुकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ भन्ने नाराका साथ सचेतना फैलाउने कार्य प्रारम्भ भएको सशस्त्र प्रहरीका एसपी चित्राङगत दाहालले जानकारी दिए । उनका अनुसार भूकम्प गइसके पछिको अवस्थामा सरोकारवाला निकायले निभाउनु पर्ने भूमिकाको बिषयमा गहनरुपमा छलफल भएको थियो । विभिन्न ६ वटा समुह बनाएर गरिएको टेबुल टपमा जुम्लामा भुकम्पले पुर्याउने सक्ने क्षति र बच्न सकिने उपायका बारेमा बहस भएको थियो ।
जनप्रतिनिधिको छुट्टै समुह थियो । सरकारी कार्यालय,सुरक्षा निकाया,गैरसरकारी संस्था,नागरिक र सञ्चारकर्मी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतको नाममा समुह विभक्त थिए । उनीहरुले भुकम्प गइसकेपछि र अघि गर्नुपर्ने भुमिकाको बिषयमा विमर्श गरेका थिए ।
उदाहरणको लागि भुकम्प गयो । तर सरोकारवाला निकाय समयमै परिचालन हुन सकेनन् । यस्तो अवस्थामा सबै संयन्त्रको परिचालन कसरी गर्ने भन्ने बिषयमा छलफल भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यमबहादुर बुढा मगर, नेपाली सेनाका उपसेनानी आदित्यजंग शाही र राष्ट्रिय अनुसन्धान प्रमुख राजकुमार न्यौपानेले आ आफ्नो धारणा राखेर सबै जिम्मेवारी हुनु पर्ने बताएका थिए ।
जोखिमपुर्ण अवस्थामा स्वास्थ्य क्षेत्रले गर्ने कामको विषयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका बरिष्ठ प्रशासकीय अधिकृत द्धन्द्धबहादुर शाही, जनस्वाथ्य सेवाका अधिकृति प्रेम सुमाइ, सरकारी निकायको तर्फबाट सघन शहरी तथा भवन डिभिजन आयोजनामा सव ईन्जिनियर निमा देव, गैरसरकारी क्षेत्रबाट भकारी कार्यक्रममा संजिव श्रेष्ठ, नागरिक तथा पत्रकारको तर्फबाट नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले आ आफ्नो भुमिकाको बारेमा प्रष्ट पारेका थिए ।
उनीहरुले भुकम्प कसैलाई सोधेर नआउने भएकोले पुर्व सतकर्ता आवश्यक रहेकोमा जोड दिए । हामीले बनाउने संरचना कस्तो छ ? भुकम्प जोखिमको बेला परिचालन हुने संयन्त्र कस्तो छ ? र राहत तथा उद्धारका तयारीहरु के छन् भन्ने सन्दर्भमा समेत छलफल भएको एसपी दाहालले बताए ।
उनले भने,‘नेपाल भुकम्पको उच्च जोखिममा छ । भुकम्पबाट जोगिन सबैले सतर्क रहनु जरुरी छ । जसका लागि विभिन्न कार्यक्रम गरेर सचेतना फैलाउन अनिवार्य छ । सशस्त्र प्रहरी पनि सचेतना फैलाउने कार्यमा अग्रसर छ । सशस्त्र प्रहरीले निकै सान्दर्भिक बिषयमा सचेतना फैलाउन थालेको भन्दै जुम्लाबासी खुसी छन ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले माघ २ गते बिहान ८ बजे जिल्ला प्रशासन कार्यालय अगाडी जम्मा भएर प्लेकार्ड सहित र्याली निकाल्ने कार्यक्रम तय भएको जनाएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालका अनुसार रर्याली बालमन्दिर अगाडी पुगेर भूकम्प सुरक्षा सम्बन्धी डेमो देखाउने कार्यक्रम रहेको छ ।
जुम्लामा आगामी दिनमा बन्ने संरचना भुकम्परहित भवन निर्माण आचारसंहिता बमोजिम बन्नुपर्ने,भुकम्प र भुकम्पले हुने क्षतिको बारेमा जानकारी दिदै उच्च सतर्कता अपनाउनको लागि सचेतना फैलाउने बारेमा समेत स्थानीय तह र सरोकारवाला गम्भीर बन्नुपर्नेमा जोड दिइएको थियो ।

Next Post

लिफ्ट सिचाईले किसानको मुहारमा खुसी

३० पुष २०७९, शनिबार १३:०३
आकाशे पानीको भरमा खेती गरिरहेका जुम्ला तिला २ का हरीलाल रावत गाउ‘मा लिफ्ट सिचाइबाट पानी पुगेपछि निकै उत्साहित छन । लिफ्ट सिचाईले बाझो जमिनको भरपुर उपयोग हुनेमा ढुक्क भएका उनी स्याउ बगैंचा स्थापना गर्ने तयारीमा छन । उनले भने,‘जतिबेला बर्षा हुन्थ्यो उतिबेला खेतीपातीको सिजन सुरु हुन्थ्यो । कहिले बर्षा नहुंदा […]