लिफ्ट सिचाईले किसानको मुहारमा खुसी

  ।   ३० पुष २०७९, शनिबार १३:११

आकाशे पानीको भरमा खेती गरिरहेका जुम्ला तिला २ का हरीलाल रावत गाउ‘मा लिफ्ट सिचाइबाट पानी पुगेपछि निकै उत्साहित छन । लिफ्ट सिचाईले बाझो जमिनको भरपुर उपयोग हुनेमा ढुक्क भएका उनी स्याउ बगैंचा स्थापना गर्ने तयारीमा छन । उनले भने,‘जतिबेला बर्षा हुन्थ्यो उतिबेला खेतीपातीको सिजन सुरु हुन्थ्यो । कहिले बर्षा नहुंदा खेतीयोग्य जमिन बाझो राख्नु परिरहेको छ । अब गाउ‘मा सिचाई गर्नको लागि पानी आएपछि बर्षौं देखिको सिचाई समस्या समाधान भएको छ । ’
अर्का धनबहादुर रावत लिफ्ट सिचाइको माध्यमबाट तिला नदिको पानी खेतखेतमा पुग्दा दंग छन । तिला नदिमा बगेको पानी हेरेर चित्त बुझाइरहेका उनले खोलाको बगरबाट पानी लिफ्ट गरेर सिचाई गर्ने कल्पना समेत गरेका थिएनन् । नजिकैको बाझो बारीमा पानी नपुग्दा समस्या खेपेका उनी निर्धक्क तरिकाले सिचाई गर्न पाउदा निकै खुसी छन । उनले भने,‘अब आकाशे पानीको घरमा गरिने खेतीको अन्त्य भएको छ । जतिबेला पनि खेतीपाती गर्न सकिने गरि पानीको जोहो हुंदा गाउ‘मा खुसीयाली छाएको छ ।
खानेपानीको अभाव हुंदा समेत लिफ्टबाट तानेको पानी सोडिस गरेर पिउन मिल्ने देखिन्छ । अनुकूलन कोषको आर्थिक सहयोग,वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा पेस नेपालद्वारा सञ्चालित क्याप्स कर्णाली परियोजनाले तिला नदिनको पानीबाट लिफ्ट गरेर पानी पुर्याएपछि तिला २ को लिही र लर्मी गाउ‘मा रहेको बाझो जमिन समेत उपयोगमा आएको हो ।
अब सिचाईको समस्या रहेन । बरु बाझो जमिनमा पनि स्थानीय बालीनालीको खेती गर्न हौसला मिलेको छ,धनबहादुरले भने,‘ यहॉको जमिन संधै पानीको अभावमा मरीभुमी जस्तो देखिने छैन् । हरीयाली छाउने आशा गरिएको छ । ’ स्थानीयले बाझो पाखो जमिनमा स्याउ र ओखर रोप्ने तयारी थालेका छन । सार्वजनिक जग्गामा धुपी,सल्लाह र देवद्यारको विरुवा रोपण गरेर हरीयाली बनाउने स्थानीयको योजना छ ।
लिफट् गरेर तिला नदिको पानी ३७० मिटर उचाई सम्म लगिएको छ । एक लाख लिटरको एक रिजर्भ टयांकी बनाइएकोमा तीस तीस हजार लिटरका ४ वटा रिजर्भ ट्यांकी बनाइएको छ । नदि देखि सिंधै पानी ट्यांकीमा जम्मा भएर किसानको खेतखेतमा लगिएको छ । लिफ्टबाट प्रतिसेकेण्ड ७ लिटर पानी ट्यांकीमा खस्ने गरेको पेस नेपालका अध्यक्ष किशोर न्यौपानेले जानकारी दिए ।
उनका अनुसार एक हजार ३ सय २० मिटर जिआइपाइपको प्रयोग गर्नुको साथै ४ हजार मिटर एचडी पाइप जडान गरिएको छ । लिफट सिचाईबाट ३२ हेक्टर जमिन सिंचित भएको उनले बताए । लिफ्टले जमिन सिचाईका लागि हुने द्धन्द्ध न्यनिकरण गर्नुका साथै सर्वसाधारणको कार्यबोझ घटाउने अध्यक्ष न्यौपानेले बताए । घरघरमा प्लाष्टिक टनेलको प्रयोग गरेर हरियो तरकारी उत्पादन गर्न सकिन्छ । अन्तर खेती प्रर्णालीको माध्यमबाट उत्पादकत्वमा बृद्धि हुने अपेक्षा स्थानीयले गरेका छन ।

बजारमुखी नगदेबाली,रैथानेबालीमा चिनो,कागुनो,कोदो,फलफुलमा स्याउ,ओखर, तरकारी जन्यबालीमा आलुु,खुर्सानी,काक्रा,टमाटर,प्याज,लसुन,हरियो सागपात समेत लगाउन किसानलाई सजिलो हुने देखिन्छ । लिफ्ट सिचाईले तिला २ को लिही र लर्मी गाउ‘ले सुविधा पाएका छन । यी दुवै बजार र राजमार्ग नजिकैका गाउ‘ भएकोले मौसमी तथा बेमौसमी तरकारी खेतीको राम्रो संभावना छ । स्थानीय महिला सीता रावलले भनिन्,‘सिचाईको समस्याले किसानहरु बर्षायाममा मात्र तरकारी गरिरहेका थिए । अब १२ महिना तरकारी खेती गरेर बजारमा पुर्याउने लक्ष्यछ । ’ अन्य सिचाई प्रर्णाली भन्दा लिफ्ट सिचाई निकै महंगो पर्ने भएकोले समुदाय र तिला गाउ‘पालिकाले लिफ्ट सिचाई बनाइदिन आग्रह गरेको थियो । रैथाने उत्पादन बढाउने र स्थानीय समुदायको जीविकोपार्जनमा दिगो सुधार ल्याउन यो आयोजनाले मद्धत पुर्याउने अपेक्षा गरिएको छ ।
२०७८ कात्तिक १५ देखि सुरु भएको लिफ्ट सिचाई आयोजना चालु आर्थिक बर्षको मंसिरमा सकिएको हो । लिफ्ट सिचाईले ३३८ घरधुरी लाभान्वित भएका छन । कुल १ करोड ३५ लाख ११ हजार ४ सय ६२ रुपैयॉमा सिचाई आयोजना निर्माण भएको हो । स्थानीयले लिफ्ट सिचाईको दिगोपना र मर्मर संभार योजना बनाएका छन । योजना अनुसार मर्मत संभार समिति बनेको छ । एक जना मर्मत संभार कार्यकर्ता तोकिएको छ । सिंक्षित जमिनको क्षेत्रफल अनुसार विद्युतीय मिटरमा आधारित शुल्क निर्धारण गरिएको छ । आयोजनाका अध्यक्ष समेत रहेका हरीलालले भने,‘यो संगै सबै लाभग्राहीले स्वयमसेवक रुपमा योगदान गर्ने,ठुलो क्षति हुंदा मर्मत संभारको लागि स्थानीय सरकार,प्रदेश सरकार र विकास साझेदार संग समन्वय गरेर अघि बढ्ने योजना समेत बनेको छ । ’ लिफ्ट गरेर गाउ‘ भन्दा निकै माथी पानी तानिएकोले आगलागी जन्य प्रकोपका घटना न्युनिकरणमा सहयोग मिल्ने देखिन्छ ।

Next Post

विकासमा नतिजा खोज्दै चन्दननाथ

३० पुष २०७९, शनिबार १३:११
जुम्ला — जुम्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिकाले विकास निर्माणका कामलाई परिणामुखी बनाउने बताएको छ । योजना सम्झौता समयमै गर्नेदेखि असार १५ अगावै योजनाको भुक्तानी दिइसक्ने गरी काम गर्न थालेको हो । चन्दननाथ नगरपालिकाको १०औं नगरसभाले अबको विकास योजनाहरू नामको मात्र नभई कामकाजी हुनुपर्नेमा जोड दिइएको हो । सभाले नगर शिक्षा ऐनको पहिलो […]

सम्बन्धित