पतिको कुटपिटबाट जुम्लामा पत्नीको मृत्यु

  ।   २८ फाल्गुन २०७९, आईतवार ०८:२२

जुम्ला — जुम्लाको तिला गाउँपालिकामा पतिको कुटाइबाट पत्निको मृत्यु भएको छ । तिला–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीले आफ्नै पत्नी २३ वर्षीय ममता नेपालीलाई कुटपिट गरेर हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाले मृतकको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोस्टमार्टमका लागि ल्याइएको जनाएको छ । सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

‘प्रारम्भिक बयानमा श्रीमान्‌ले कुटपिट गर्दा बेहोस भएको बताएका छन’, प्रहरी निरीक्षक यामबहादुर बुढामगरले भने, ‘कुटपिट गरेर घाइते बनाएको र समयमै उपचार नहुँदा मृत्यु भएको देखिएको छ ।’

प्रहरीलाई शनिबार दिउँसो दुई बजेतिर खबर प्राप्त भएको थियो । शवको प्रकृति हेर्दाखेरी एक हप्ताअघि नै हत्या गरेर घरमा लुकाएर राखेको देखिन्छ,’ उनले भने, ‘शव कुहिसकेकोले श्रीमतीलाई केले प्रहार गरेको भन्ने पत्ता लाग्न सकेको छैन । पोस्टमार्टम रिपोर्टले सबै स्पष्ट पार्नेछ ।’

‘श्रीमान्‌ले श्रीमती बिरामी भएको छिमेकीलाईसम्म थाहा नदिनु, घरमै लुकाएर राख्नुले हत्या गरेको पुष्टि हुन्छ’, उनले भने ।

Next Post

सुनमायाले जितिन् हङकङ ट्रेल च्यालेन्ज

२८ फाल्गुन २०७९, आईतवार ०८:२२
काठमाडौँ — नेपाली धावक सुनमाया बुढाले हङकङमा शनिबार भएको ‘द नर्थ फेस १०० अल्ट्रा ट्रेल च्यालेन्ज’ को उपाधि जितेकी छन् । जुम्लाकी सुनमायाले महिलातर्फ ५० किलोमिटरको दौड ६ घन्टा १२ मिनेट २५ सेकेन्डमा पूरा गर्दै नया कोर्स रेकर्डसहित उपाधि जितेकी हुन् । त्यसक्रममा उनले खासै चुनौती बेहोर्नु परेन । चिनियाँ धाविक […]