मनाङ एयरको हेलिकप्टर दुर्घटना

  ।   २७ आश्विन २०८०, शनिबार ११:२८

रुम्झाटारबाट लोबुचे उडेको मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको  छ।सोलुखुम्बुको नाम्चेभन्दा माथि लोबुचेमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।

आज बिहान ७:१३ मिनेट हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले बताएका छन्।

पाइटल पिके सेढाइ मात्र रहेको उक्त हेलिकप्टर ‘अवतरणका क्रममा दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिएका छन।

पाइटल पिके सेढाइ  सुरक्षित रहेको बताइएको छ।उनलाई फिस्टेलको हेलिकप्टरले लुक्ला हुँदै काठमाडौको ह्याम्स हस्पिटल ल्याइँदैछ।

Next Post

दसैंको मुखमा हाकिम हिडेंपछि गुठिचौर गाउँपालिका लथालिङ्ग

२७ आश्विन २०८०, शनिबार ११:२८
जुम्ला । प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराई दसैंको मुखमा घर हिडेंपछि जुम्लाको गुठिचौर गाउ‘पालिका अस्तव्यस्त बनेको छ । भुक्तानी लिनुपर्ने उपभोक्ताहरु,सेवाग्राहीहरुले पालिकामा ताला लगाउने प्रयास गरेका थिए । दसैंको मुखमा कामको चापकै बीच प्रशासकीय अधिकृत घर हिडेपछि सेवाग्राहीहरु आक्रोशित बनेका हुन । पालिका अध्यक्षको बिदा स्वीकृतिबिना प्रमुख प्रशासकीय अधिकृत मनपरी […]