दिगो विकासका लागि शिक्षामा लगानी आवश्यक: मन्त्री पोखरेल

  ।   १३ आश्विन २०८०, शनिबार १९:३५

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्गराज पोखरेलले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताएका छन्। उनले सामुदायिक विद्यालयको स्तर वृद्धि सँगै गुणात्मक शिक्षा दिनुपर्नेमा जोड दिए।

जुम्लामा विद्यालयहरुको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धी कार्यक्रममा सहभागी भएका मन्त्री पोखरेलले बालबालिकाको शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षकहरूलाई आग्रह गरे।

‘शैक्षिक लगानीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अवसर प्रदान गर्छ। राज्यले शिक्षामा गरेको लगानीको प्रतिफल जनतालाई दिनुपर्छ। शिक्षालाई व्यवहारिक, जीवन उपयोगी र गुणस्तरीय बनाउन सामुदायिक विद्यालय र अभिभावकको भूमिका महत्त्वपूर्ण हुन्छ।’ उनले भने।

सामाजिक विभेद, वर्गीय अन्तर्विरोध हटाउने देखि समाजलाई समतामूलक र न्यायमूलक समाजमा रूपान्तरण गर्न शिक्षाबाट मात्रै सम्भव रहेको उनको भनाइ थियो। देशभित्र शैक्षिक हब बनाउने विषय आजको चुनौती भएको उनले प्रष्ट पारे।

समाजको रूपान्तरणमा स्थानीय तह, अभिभावक,शिक्षक र विद्यार्थीको भूमिका महत्त्वपूर्ण हुने सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागाई बताउँछन्। समाज रूपान्तरण एक्लो प्रयासले मात्र नहुने भएकोले सामूहिक प्रयास आवश्यक रहेको उनले बताए।

Next Post

विद्यालय स्तरउन्नतीको लागि ज्ञान विज्ञान महोत्सव

१३ आश्विन २०८०, शनिबार १९:३५
जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका ८ स्थित कनकासुन्दरी माबि पाण्डवगुफाले विद्यालयको स्तरउन्नतीको लागि महोत्सव चलाउने भएको छ । कक्षा १० सम्म पठनपाठन चलिरहेको सो विद्यालयमा स्तरउन्नतीको लागि सिंजा पाण्डवगुफा धार्मिक एवम ज्ञानविज्ञान महा महोत्सव गर्न लागिएको हो । महा महोत्सव मुल समारोह समितिले पत्रकार सम्मेलन गर्दै शिक्षामा लगानी गर्न महोत्सव […]