नबिल बैंकको चन्दननाथ शाखा सञ्चालन

  ।   १८ जेष्ठ २०८०, बिहीबार १७:३९

 जुम्ला ।
नबिल बैंक लिमिटेडले जुम्ला चन्दननाथ नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । बिहिवार चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले शाखाको उद्घाटन गरेसंगै शाखा सञ्चालनमा आएको हो । यो शाखा संगै नबिल बैंकले देशभर एकैदिन ३८ शाखा सञ्चालनमा ल्याएको हो ।
कोशीमा १,मधेश प्रदेशमा ८,बागमतीमा १३, गण्डकीमा ३,लुम्बिनीमा १०,कर्णाली प्रदेशमा १ र सुदुरपश्चिम प्रदेशमा २ वटा गरेर ३८ वटा शाखा सञ्चालनमा ल्याएको हो । नगरप्रमुख राजुसिंह कठायतले बैंकको शाखा विस्तारले सेवाग्राहीलाई सहज वितिय पहुंचको विकास हुने बताए ।
उनले बैंकहरुलाई सामाजिक कार्यमा समेत अग्रसर हुन आग्रह गरेका थिए । नबिल बैंकले स्थपनाको ३८ वर्ष पार गरेको बैंकले एक साथ देश भर ३८ नयॉ शाखा सञ्चालनमा ल्याएको शाखा प्रबन्धक हेमन्त चपाइले जानकारी दिए ।
‘नबिल बैंक अब तपाईस‘ग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ नयॉ शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।
३८ नयॉ शाखा सञ्चालनमा आएसंगै बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको छ । विगत ३८ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयॉ शाखाहरूले ग्राहकहरूलाई पूर्ण रूपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने अपेक्षा राखिएको छ । नबिल बैक रारा कलस्टरका प्रमुख तपेन्द्र कुँवरले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ति देशका विभिन्न क्षेत्रहरूमा शाखाहरू निरन्तर विस्तार गरेको जानकारी दिए ।
उनले सेवाग्राही तथा ग्राहकहरूलाई पूर्ण वित्तीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको समेत जनाएका थिए । नबिल बैंक चन्दननाथ शाखा उद्घाटन कार्यक्रममा नीजि बैंकका शाखा प्रमुखहरु,सेवाग्राहीहरु,जनप्रतिनिधि, सुरक्षा निकायाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

Next Post

मुगु अस्पतालमा गर्भवतीको मृत्यु

१८ जेष्ठ २०८०, बिहीबार १७:३९
मुगु — जिल्ला अस्पताल ठिनीमा शुक्रबार एक गर्भवतीको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका–१३ बस्ने वर्ष ३० की राजु नेपालीको सुत्केरी हुन नसकेर अस्पतालमै  ज्यान गएको हो । घरमा सुत्केरी व्यथा सुरु भएपछि बिहीबार उनका परिवारले राजुलाई सुत्केरी गराउन जिल्ला अस्पताल पुर्‍याएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा उनको पेटमा रहेको बच्चा […]

सम्बन्धित