गाजरले मुल्य नपाउँदा किसान चिन्तित

  ।   २३ असार २०८०, शनिबार १२:०६

जुम्लाको पातारासी गाउँपालिका-६ घोडासिन गाउँकी सत्यदेवी बुढा जुम्लाको सदरमुकाममा खलंगामा गाजर डुलाउदै थिइन्। उनले पिठ्युँमा डोका सहित गाजर बजार भरि डुलाइन, तर कतै पनि राम्रो मुल्य पाइनन्।

घोडासिन गाउँदेखि करिब २ घण्टाको बाटोमा गाजर बोकेर बिहानै सधैंभरि बजार पुगेकी हुन्छिन्। तर बिक्री हुदैन। यस वर्ष झन्डै एक हजार बर्गमिटर क्षेत्रफलमा खेतमा गाजर खेती गरेकी उनले भनिन्,’जति गाजरमा जाँगर लगाए, त्यति नै भाउ भएको भए त फलिफाप नै हुने थियो।’

गाजर जमीनमुनि जरा रूपान्तरित भई केही मोटो हुने वनस्पति हो। विहे ब्रतबन्ध, भोजभतेर,बजारमा ठुलाठुला होटेल, रेष्टुरेन्टमा गाजरलाई सलादको रूपमा प्रयोग गरिन्छ। किसानहरुका अनुसार गाजरखेतीमा मेहनत बढी पर्छ, बुढाका अनुसार गाजरको भाउ नपाउँदा चिन्तित बनेका छन्। ‘गाजर खेती  किसानको लागि टाउको दुखाइ विषय बनेको छ।व्यवसायीले गाजर किनिदिएमात्र किसान खुसी हुने अवस्था छ’, खिन्न हुदै उनले भनिन्, ‘४० रुपैयाँ किलोमा पनि गाजर बेच्न मुस्किल छ, त्यति त लागत नै लाग्छ, मेहनत कहाँ गयो? अनि बजार आउदा जादा ढुवानी  खर्च?’

तरकारीभित्र पर्ने गाजर एउटा यस्तो चीज हो, जहाँ कुनै किसिमको विषादी हुँदैन। गाजर स्वास्थ्यको लागि निकै लाभदायिक मानिन्छ। तर गाजर बेचेर लगानी पनि उठ्न मुस्किल हुँदा किसान भने मर्कामा परेका छन्।

पातारासी -६ घोडासीन गाउँकै अर्की किसान सुस्मिता बुढाले पनि यस वर्ष ९ सय बर्गमिटर क्षेत्रफलमा गाजर लगाएकी थिइन्। खर्च पनि नउठ्ने मूल्यमा बिक्री गर्नुपर्दा उनका केही गाजर अझै पनि बारीमै छन्।

अब त जति भाउ दिन्छन्, उतिमा बेच्ने सुरसारमा उनी छिन्। उनले केही वर्ष अगाडि ८० रुपैया किलोमा गाजर बेचेको सुनाइन्। ‘उत्पादन गर्ने किसान आफ्नो उत्पादनको मूल्य पाउँदैनन्ु उनी भन्छिन्, किसानको उत्पादन स्थानीय सरकारले उचित मूल्यमा किन्दिनुपर्छ। स्थानीय सरकारले उचित मूल्यमा बिक्री गर्ने प्रवन्ध गर्न सके किसान कहिल्यै घाटामा जाँदैनन्, तर यहाँ त यो अवस्था छैन।’

उनका अनुसार एक किलो गाजर अहिले होलसेलमा ४० रुपैयाँ बिक्री गर्छन्।भने फाट्टफुट्ट ५० रुपैयाँ हाराहारीमा  दिनु परेको छ। गोडमेल र धोइधाइ गाजरलाई अनिवार्य छ। गाजर निकाल्न धेरै मेहनत आवश्यक पर्छ, उक्त गाउँमा सबैभन्दा बढी गाजरखेती गरिन्छ। घोडासीन गाउँ गाजरको हब नै मानिन्छ। घोडासिन गाउँमा १ सय ५० घरधुरी छन्। प्रत्येक घरमा गाजर खेती गरेको देखिन्छ्। जुम्लामा कति गाजर  उत्पादन हुन्छ भन्ने वास्तविक तथ्यांक कृषि कार्यालयमा पनि छैन, तर पछिल्लो समय गाजर खेती गर्ने किसान बढेका छन

Next Post

पदाधिकारीहरुको कार्यकक्षमा ताला लगाउँदै प्रध्यापकहरुको रिले अनशन सूरु

२३ असार २०८०, शनिबार १२:०६
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अध्यापक र प्रध्यापकहरुले प्रतिष्ठानका पदाधिकारीहरुको कार्यकक्षमा ताला लगाएका छन । उनीहरुले उपकुलपति,रजिष्ट्रार,रेक्टर,डीन र अस्पताल निर्देशकको कार्यकक्षमा ताला लगाएका हुन । करार अध्यापक र प्रध्यापकहरुलाई स्थायी गर्नुपर्ने माग राख्दै पदाधिकारीहरुको कार्यकक्षमा ताला लगाएर रिले अनशन सुरु गरेको अध्यापक तथा प्रध्यापक संघर्ष समितिका संयोजक रविन्द्र […]

सम्बन्धित