रोपाइँ गर्न जौं बाली भित्र्याउँदै जुम्ली किसान

  ।   ११ जेष्ठ २०८०, बिहीबार १३:३३

जुम्लाका किसान हिउँदे बाली जौ भित्र्याउनमा व्यस्त छन्। जौ काटेर कालीमार्सी धान राेप्न सुरु गर्नुपर्ने हुनाले किसानहरु यतिबेला व्यस्त छन्।

बिहानदेखि बेलुका अबेरसम्म किसान खेतमा देखिन्छन्। ससानातिना बालबालिका देखि वृद्धहरु जौ काट्दै गरेको दृश्य देख्न पाइन्छ। बालबालिका दिउँसोको समय विद्यालय जाने गरेपनि विहान बेलुका जौ भित्र्याउन सहयोग गर्ने गरेको चन्दननाथ नगरपालिका-४ का बालकृष्ण सुनारले बताए। ‘दिउँसो पढ्न विद्यालय जान्छु,विहान बेलुकाको समयमा घरमा बुबाआमालाई सघाउनु पर्छ। अरुले खेतीमा काट्ने काम गर्छन्, घरमा ल्याउन सघाउछु।’ बालकृष्णले भने।

जुम्लामा जौ भित्राएपछि कालिमार्सी धान रोपाई सुरु हुने भएकोले  किसान धमाधम जौ काट्न हतारोमा देखिएका हुन्। जुम्लाका ८ वटै स्थानीय तहमध्ये चन्दननाथ नगरपालिका, गुठिचौर कनकासुन्दरीमा केही मार्सी फाँटमा आंशिक रोपाई सुरु भए पनि अधिकांश किसान जौ काट्न थालेका छन्। तर धेरै ठाउँ रोपाई भने जेठ महिनाको दोस्रो हप्ताबाट सुरु हुन्छ। जुम्लाका ८ वटै र स्थानीय तहमा जौ खेती गरिन्छ।

अन्य बालि भन्दा जौ को खेती केही कम मात्रामा हुन्छ। तर समग्रमा   गरिने जौ को खेतीमा कमी नआएको कृषि विकास कार्यालयका प्रमुख गणेशबहादुर अधिकारी बताउँछन्। उनका अनुसार जौ बाली ३ हजार ८ सय हेक्टरमा खेती भइरहेको छ। अधिकारीले भने जौँको निकै महत्व पुर्ण छ। जौँलाई एकदमै पौष्टिक आहारको रुपमा लिइन्छ ।

Next Post

बालविकासका लागि पुर्ण सरसफाई घर घोषणा अभियान

११ जेष्ठ २०८०, बिहीबार १३:३३
जुम्लामा प्रारम्भीक बालविकासका लागि पुर्ण सरसफाई घर अभियान सुरु भएको छ । जिल्लाको सिंजा गाउँपालिकाको १,२ र ३ वडाका १८१ घरलाई पहिलो पटक बालविकासका लागि पुर्ण सरसफाई घर घोषणा गरिएको हो । आनीबानी परिवर्तन र स्वस्थ्य घरको प्रवद्र्धन गर्न स्वच्छता सुचक पुरा गरेका घरधुरीलाई पुर्ण सरसफाइ घर घोषणा गरिएको हो […]