बगाएर बालुवा निकाल्न गएकी किशोरीको मृत्यु

  ।   ३२ श्रावण २०८०, बिहीबार १७:०६

जुम्लाको कनकासुन्दरी गाउँपालिका- ६ मा बालुवा निकाल्न गएकी एक किशोरीलाई नदीले बगाउँदा मृत्यु भएको छ।

मृत्यु हुनेमा कनकासुन्दरी-६ दाँतेओखर गाउँकी १७ वर्षकी मैना सार्की रहेको स्थानीय कर वर्डले बताए।

उनका अनुसार मृतक किशोरी हिमा नदीको लौडीसेन भन्ने ठाउँमा बालुवा निकालिरहेकी थिइन्। त्यहिबेला नदीका छालले उनलाई बगाएको थियो। नदीले लौडीसेबाट ३ सय मिटर तलसम्म बगाएपछि उनकको मृत्यु भएको वर्डले बताए।

मृतक किशोरी पाण्डवगुफा मावि कोटघरमा १० मा अध्ययनरत थिइन्। अहिले शव कोटघर स्वास्थ्य चौकीमा राखिएको छ।

Next Post

विद्यालयमा विपद् पढाउदै सशस्त्र प्रहरी

३२ श्रावण २०८०, बिहीबार १७:०६
”सशस्त्र देख्दा डर लाग्थ्यो, हाम्रो स्कुलमा आउनुभयो, पढाउनुभयो। आज त डर नै लागेन,’ जुम्लाको तातोपानी गाउँपालिका–५  स्थित दुर्गा माध्यामिक विद्यालयमा शसस्त्र प्रहरीसँग विपद् व्यवस्थापन तथा विपद् जोखिम न्यूनीकरण सम्बन्धिको ज्ञान लिएपछि १० कक्षाकी छात्रा  सुसिला बिष्टले भनिन, ‘धेरै चिसो भयो भने आगो ताप्नु पर्ने रहेछ, भूकम्प आयो भने भर्‍याङमुनि लुक्नुपर्ने […]