‘सिने क्षेत्रमा अर्का हिरो थपिए’

  ।   २७ आश्विन २०८०, शनिबार ०६:४२

नेपाली चलचित्र परदेशी २ आजबाट प्रदर्शनमा आएको छ।

शुक्रबारबाट देशभरका हलहरुमा चलचित्र प्रदर्शनमा आएको हो। चलचित्र हेरिसकेपछि रंगपत्रकारसँग कुरा गर्दै अभिनेता दीपकराज गिरीले प्रकाश सपुतको अभिनय एकदमै उत्कृष्ट रहेको र पहिलो फिल्म जस्तो नलाग्ने बताए।

उनले प्रकाश सपुतले अभिनयमा पनि आफूलाई प्रमाणित गर्नसक्ने देखिएको जिकिर गरे। उनले अभिनेताको रुपमा प्रकाश सपुत उदाएको बताउँदै अर्को दशैँमा आफूहरुले फिल्म ल्याउने घोषणा गरे।

त्यस्तै वरिष्ठ कलाकार मनोज गजुरेलले फिल्मको दोस्रो भाग उत्कृष्ट रहेको बताए। उनले गाउँ घर र देशमा युवाहरु नहुनु र गाउँ रित्तो हुने जस्ता समस्या फिल्ममा देखाइएको बताए।

त्यस्तै अभिनेत्री वर्षा शिवाकोटीले फिल्म राम्रो भएको प्रतिक्रिया पाएको बताइन्। अभिनेता प्रकाश सपुतले राम्रो प्रतिक्रिया पाएको र दर्शकहरुले धेरै रुचाएको प्रतिक्रिया दिए। त्यस्तै अभिनेत्री केकी अधिकारीले दर्शकहरुले फिल्मले मन छोएको जस्तो प्रतिक्रिया दिइरहेको बताइन्।

गायक प्रकाश सपुतको डेब्यु चलचित्र ‘परदेशी २’ आठ वर्षअघि रिलिज भएको चलचित्र ‘परदेशी’ को सिक्वेल हो। चलचित्रमा सपुतसँगै नायिकाहरु केकी अधिकारी, वर्षा शिवाकोटी, रमा थपलिया र नायकहरु दिलिप रायमाझी र नीर शाहको अभिनय छ।

चलचित्रलाई गायक तथा संगीतकार नारायण रायमाझीले निर्देशन गरेका हुन्। विदेशिएका नेपाली युवाले भोग्नुपरेको कथा समेटिएको चलचित्रलाई नारायण रायमाझी र राजेश वंशलले मिलेर निर्माण गरेका हुन्।

Next Post

किसानको गुनासो: किसान हुँ भन्दा लाज लाग्ने अवस्था छ

२७ आश्विन २०८०, शनिबार ०६:४२
कृषिप्रधान देश नेपालको करिब ७० प्रतिशत जनसंख्या कृषिमा निर्भर छ। तर, कृषिमा लागेका किसान भने आफूलाई किसानको पहिचान दिन हिचकिचाउँछन्। उनीहरु आफूलाई किसान भनेर चिनाउन चाहँदैनन् अर्थात् शिर ठाडो पारेर किसान हुँ भन्न सक्दैनन्। कारण–कृषकप्रति आम मान्छेको धारणा सकारात्मक नहुनु, किसानलाई उचित सम्मान नगर्नु, कृषिबाट भएको आम्दानीले सहजै जीवनयापन नचल्नु […]