डोल्पामा सरकारविरुद्ध कांग्रेसको विरोध प्रदर्शन

  ।   ३ माघ २०७७, शनिबार १६:५९

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको त्रिपुरासुन्दरी नगर समितिले त्रिपुरासुन्दरी नगरपालिकामा केपी ओली सरकारको जनविरोधी कदमको विरोध गर्दै प्रर्दशन गरेको छ । संसद विघटनको असवैधानिक कदमको खारेजी गर केपी ओलीको तानाशाहा निरंकुशतावादी शैली मुर्दावाद भन्ने नारा लगाउदै त्रिपुरासुन्दरी नगरपालिकामा विरोध प्रर्दशन गरेको हो । वर्तमान कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर तानाशाहा शैलीको प्रर्दशन मात्र नगरेर संविधानलाई नै लत्याएर स्वघोषित महाराज बन्न खोजेको आरोप विरोध प्रर्दशनमा सहभागी कांग्रेस कार्यकर्ताले लगाएका छन ।

केपी ओली भ्रष्टचार कुशासक र अधिनाकवादीसमेत आरोप विरोध सभामा बोल्ने अधिकांश कार्यकर्ताको थियो । नेपाली कांग्रेस केन्द्रिय समितिको कार्यक्रम अनुरुप देशभरका ७ सय ५३ ओटै स्थानीय तहमा असंवैधानिक कदमको विरोध गर्ने कार्यक्रम अनुरुप डोल्पामा पनि प्रदर्शन गरिएको नेपाली कांग्रेस त्रिपुरासुन्दरीनगर समिति त्रिपुराकोटले जनाएको छ । त्रिपुरासुन्दरी नगरका ग्रामीण बस्तीहरुबाट आएका कांग्रेस कार्यकर्ताले सर्वसत्तावाद ओली सरकार मुर्दावाद, प्रष्टचारी सरकार मुर्दावाद संसद विघटनको असवैधानिक कदम खारेज गर भन्ने नारा लगाउदै त्रिपुराकोट बजारको परिक्रमा गरि नन्द स्मसतिचोकमा आएर विरोध कोण सभाको आयोजना गरेका थिए ।

नेपाली काँग्रेसका महासमिति सदस्य गौरीशंकर उपाध्यायले नेपाली जनताको आन्दोलनबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक साशन व्यवस्थालाई संस्थगत गर्नुको सट्टा संघीय संसद नै विघटन गरेर संविधान र संघीयताको नै हत्या गरेको आरोप लगाए । कांग्रेस डोल्पाका पुर्व सभापति टंकप्रसाद उपाध्यायले भ्रष्टचार कुशासन अधिनायकवादी शैली अपनाउदै दमनकारी नीति अख्तियार गदै तानाशा र हिटलर प्रवृति अपनाएर अधिनायकवादी तरिकाले ओली अगाडि बढिरहेको बताए  ।

Next Post

२४ घण्टामा २४० संक्रमित थपिए, ४७७ कोरोनामुक्त

३ माघ २०७७, शनिबार १६:५९
काठमाडौँ — पछिल्लो २४ घण्टामा शनिबार थप २४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ५६ संक्रमितको संख्या पुगेको छ । सैगरी २४ घण्टामा ४७७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या […]