कर्णालीमा लागूऔषध दुर्व्यसनीविरुद्ध ‘लालटिन अभियान’

  ।   २६ आश्विन २०८०, शुक्रबार १९:००

वीरेन्द्रनगर — कर्णालीमा प्रदेशमा लागूऔषधविरुद्ध लालटिन ‘अभियान’ सुरु भएको छ । प्रदेश प्रहरी कार्यालयले ‘सुरक्षित कर्णाली विशेष अभियान २०८०’ नाराका साथ अभियान सञ्चालन गरेको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बिहीबार लालटिन बालेर शुभारम्भ गरेका हुन् । प्रदेश प्रहरी प्रमुख भीमप्रसाद ढकालले सेवाग्राहीमैत्री सेवा यात्रु सहायता, आत्महत्यालाई निरुत्साहन, लागूऔषध नियन्त्रण, दुर्घटनालाई न्यूनीकरण, विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन लगायतका १४ वटा कार्यक्षेत्रमा नागरिक केन्द्रीय कार्ययोजना बनाएर प्रहरीले काम गरिरहेको बताए ।

प्रमुख ढकाल अभियानले जीवनको बाटो बिराएर लागूऔषध दुर्व्यसनीमा फसेका व्यक्तिहरूलाई सही मार्गमा डोर्‍याउन सहयोग पुग्ने बताए । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण जिसीले अपराध नियन्त्रणमा सुरक्षा निकायलाई नागरिकको साथ जरुरी रहेको बताए । अभियानलाई सफल बनाउन प्रदेश सरकारले पूर्ण सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले शान्ति सुरक्षा, अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा नागरिकको सहभागिता महत्त्वपूर्ण रहने बताए । ‘नागरिकहरू इमान्दार भए मात्र समाजमा शान्ति सुव्यवस्था कायम गर्न मद्दत पुग्छ,’ उनले भने, ‘नागरिकमैत्री यस्ता अभियानहरू प्रहरीले निरन्तर चलाउँदै जनताको मन जित्दै जानुपर्छ ।’

Next Post

हलमा लागे परदेशी २, कौसीद र बसेन्जी

२६ आश्विन २०८०, शुक्रबार १९:००
काठमाडौं । शुक्रबार तीन नयाँ नेपाली फिल्म रिलिज भएका छन् । भिन्न जनराका यी फिल्मलाई दर्शकले रुचिअनुसार हेर्न सक्नेछन् । जसमा सामाजिक कथावस्तुमा बनेका ‘परदेशी २’ र ‘कौसीद’ तथा हरर-थ्रिलर ‘बसेन्जी’ छन् । ‘परदेशी २’ आठ वर्षअघि रिलिज भएको ‘परदेशी’को दोस्रो श्रृंखला हो । गायक तथा संगीतकार समेत रहेका नारायण […]