बालविकासका लागि पुर्ण सरसफाई घर घोषणा अभियान

  ।   १२ जेष्ठ २०८०, शुक्रबार ०७:४०

जुम्लामा प्रारम्भीक बालविकासका लागि पुर्ण सरसफाई घर अभियान सुरु भएको छ । जिल्लाको सिंजा गाउँपालिकाको १,२ र ३ वडाका १८१ घरलाई पहिलो पटक बालविकासका लागि पुर्ण सरसफाई घर घोषणा गरिएको हो ।
आनीबानी परिवर्तन र स्वस्थ्य घरको प्रवद्र्धन गर्न स्वच्छता सुचक पुरा गरेका घरधुरीलाई पुर्ण सरसफाइ घर घोषणा गरिएको हो । सिंजा गाउ‘पालिका संगको समन्वयमा पेस नेपाल जुम्ला र प्लान इनटरनेशनल नेपालको साझेदारीमा संचालित खानेपानी सरसफाइ स्वच्छता तथा उत्थानशिल परियोजना मार्फत सिंजा गाउ‘पालिकाको वडा नंं.१ देखि ३ सम्मका आमा समुहमा पुर्ण सरसफाइ स्वच्छताका सुचकहरुको बारेमा ३ महिना देखि अभिमुखिकण गरिदै आएको थियो ।
पुर्ण सरसफाइका सुचक पुरा गरेका घरधनीलाई सम्मान समेत गरिएको थियो । सिंजा गाउ‘पालिकाका उपाध्यक्ष सितली राकायाले गाउँपालिकालाई पुर्ण सरसफाइ घोषणा गर्ने स्थानीय सरकारको लक्ष्य रहेको सुनाइन् । जसका लागि स्थानीय गैरसरकारी संस्थाहरुको भुमि साथ चाहिनेमा जोड दिइन् ।
सिंजा २ की शर्मिला खत्रीले सरसफाइका सुचकहरु बारेमा पटक पटक गाउ‘मा छलफल हुने गरेको बताइन् । महिला स्वास्थ्य स्वयमसेविकाहरुले घरदैलोमा आएर छलफल चलाउने र बालबालिकाको वृद्धि विकासको लागि सरसफाइको महत्वका बारेमा सुझाउदै आएको बताइन् ।
पेस नेपालका परियोजना अधिकृत शंकरप्रसाद उपाध्यायले प्रारम्भिक उमेर चरणमा भएका बालबालिकाहरुको सर्वाङगिण बिकासका लागी घर पुर्ण सरसफाइ हुन आवश्यक रहेको बताए । बच्चाको बृद्धि र बिकासमा सरसफाइले ठुलो प्रभाव पार्दछ,उनले भने,‘ पुर्ण सरसफाइ घर घोषणाको काममा जुट्न सबैको उत्तिकै भुमिका रहन्छ । ’ स्वास्थ्य शाखाका संयोजक ललितजंङ्ग रोकायाले पुर्ण सरसफाइ अभियानको सुरुवाती चरणमा सर्वसाधारण नागरिकको उत्साह निकै प्रसंसनीय रहेको बताए । निकट भविष्यमै सिंजालार्इै पुर्ण सरसफाइ गाउ‘पालिका घोषणा गर्ने लक्ष्य लिएको जानकारी दिए ।
प्रारम्भिक बाल विकासका लागी विपद जोखिम मुक्त सहितको पुर्ण सरसफाइ स्वच्छता घर घोषणाको लागी सिंजा गाउँपालिकाको अगुवाईमा प्लान इन्टरनेशनल र पेस नेपाल जुम्लाकोे सहकार्यमा पुर्ण सरसफाइ घर घोषणा गरिएको हो ।

Next Post

 हाजिरीजवाफमा भैरव मावि नराकाेट प्रथम

१२ जेष्ठ २०८०, शुक्रबार ०७:४०
जुम्लाको सिंजा गाउँपालिकाले आयोजना गरेको पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा भैरव माध्यमिक विद्यालय नराकाेट प्रथम भएको छ।माध्यमिक विद्यालय जाेडूले दाेस्राे स्थान ओगटेको छ।सिंजा गाउपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना मावि स्तरको हाजिरीजवाफ प्रतियोगिता गरिएको शिक्षा शाखा प्रमुख शंकर धितालले बताए। विद्यार्थीकाे प्रतिभा पहिचान गर्ने उदेश्य छ।उनका तृतीय मालिका मावि धापा […]