विकासमा नतिजा खोज्दै चन्दननाथ

  ।   ३० पुष २०७९, शनिबार १३:२९

जुम्ला — जुम्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिकाले विकास निर्माणका कामलाई परिणामुखी बनाउने बताएको छ । योजना सम्झौता समयमै गर्नेदेखि असार १५ अगावै योजनाको भुक्तानी दिइसक्ने गरी काम गर्न थालेको हो । चन्दननाथ नगरपालिकाको १०औं नगरसभाले अबको विकास योजनाहरू नामको मात्र नभई कामकाजी हुनुपर्नेमा जोड दिइएको हो ।

सभाले नगर शिक्षा ऐनको पहिलो संशोधनसहित विभिन्न कार्यविधि पारित गरेको छ । नगरप्रमुख राजुसिंह कठायतले हरेक वर्ष सबै योजनाको भुक्तानी असार पन्ध्रसम्म दिइसक्ने गरी नगरपालिका तयारीमा लागेको बताए । उनले भने, ‘हामी सम्झौता समयमै गरिसक्नेछौं । सकिएका योजनाको भुक्तानी पनि समयमै दिनेछौं । उपभोक्ता र वडाले गुणस्तरमा कम्प्रमाइज गर्न पाउने छैनन् । यो नगरपालिकाको एकमात्र संकल्प हो,’ उनले थपे, ‘नवनिर्वाचित जनप्रतिनिधि आएको छोटो समयमै बजारमा मेयर, उपमेयर, वडाध्यक्षहरूले काम गर्न नसकेको टिप्पणी भइरहेको छ । तर हामीहरू परिणाममुखी काममा अनवरत खटिइरहेका छौं । ’

उनले सहरी विकास कार्यालयबाट मात्रै ५० करोडमा नया“ संरचना बनाउन टेन्डर भइसकेको बताए । ‘मलाई धेरैले बालेन बन्नुप¥यो भनिरहेका छन् । घर भत्काएपछि मात्र मेयर हुने तर नभत्काउ“दा मेयर नहुने भन्ने हुँदैन । अनुकूलताको आधारमा घर पनि भत्काउ“छौं, नया“ निर्माणको काम पनि अघि बढाउनेछौं । अर्काको सिको गरेर विकास हुँदैनन्,’ उनले भने ।

नगरको परिणाममुखी काम विस्तारै हुने उपमेयर रामदेवी खड्काको भनाइ छ । ‘फोहोर मैला व्यवस्थापनका निम्ति धेरै उपकरण ल्याउन लागिरहेका छौं । सबै उपकरण आइसकेपछि नगर आफैंले कामको जिम्मा लिनेछ । नआए निजी क्षेत्रलाई दिने गरी टेन्डर आह्वान गरिनेछ,’ उनले भनिन्, ‘सुन्दर र हराभरा नगर नगरपालिकाको लक्ष्य हो । ’ उनले नगरपालिका सुहाउँदो कानुन तर्जुमा गरेर कार्यन्वयन गर्नुपर्ने देखिएको बताइन् ।

Next Post

आगलागी नियन्त्रणको तरिका सिकाउँदै सशस्त्र प्रहरी

३० पुष २०७९, शनिबार १३:२९
पानी परेर खडेरी भइरहेको वा वन जंगलमा आगलागी भइरहेको समयमा जुम्लामा सशस्त्र प्रहरीले आगलागी नियन्त्रण सम्बन्धमा सचेतनामूलक ‘डेमो’ प्रदर्शन गरेको छ। सशस्त्र प्रहरी बल ३३ नम्बर गणले आफ्नो २२ औं स्थापना दिवसको पूर्व सन्धानमा चन्दननाथ नगरपालिका वडा नम्बर १० गैरागाउँमा नमुना आगलागी भएको घरमा नियन्त्रण तथा आगो निस्किएको ग्यास सिलिन्डर निभाउने […]