१९ औँ एसियाली खेलकुद प्रतियोगिताको भव्य उद्घाटन

  ।   ६ आश्विन २०८०, शनिबार २१:२८

१९ औँ एसियाली खेलकुद प्रतियोगिताको भव्य उद्घाटन भएको छ।

चीनका राष्ट्रपति सी जीनपिङले हान्झाउमा प्रतियोगिताको उद्घाटन गरेका हुन्। समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी छन्।

केही खेलहरु यसअघि नै सुरु भइसकेका भए पनि औपचारिक उद्घाटन आज भएको हो। एसिया मात्रै नभएर विश्वले नै उद्घाटन यो समारोहलाई चासो दिएर हेरेको छ। प्रतियोगितामा ४० खेलका ६१ वटा विधामा चार सय ८१ प्रतिस्पर्धा हुनेछन्।

प्रतियोगिताको मूल नारा ‘हर्ट टु हर्ट एट फ्युचर’ अर्थात भविष्यमा हृदयदेखि हृदयसम्म रहेको छ।

अन्य तस्बिरहरु: एजेन्सी 

Next Post

चलचित्र प्रकाशको टीम अदालतमा

६ आश्विन २०८०, शनिबार २१:२८
फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र यो फिल्म छायांकन भएको ठाउँ जुम्लाका स्थानीय तथा अधिवक्ता मीनराज आचार्यले चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर उच्च अदालत, पाटनमा मुद्दा दर्ता गराएका छन् । गत भदौ १२ गते राष्ट्रपति कार्यलयमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह’मा ‘उत्कृष्ट फिल्म’को विधा नै […]

सम्बन्धित