दसैंको मुखमा हाकिम हिडेंपछि गुठिचौर गाउँपालिका लथालिङ्ग

  ।   २७ आश्विन २०८०, शनिबार १२:०५

जुम्ला ।
प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराई दसैंको मुखमा घर हिडेंपछि जुम्लाको गुठिचौर गाउ‘पालिका अस्तव्यस्त बनेको छ । भुक्तानी लिनुपर्ने उपभोक्ताहरु,सेवाग्राहीहरुले पालिकामा ताला लगाउने प्रयास गरेका थिए । दसैंको मुखमा कामको चापकै बीच प्रशासकीय अधिकृत घर हिडेपछि सेवाग्राहीहरु आक्रोशित बनेका हुन ।
पालिका अध्यक्षको बिदा स्वीकृतिबिना प्रमुख प्रशासकीय अधिकृत मनपरी हिसाबले घर हिडेको पालिकाले जनाएको छ । पालिका अध्यक्ष दानबहादुर बुढाले प्रमुख प्रशासकीय अधिकृतले गुठिचौरलाई धोका दिएको बताए ।
‘केही साताअघि प्रशासकीय अधिकृतले बिदा स्वीकृत गराइदिन भनेका थिए । कार्यालय सहयोगीलाई भनेर भ्रमण आदेश स्वीकृत गरिदिन भनेका थिए,’ अध्यक्ष बुढाले भने, ‘तर, मैले दसैं नजिकिंदै छ । धेरै भुक्तानी दिन बॉकी छ । काम सकाए पछि जानू होला भनेर भनेको थिए । म सडक सुधार गर्न गाउ‘तिर हिंडे । पालिकामा त हाकिम साप कामै नगरेर जान लाग्नु भएछ । ’
अध्यक्ष पालिकमा आउंदा सेवाग्राहीले पालिका घेरेका थिए । तालाबन्दीसमेत गर्न खाजे । सोधपुछ गर्दा हाकिम भागे, हाम्रो भुक्तानी चाहियो, हाकिम जहाज चड्न लागिसके । के हेरेको ? भनेपछि केही वडाध्यक्षहरु एयरपोर्ट गएपनि हाकिम फर्काउन सकिएन,उनले दुखेसो पोखे ।
हाकिम फर्काउन आफु समेत विमानस्थल पु्गेर आग्रह गर्दा समेत नमानेको अध्यक्ष बुढाले बताए । विमानस्थल पुगेर हाकिमसाप गुठिचौरका जनतालाई धोका दिन लाज लाग्दैन भनेर एउटा शब्द मात्रै बोलेर फर्किएको उनले सुनाए ।
‘वडाध्यक्षहरु र हाकिमबीच तपाईं काममा फर्किनुहोस् भनेर झोला तानातान भएको रहेछ,’ अध्यक्ष बुढाले थपे, ‘जहाज चढ्न बोर्डिङ पास लिएर लाइनमा बसेका हाकिम फर्किने कुरै भएन ्। दर्जनौं योजना र कार्यक्रमको भुक्तानी दिन बॉकी छंदै उनी भागेर घर गए । हरेक वातावरण सहज गर्दा गर्दै किन हाकिमले यस्तो व्यवहार गरे त्यो थाहा छैन ्। केही गरौं भन्दा पनि सधैं झमेला मात्रै आइलाग्छ ।’
प्रशासकीय अधिकृत भागेर गएपछि गुठिचौरका दर्जनौं योजना तथा कार्यक्रमको भुक्तानी रोकिएको छ । अध्यक्ष बुढाकाअनुसार एक जलविद्युत आयोजनाको ८६ लाख, भवन निर्माणको १५ लाख, दिपेन्द्र लामाको २८ देखि ३० लाख, शंकर बहुउदेश्यीय माध्यमिक विधालयको २३–२४ लाख र मदिरा विश्रामस्थलको ९ लाख गरी झण्डै डेढ करोड बढी रकम भुक्तानी रोकिएको छ ।
दसैं नजिकएकाले निर्माण व्यवसयी, होटल व्यवसायी, उपभोक्ता भुक्तानी दिन ताकेता दिएपनि हाकिम भागेपछि गुठिचौरका नियमित कार्यसम्पादन अस्तव्यस्त भएका छन् । यता गुठिचौर गाउ‘पालिका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले काज बिदाबाहेक अन्य बिदाका लागि अध्यक्षको स्वीकृति लिनु नपर्ने बताए ।
‘म आफैै कार्यालय प्रमुख हो । दसैं अघिको ६ दिन बिदामा आएको छु । मलाई भाग्यो भनेर अतिरञ्जित गरियो,‘उनले भने,‘ बिदामा जान लागेको कुरा अध्यक्ष, उपाध्यक्ष र कर्मचारीलाई १० दिन अघिदेखि नै थाहा भएको थियो । ‘घरमा ६ महिनाको गर्भवती श्रीमती छन । उनको स्वास्थ्यमा समस्या आएपछि तत्काल जानूपर्ने भएर सबैलाई जानकारी गराएर आएको उनको दाबी छ ।
कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक तलब, दसैं पेश्की तथा जनप्रतिनिधिको सेवा सुविधा सबै भुक्तानी गरेर आएको उनको भनाइ छ ।
टेबुलमा आएका कुनै पनि फाइलको भुक्तानी नरोकिएको प्रशासकीय अधिकृत भट्टराईको भनाइ छ । नयॉ जनप्रतिनिधि आएको झण्डै डेढ बर्षमा पॉच प्रमुख प्रशासकीय अधिकृत फेरिसकेका छन ।
प्रशासकीय अधिकृत भट्टराई भदौ १७ गते गाउ‘पालिकामा हाजिर भएका थिए । उनी असोज २६ गते अर्थात् एक महिना ९ दिनपछि घर जाने भन्दै गएका हुन । पालिकाले शुक्रबार नै हाकिम भागेर गएको जानकारी र तत्काल निकास दिन भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएका छन् । पत्रमा अध्यक्ष दानबहादुर बुढाले प्रमुख प्रशासकीय अधिकृत भट्टराई काम गर्न भन्दा पनि आन्तरिक पर्यटकको रुपमा घुम्न आएको उल्लेख गरेका छन ।

Next Post

मुटु रोगीको साहरा बन्दै हिमा गाउँपालिका

२७ आश्विन २०८०, शनिबार १२:०५
जुम्ला । जुम्लाको हिमा गाँ‘पालिकाले सर्वसाधारण नागरिकको मुटु रोगको समस्यालाई मध्यनजर गर्दै मुटु बचाउ अभियान सुरु गरेको छ । पछिल्लो समयमा मुटुको रोगका कारण अल्पयायुमै ज्यान गुमाउनुपर्ने जोखिम बढेपछि पालिकाले मुटु बचाउ सेभ द हर्ट’ अभियान सुरु गरेको हो । पहिलो चरणमा मुटु जोगाउ काठमाडौंको सहयोगमा पालिका भित्रका मुटुरोगीहरुको स्वास्थ्य […]