छुमचौरमा रोपाइ सुरु (फोटो फिचर)

  ।   ७ जेष्ठ २०८०, आईतवार १९:१४

जुम्ला ।विश्वको उच्च स्थानमा मार्सीधान उत्पादन हुने जुम्लाको पातारासी स्थित छुमचौर जिउलोमा रोपाइ सुरु भएको छ । कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भिमप्रकाश शर्माले मार्सीधानको बिउ खेतमा रोपेर छुमचौर जिउलोमा मार्सीधान रोपाइ सुरु गरेका हुन ।
पछिल्लो समयमा मार्सीधानमा रोगको संक्रमण बढेको भन्दै किसानहरुले धान रोप्न छोडेपछि पहिलो पटक कृषिमन्त्री पुगेर मार्सीधानको उत्पादनमा लाग्न किसानहरुलाई हौसला दिएका हुन । खेतमा रोपेको धानमा रोग लाग्ने,असिना र बर्षातका कारण भित्र्याउने समयमा दाना झार्ने देखि धानभित्रको चामल टुक्राटुक्रा हुने समस्या देखिएको छ । मार्सीधान उत्पादनमा गिरावट आएको भन्दै किसानहरुले खेतहरु बॉझो राख्दै आएका थिए ।


पातारासी ३ की ललिता बुढाले छुमचौरमा रोपिने मार्सीधानको पहिचान आफैमा महत्वपुर्ण भएको बताइन् । तर मरुवा रोगको कारण संधै उत्पादन कम हुने भएकोले किसानहरुको जोस हराउंदै गएको गुनासो पोखिन । उनले भनिन्,‘संसारको उच्च स्थानमा फल्ने मार्सीधान फल्ने जिउलो छुमचौर भनेर सामान्य ज्ञानहरुमा समेटिएको छ । तर बर्षेनी खेतहरु बॉझो हुदैं जॉदा किसानहरु मार्सीधानको खेती छोड्न थालेका छन । यो राम्रो भएन । ’उनले कर्णाली सरकारले छुमचौरलाई मार्सीधानको हिसावले कृषि पर्यटन क्षेत्रको रुपमा घोषणा गरेर रोपाइ व्यवस्थित बनाउनुपर्ने माग राखिन् । छुमचौर जिउलोमा पछिल्लो समयमा अधिकतम २० वटा खेतमा मार्सीधानको रोपाइ चल्ने गरेको छ । किसानहरु खेतहरुमा सिमी,मकै,कोदो,चिनो,कागुनो,जौं,गहु र आलु खेति गर्न थालेका छन ।
किसानहरुले निरोगी मार्सीधानको बिउ उपलब्ध गराउन माग गर्दै व्यवसायिक मार्सीधान खेतिको सुरुवातका लागि बजेट व्यवस्थापन गर्न आग्रह गरेका छन । मार्सीधानको खेतीबाट उत्पादन राम्रो नभएपछि किसानहरु यो समयमा यार्सा टिप्न पाटनतिर जाने गरेका छन । समुन्द्री सतहदेखि २ हजार ८ सय ५० मिटर उचाइमा रहेको छुमचौर जिउलोमा मार्सीधान लहलहाउने गरेर योजना बनाउन समेत किसानहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन ।


कृषिमन्त्री शर्माले मार्सीधानको जगेर्ना गर्नु सबैको दायित्व हुने बताए । उनले भने,‘मार्सीधानको माग पनि अत्यधिक छ । मुल्य पनि उच्च नै छ । किसानले गुणस्तरीय मार्सीधान उत्पादन गर्नुपर्ने देखिन्छ । जसका लागि कर्णाली प्रदेश सरकारले साथ दिन तयार छ । ’
मन्त्री शर्माले किसानहरु संग मिलेर धान रोपेका छन । साथै रोपाइको क्रममा भएको चोपाइमा समेत भाग लिएका छन । मार्सीधानको उत्पादन हुने छुमचौर जिउलोलाई कृषि पर्यटनको गन्तब्य बनाउन जुम्लाका सरोकारवाला सबैको एक मत हुनुपर्नेमा जोड दिदै उनले मार्सीधानको खेतीलाईए आधुनिकीकरण गर्दै लैजानुपर्ने बताए ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य,पातारासी गाउ‘पालिका अध्यक्ष पुर्णसिंह बोहोरा,उपाध्यक्ष जनमाया रोकाया,जिल्ला कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख गणेश अधिकारी सहितको टोली रोपाइ गर्न छुमचौर जिउलोमा पुगेको थियो । उनीहरुले छुमचौरलाई मासीधानको पकेट क्षेत्रका रुपमा अघि बढाएर योजना बनाउन आग्रह गरेका थिए ।


पातारासी गाउ‘पालिकाले मार्सीधानको खेती सुरु गर्न डिपिआर समेत बनाएको छ । किसानहरुले रोपाइ गर्ने जिउलो घेराबार गर्नुपर्ने,सिचाइ र रोगको उपचारमा प्राविधिक सहयोग निरन्तर पाउनुपर्ने माग राखेका छन ।
मार्सी धानको चामल पञ्चायतमा हुलाक मार्फत राजामहाराजाहरु कहॉ सम्म पुग्ने गरेको थियो । अहिले पनि स्वदेश तथा विदेशका बजारहरुमा मार्सीचामलको माग अधिक छ । छुमचौर जिउलो सम्म सडक सञ्जाल पुगेको छ । मार्सीधान बारे अध्ययन अनुसन्धान गर्नेहरु किसानहरु संगै बस्ने गरेका छन ।
साथै पातारासी हिमाल हेर्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरु समेत छुमचौर जिउलोमा पुगेर मात्र फर्कने गरेका छन । पातारासी गाउ‘पालिकाले छुमचौरलाई मार्सीधान उत्पादनको केन्द्र बनाउन डिपिआर बनाएर अघि बढेको जनाएको छ । मार्सीधान रोपाइ गर्न किसानहरु जिउलोमा भेला भएका थिए ।

Next Post

कनकासुन्दरी ७ का शतप्रतिशत बालबालिका विद्यालय भर्ना

७ जेष्ठ २०८०, आईतवार १९:१४
 जुम्लाको कनकासुन्दरी गाउँपालिका -७ खिच्चनेका शतप्रतिशत बालबालिका विद्यालय भर्ना भएका छन् । मालिका माध्यमिक खिच्चनेमा साेमबारमा आयोजित कार्यक्रममा ४ देखि १६ वर्षका सबै बालबालिका विद्यालय पहुँचमा पुगेको घोषणा गरिएको छ। कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको भन्दै शतप्रतिशत बालबालिका विद्यालयमा भर्ना भएको वडाका रुपमा घोषणा गरिएको हो ।कनकासुदरी गाउँपालिका- ७ अन्तर्गत ३ […]