जुम्लामा चौथो जुम्ला रारा अल्ट्रा म्याराथनको तयारी

वैशाख ११ गते आयोजना हुने

  ।   १४ चैत्र २०७९, मंगलवार १७:५९

 जुम्ला,
कर्णालीको पर्यटन प्रवद्र्धनको लागि आगामी वैशाख ११ गते जुम्ला रारा अल्ट्रा म्याराथन आयोजना हुने भएको छ । जुम्ला सदरमुकाम खलंगाको शुन्य प्वाइन्ट चन्दननाथ मन्दिर देखि रारातालको छेउ हुटु सम्मको ४९ किलोमिटर दुरीमा जुम्ला रारा अल्ट्रा म्याराथन हुन लागेको छ । कर्णाली स्पोर्टस क्लब जुम्लाले पत्रकार सम्मेलनको आयोजना गरेर लोकतन्त्र दिवसको अवसरमा जुम्ला रारा अल्ट्रा म्याराथन आयोजना हुने जानकारी दिएको हो ।
क्लबका अध्यक्ष सरोज शाहीले म्याराथनले कर्णालीको पर्यटन प्रवद्र्धनका साथै पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारमा टेवा पुग्ने बताए । उनका अनुुसार शुन्य प्वाइन्ट खलंगा देखि सुरु भएर डाँफे लेक,न्यौरीघाट,चौथा,डाब,चुचेमारा,मिलीचौर हुदैं रारातालको छेउ हुटुमा पुगेर अन्तिम बिन्दु तोकिएको छ ।  म्याराथनमा विभिन्न विधामा गरेर २८ जना खेलाडीलाई पुरस्कृत गरिने समेत आयोजकले जनाएको छ । खेलाडीले अनलाइनबाटै नाम दर्ता गराउन सक्ने र क्युआर कोर्डबाटै शुल्क रकम भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ । विदेशी खेलाडीका लागि ७ हजार,नेपाली धावकका लागि ३ हजार शुल्क तोकिएको छ ।
म्याराथनमा प्रथम हुनेलाई एक लाख प्रमाणपत्र र मेडल,द्धितीय हुनेलाई ७५ हजार नगद प्रमाणपत्र र मेडल,तृतीय हुनेलाई ५० हजार नगद प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । यसैगरी चौथो र पाँचौ हुनेलाई बिस बिस हजार नगद प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजक कर्णाली स्पोर्टसका अध्यक्ष शाहीले जानकारी दिए । गिनिज बुक अफ वल्र्ड रेकर्डर एभरेष्ट म्यारथन ह्याट्रिकर हरि बहादुर रोकायको संरक्षणमा म्याराथन हुन लागेको हो । जुम्लालाई उच्च पर्वतीय खेलकूद प्रशिक्षण केन्द्रका रुपमा विकास गर्ने र खेलकदको महत्वबारे जनचेतना अभिबद्धि गराई समग्र समाजमा खेल संस्कृतिको विकास म्याराथन आयोजना गर्न लागिएको धावक हरीबहादुर रोकायाले बताए ।
अल्ट्रा म्याराथन भनेको प्रकृतिका सबै पक्षहरूमा साहसिक अनुभव गर्ने बिषय हो । अल्ट्रा दौडनेहरुले आफनो सीमा र समुदायको भावना खोज्छ । यो सूर्यास्तमा रमाइलो गर्ने गाउ“मा रमाउने, पहाडमा दौडदै र प्रवाहको अवस्थामा पुग्दा शान्तिको आनन्द लिने अवस्था हो । धावक रोकायाले भने,‘ विश्वमा हिमाली तथा पहाडी क्षेत्रमा आयोजना हुदै आएका यस्ता साहसीक खेलकुद प्रतियागिता गर्ने मध्ये जुम्ला पनि उच्च संवभान भएको जिल्लाको रुपमा चिनाउने देखिन्छ ।
कर्णाली रोगभोक,अनिकालका रुपमा चिनियो तर पयार्य पर्यटनका हिसावले पनि उत्तिकै शक्ति शाली छ भन्ने प्रमाणित म्याराथनले गर्ने उनको विश्वास छ । यसअघि तीन वटा म्याराथनका इभेन्ट भइसकेको छ । हरेक प्रतियोगितामा ३ सय देखि ४ सयको हाराहारीमा जुम्ली र मुगाली खेलडाी मात्र नभएर देशका १८ जिल्लाको साथै बेलायत नेदरल्याण्ड, भारत इटाली अमेरिका बाट खेलाडीहरु सहभागी भएका थिए । यस वर्ष चौथो जम्ला गरा अल्ट्रा म्यारथनमा झण्डै २ हजार खेलाडी सहभागी गराउने लक्ष्य छ ।
म्याराथन संगै १६ बर्ष मुनिको ५ किलोमिटर दौड,५ किलोमिटरको कर्मचारी तथा ब्यापारी तर्फको दौड र अभिभावकको सहमतिमा १० बर्ष मुनिका बालबालिकाको लागि एक किलोमिटर दौडको समय आयोजना हुने छ । म्याराथनको लागि स्थानीयतह,कर्मचारीहरु,गैरसरकारी संस्था,उद्योग बाणिज्य संघ,नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी लगायतका खेलकुद प्रेमीहरुले सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरेका छन । म्याराथनको लागि २२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रायोजकहरु खोज्ने कार्य सुरु भएको अध्यक्ष शाहीले जानकारी दिए ।

Next Post

जुम्लाको सिंजा गाउँपालिकामा ‘खाना महोत्सव’ सुरु

१४ चैत्र २०७९, मंगलवार १७:५९
सोमबारदेखि जुम्लाको सिंजा गाउँपालिकामा खाना महोत्सव सुरु भएको छ। गाउँपालिकाको सदरमुकामा अवस्थित नराकोट बजारमा खाना परिकार महोत्सव सुरु भएको हो। मंगलबारसम्म संस्कृति प्रर्वद्वन कार्यक्रम परम्परागत सांस्कृतिक खाना महोत्सव हुनेछ। महोत्सवमा विभिन्न लोपोन्मुख खाना तथा खाजाका परिकार र पेय पदार्थहरूको स्टल राखिएको छ। महोत्सव उद्घाटन गर्नुअघि स्थानीयले मैलिक रैथाने पोसाक र सांस्कृतिक […]