जापानसँग नेपाल ८–० ले पराजित

  ।   ८ आश्विन २०८०, सोमबार २१:१४

१९ औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलमा नेपाल जापानसित पराजित भएको छ। आज साँझ भएको खेलमा नेपाल जापानसित ८–० गोलअन्तरले पराजित भएको हो।

जापानसित पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ। महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक खेलेको हो। समूह डी मा रहेको नेपालको यो लगातार दोस्रो पराजय हो। जापानले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो।

खेलको १३औँ मिनेटमा जापानले दोस्रो गोल गरेको थियो। यस्तै खेलको २७औँ मिनेटमा जापानका लागि मेमी युनोले तेस्रो गोल गरिन्। यस्तै खेलको ३०औँ मिनेटमा जापानकी रेइना वाकिसाकाले चौथो गोल गरिन्। खेलको ३६ औँ मिनेटमा जापानकी हाकुरा ओसावाले गोल गर्दै जापानलाई ५–० गोलको फराकिलो अग्रता दिलाइन्।

जापानले दोस्रो हाफमा नेपालविरुद्ध थप तीन गोल गरेको थियो। खेलको ५८ औँ मिनेटमा जापानका लागि कोटोनो साकाकीबराले छैटौँँ गोल गरिन्। यस्तै खेलको ७४ औँ मिनेटमा ओसावाले व्यक्तिगत दोस्रो गोल गर्दै जापानलाई  ७–० गोलको अवस्थामा पुर्याइन। यसैगरी खेलको इन्जुरी समयमा जापानका लागि हाजिकाताले गोल गर्दै आफ्नो टोलीलाई ८–० गोलअन्तरको जित दिलाइन्। जापानले पहिलो खेलमा बंगलादेशलाई पनि ८–० गोलअन्तरले पराजित गरेको थियो।

यसअघि समूह चरणको पहिलो खेलमा शुक्रबार नेपाल भियतनामसित पराजित भएको थियो। नेपाल भियतनामसित २–० गोल अन्तरले पराजित भएको थियो। नेपालले पहिलो हाफमा भियतनामलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने दुई गोल खान पुगेको थियो। समूह डी मा रहेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ। लगातार दोस्रो जितपछि जापान ६ अंक जोडेर समूह डी को शीर्ष स्थानमा छ। यस्तै भियतनाम दोस्रो स्थानमा तथा बंगलादेश अंक तालिकाको पुछारमा रहेको छ।

नेपालले समूह चरणको अन्तिम खेल यही असोज ११ गते बंगलादेशसित खेल्ने छ।

Next Post

इलाका प्रशासन कार्यालय सिंजा कर्मचारीविहिन,कर्मचारी पठाउन माग

८ आश्विन २०८०, सोमबार २१:१४
जुम्लाको सिंजा गाउँपालिका स्थित इलाका प्रशासन कार्यालय कर्मचारीविहिन छ । कर्मचारी नहुंदा नियमित काम हुन सकेको छैन । तीन सातादेखि नागरिकता वितरण रोकिएको छ । कर्मचारी पठाइदिन पटक पटक गृहमा पत्र पठाएपनि कर्मचारी पठाउन नसकेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । कर्मचारी नहुंदा नागरिकले पाएको सास्ती प्रति सम्वेदनशील भएपनि […]