मुटु रोगीको साहरा बन्दै हिमा गाउँपालिका

  ।   २७ आश्विन २०८०, शनिबार १२:१०

जुम्ला ।
जुम्लाको हिमा गाँ‘पालिकाले सर्वसाधारण नागरिकको मुटु रोगको समस्यालाई मध्यनजर गर्दै मुटु बचाउ अभियान सुरु गरेको छ । पछिल्लो समयमा मुटुको रोगका कारण अल्पयायुमै ज्यान गुमाउनुपर्ने जोखिम बढेपछि पालिकाले मुटु बचाउ सेभ द हर्ट’ अभियान सुरु गरेको हो ।
पहिलो चरणमा मुटु जोगाउ काठमाडौंको सहयोगमा पालिका भित्रका मुटुरोगीहरुको स्वास्थ्य परिक्षण सकिएको छ । कुल २ हजार ३ सय ७३ जना मुटुरोगीहरुको मुटुको परीक्षण गरिएको थियो । जसमा १३ जनाको मुटुको अप्रेशन गर्नुपर्ने देखिएको हो । उनीहरुलाई मनमोहन कार्डियो थेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौंमा लैजाने तयारी भइरहेको पालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए । उनीहरुको त्यहॉ निशुल्क अप्रेशन हुने उनको भनाइ छ ।
तीन दिन सम्म हिमामा रहेका मुटुरोगीहरुको मुटु परीक्षण गरिएको हो । विकास संगै बढ्दो विलासी जीवनले गाउ‘देखि सहर सम्मका नागरिकमा मुटु रोग बढ्दो छ । अध्यक्ष शाहीले भने,‘ बच्चादेखि बृद्धासम्म मुटुका रोगी छन् । मुटुकै समस्याका कारण कलिलै उमेरमा मृत्युवरण समेत गरेका धेरै घटना देखिरहेका छौं । अब हामी चाहन्छौं । मुटुको रोगका कारण कोही पनि मर्न नपरोस । ’
स्वास्थ्य भन्दा काममा बढी ध्यान दिने,उपचार पद्दती महंगो हुदा प्राय: नागरिक अस्पतालको पहुंच सम्म पुग्न सकिरहेका छैनन । जसले मुटु मृगौला रोगबाट नागरिक ग्रसितहुने अवस्था आइरहेको छ ।
सबै मुटु रोगीहरु अस्पताल पुगेर उपचार गराउने गरेका छैनन् । उपचार गर्ने रकम समेत छैन । केही रोग पालेर बस्न बाध्य छन् । कोहि उपचारकै पर्खाईमै छन् । उनले भने,‘नागरिकको स्वास्थ्यसमस्या र आर्थिक अवस्थाको विश्लेषण गरेर रोग अनुसारको स्वास्थ्य परीक्षण चलाइरहेको अवस्था छ । ’
पालिकाको प्राथमिकता नागरिकको स्वास्थ्य हो । नागरीक सुरक्षित भएको खण्डमा पालिका सुरक्षित हुन सक्छ । हिमाले अहिले सम्म विभिन्न रोगका ७ वटा शिविर चलाइसकेको छ । पालिकाभरका सबै नागरिकको निशुल्क बिमा गर्ने पनि नीति छ । गाउ‘मै निशुल्क मुटुरोगको उपचार पाएपछि हिमाका विपन्न नागरिक खुसी भएका छन् । महंगो खर्च गरेर उपचार गराउन जाने स्थिती नरहेका स्थानीय बालबालिका देखि बृद्धाले गाउँमै उपचार पाउँदा मख्ख भएका हुन् ।
पटक पटक नागरिकको मुटुको परीक्षण गर्ने पालिकाले योजना बनाएको छ ।२०७९ को स्थानीयतहको निर्वाचन पछि हिमामा नाक कान,हड्डी,पाठेघर,ऑखा,मोतियाविन्दु शल्यक्रिया हुंदै मुटु रोग परिक्षण अभियान समेत सुरु भएका छन । एकसाता अघि मात्रै निशुल्क मोतिविन्दु शल्याक्रिया शिविर राखेर ४१ जनाको ऑखाको उपचार गरिएको थियो । मुटु परीक्षणमा पालिका आएका चिकित्सकको टोलालाई पालिकाले सम्मान सहित प्रमाणपत्र दिइएको छ ।
मुटु परीक्षणको लागि डा. अनिल भट्टराइ नेतृत्वमा १७ जना चिकित्सक तथा स्वास्थ्यकमी र कर्मचारीहरुको टोली जुम्ला पुगेको थियो ।

Next Post

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते पाइलट खतरामुक्त

२७ आश्विन २०८०, शनिबार १२:१०
काठमाडौँ — मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी घाइते भएका पाइलट प्रकाशकुमार सेढाईंलाई उपचारको लागि काठमाडौं ल्याइएको छ । उनी खतरामुक्त छन् । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा शनिबार बिहान दुर्घटना भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका […]