कर्णाली प्रतिष्ठानका शिक्षक कर्मचारीहरु आन्दोलित

  ।   १९ भाद्र २०८०, मंगलवार ०६:४२

जुम्ला,
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. मंगल रावल विरुद्ध शिक्षक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन । उपकुलपति डा. रावलले पटक पटक पदाधिकारी नियुक्त गरेर प्रतिष्ठानमा आर्थिक संकट सिर्जना गरेको उनीहरुको आरोप छ ।
गएको शनिबार राति डेन्टल सर्जन प्रेनित पोखरेललाई स्कुल अफ मेडिसिनको डिनका रुपमा उपकुलपति डा. रावलले नियुक्त गरेपछि शिक्षक कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन । २०७७ मंसिर ९ गते प्रतिष्ठानका पदाधिकारी र कर्मचारी कल्याणकारी समाज बिच प्रतिष्ठानमा एक जना मात्र डिनको प्राब्धान राख्ने र अन्य संकायहरुमा सहायक डिनहरु राख्ने व्यवस्था गर्ने निर्णय सहित सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो । उक्त सम्झौता पत्र विपरित डिन नियुक्ती गरेपछि प्रतिष्ठानका शिक्षक कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुृन ।
सम्झौता अनुसार पब्लिक हेल्थ डिन मुनिराज क्षेत्री हुंदा हुंदै अर्को डिन नियुक्त गर्नु जरुरी नभएको शिक्षक कर्मचारीहरुको ठहर छ । रजिष्टार नृपेन्द्र महत समक्ष शिक्षक कर्मचारीहरुले प्रेश विज्ञप्ति बुझाएर उपकुलपति रावलले प्रतिष्ठानको गरिमा माथि आँच आउने खालका गतिविधि गरेकोले बाध्य भएर आन्दोलनका कार्यक्रम अघि बढाउनुपर्ने अवस्था आइपरेको कर्मचारीहरुले बताएका छन ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान एक पिछडिएको क्षेत्रमा स्थापित स्वायत्त संस्था हो । पिछडिएको क्षेत्रमा स्थापना भई शैक्षिक, स्वास्थ्य उपचार तथा अनुसन्धानका क्षेत्रमा फड्को मारिरहेको छ,प्रेस विज्ञप्तिमा भनिएको छ,‘उपकुलपतिको मनोमानीका कारण हाल प्रतिष्ठान आर्थिक लगायतका क्षेत्रमा संकटग्रस्त अवस्थामा गुज्रिरहेको छ । यो समग्र कर्णालीको लागि नै दु:खद सन्देश हो । ’
प्रतिष्ठानको हितमा प्रतिष्ठान तथा तत्कालीन कर्मचारी कल्याणकारी समाज विच भएको सम्झौता अनुसार कार्यकारी परिषदले समेत अवउप्रान्त एक मात्र डीन रहने निर्णय गरेको थियो । विज्ञप्तिमा भनिएको छ,‘उपकूलपति ज्यूले विविध बहाना बनाई राजनितिक दाउपेचमा परि प्रा. डा. मुनिराज क्षेत्री एक जना डीन कार्यरत हुंदा हुंदै पुन: अर्को डीन नियुक्ति गर्नु उक्त निर्णयको उलंघन भएको छ । यो सहेर बस्न सकिने अवस्था छैन । ’
कर्मचारीहरुको लचकतालाई कमजोरी ठानी यस्ता गलत कार्यहरुलाई प्रशय दिने लगायतका कार्य भएको प्रति सम्पूर्ण कर्मचारीहरुले खेद प्रकट गरेका छन । प्रतिष्ठानले कर्मचारीहरुको नियमावलीले तोकेको तलव, भत्ता तथा सेवा सुविधामा समेत वजेट अभावको बहाना गरी तोकिएको तलब र भत्ता खुवाउन सकेको छैन । दरबन्दी तेरिज पास गर्न समेत आलटाल गरेको देखिन्छ । जसका कारण प्रतिष्ठानका सयौं स्थायी शिक्षक तथा कर्मचारी बढुवा हुन बाट वञ्चित भएका छन । शिक्षक तथा कर्मचारीहरुले लोक सेवाको प्रकृयाबाट स्थायी कर्मचारी छनौटमा रोक लगाएको,सम्मानित अदालतको आदेश समेत अपहेलना गरेका जस्ता कार्यहरुले प्रतिष्ठानलाई फाईदा नगर्ने निष्कर्षमा पुगेको जनाएका छन ।
प्रतिष्ठानबाट धेरै कामहरु गलत प्रक्रियाबाट भइरहेका छन । जसले प्रतिष्ठानको बृद्धि विकास तथा स्तरउन्नतीमा नकरात्मक असर परेको छ । प्रतिष्ठानको हितविपरित पदाधिकारी स्तरबाट भएका सबै कार्यमहरु अघि नबढाउन जोडदार माग गरिएको छ ।
उपकुलपति डा. रावलले नयाँ डीन नियुक्तिको गलत निर्णय यथाशिघ्र २४ घण्टा भित्र सच्याउन माग गरिएको छ । यदि उक्त निर्णय नसच्चिए प्रतिष्ठानका संघ, संगठन र सम्पूर्ण शिक्षक तथा कर्मचारीहरु थप सशक्त आन्दोलनमा जाने चेतावनी समेत दिइएको छ ।

Next Post

सरकार र शिक्षकबीच ७ बुँदे सहमति, आन्दोलनका कार्यक्रम सबै फिर्ता

१९ भाद्र २०८०, मंगलवार ०६:४२
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति भएको छ। वार्तापछि पत्रकारहरूसँग कुरा गर्दै सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आन्दोलनरत शिक्षकहरूसँग सरकारले सहमति गरेको बताएकी हुन्। सहमतिसँगै शिक्षकहरुले आन्दोलन पनि सबै फिर्ता भएको छ। शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासंघ र […]