इलाका प्रशासन कार्यालय सिंजा कर्मचारीविहिन,कर्मचारी पठाउन माग

  ।   ८ आश्विन २०८०, सोमबार २१:४९

जुम्लाको सिंजा गाउँपालिका स्थित इलाका प्रशासन कार्यालय कर्मचारीविहिन छ । कर्मचारी नहुंदा नियमित काम हुन सकेको छैन । तीन सातादेखि नागरिकता वितरण रोकिएको छ । कर्मचारी पठाइदिन पटक पटक गृहमा पत्र पठाएपनि कर्मचारी पठाउन नसकेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
कर्मचारी नहुंदा नागरिकले पाएको सास्ती प्रति सम्वेदनशील भएपनि गृहले तत्काल कर्माचारी पठाउन नसक्ने जनकारी दिएको उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले भने,‘गृहले अधिकृत स्तरको कर्मचारी खटाउन नसक्ने बताएको छ । तत्काल कर्मचारी खटाउन मुस्किल छ । तर कर्मचारी खटाउन पहल भइरहेको छ । ’
अहिले नागरिक बनाउन सिंजा देखि स्थानीय जिल्ला प्रशासन कार्यालय जुम्लामा पुग्ने गरेका छन । इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुंदा नागरिकता लगायतका दैनिक कामहरु प्रभावित हुन थालेपछि मानवअधिकार रक्षक सञ्जाल जुम्लाले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।
सिंजामा रहेको इलााका प्रशासन कार्यालय जुम्लाले हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकालाई केन्द्र बनाएर काम गर्छ ।
२०७३ मंसिर महिनाबाट अधिकृत स्तरको कर्मचारी बस्ने गरि इलाका प्रशासन कार्यालय स्थापना भएको हो । दरबन्दी अनुसारको कर्मचारी नहुंदा नागरिकले सेवा पाउन नसकेको भन्दै ध्यानाकर्षण पत्र बुझाइएको इन्सेक जुम्लाका प्रतिनिधि मानदत्त रावलले बताए ।
‘नायब सुब्बा सुरत गिरीलाई जिम्मेवारी दिई नागरिकता वितरण गरिदै आएको थियो । ‘विगत तीन सातादेखि नायब सुब्बा गिरीको काज सकिएसंगै अनेत्र सरुवा भएकाले इलाका प्रशासनबाट नागरिकता वितरण हुन सकेको छैन । तत्काल कर्मचारी खटाउन माग गरिएको छ ।
सरकारले कर्मचारी नपठाउंदा नागरिकता सदरमुकाममा ल्याएर हस्ताक्षर गर्नुपर्ने अवस्था तत्काल अन्त्य हुनुपर्ने नागरिक समाज जुम्लाका अध्यक्ष राज बहादुर महतले जोड दिए । चार दिन सम्म नागरिकताका कागजातहरु संकलन गरेर सदरमुकाममा रहेका प्रशासन कार्यालयमा पुगेर नागरिकता लिने गरेको स्थानीयले बताएका छन ।

Next Post

दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट

८ आश्विन २०८०, सोमबार २१:४९
काठमाडौँ — यस वर्षको दसैं र तिहारमा पनि नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । दसैं, तिहार र छठलाई लक्ष्य गरी घटस्थापनादेखि नयाँ नोट सटही सुविधा सुरु गर्ने गरी आन्तरिक गृहकार्य भइरहेको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख […]