चन्दननाथ मन्दिरको लिंगो फेरेर जुम्लामा घटास्थापना

  ।   २८ आश्विन २०८०, आईतवार ११:०३

जुम्ला ।
कर्णालीको प्रमुख धार्मिक पर्यटकीय स्थल चदननाथ भैरवनाथ मन्दिरको लिंगो फेरेर जुम्लामा घटस्थापना गरिएको छ । खलंगाको बिचमा रहेको चन्दननाथ मन्दिरमा ५२ हाते लिंगो खडा गरिएको हो । यहॉ चन्दननाथ भैरवनाथ मन्दिरको लिंगो खडा गरेर मात्र घटास्थापना गर्ने चलन छ ।
एक बर्षमा ५२ हप्ता हुने भएकोले ५२ हाते लिंगो खडा गर्नुपर्ने प्रचलन छ । लिंगोलाई रातो, सेतो, रङ्गी विरङ्गी कपडाले ढाकिन्छ । लिंगोको टुप्पोमा पताका लगाएर मन्दिरमा ठड्याइन्छ । ठड्याउने क्रममा लिंगो भाँ“चियो वा खण्डित भयो भने पुरै देशमा अनिष्ट हुन्छ भन्ने जनविश्वास छ ।
देवताको जयघोष र पूजा आरती, भजन किर्तनका साथ लिंगो फेर्ने चलन रहेको चन्दननाथ भैरवनाथ मन्दिरका गुठि समितिका अध्यक्ष अमर थापाले जानकारी दिए । चन्दननाथ मन्दिर संगै जोडिएको बटुक भैरबनाथ मन्दिरमा पनि ४८ हातको लिंगो र ४८ हातकै ध्वजा र नेजा राखिएको छ ।
तर पछिल्लो समयमा लिंगो फेर्ने कायमा जुम्लाबासी उदासिन देखिएका छन । लिंगो जंगलमा काट्ने देखि सदरमुकाम खलंगा सम्म ल्याउने र लिंगो खडा गर्ने कार्यमा युवाहरु सुरक्षाकर्मीले गर्दै आइराखेका छन । मन्दिरमा विजय स्तम्भसहित दुई वटा लिङ्गा ठड्याइने परम्परा अनुसार घटस्थापनाकै दिन लिंगो खडा गरिदै आएको उनले बताए । नेपाली सेना, नेपाल प्रहरी, निजामति कर्मचारीहरु र सर्वसाधारणको सहभागितामा लिंगा ठड्याइन्छ । लिङ्गा ठड्याइसकेपछि मात्र जुम्लाबजार र आसपासका गाउ“हरुमा घटस्थापना गर्ने चलन छ ।
जुम्लाबासीले लिंगो खडा गर्ने दिनमा नय“ँ अन्न अर्थात् न्वागी खाने गर्छन् । मार्सीधान पनि त्यो दिनदेखि काट्न सुरु गरिन्छ । बि. स. ६७० सालमा चन्दननाथ बाबालाई मुर्ति चढाएको दिनलाई विशेष महत्वका साथ हेरीन्छ । चन्दननाथ भैरवनाथ मन्दिरको पुरानो लिंगो निकाल्दा मानिसहरुले लिंगोमा बा“धिएका ध्वजा र नेजा लैजान्छन । पुराना ध्वजा र नेजा लिए शक्ति प्राप्त हुने र अनिष्ट नहुने जनविश्वास छ । लिंगो गाड्दा खनिएको माटो समेत बोकेर घरमा लिने गरिन्छ ।
बिक्रम संवत ६७० सालमा चढाएको लक्ष्मी नारायणको मुर्तिमा लेखिएको मिति हेर्दा २०७९ सालको लिंगो फेर्ने कार्य ३ हजार पटक भएको देखिन्छ् । एउटा पल्टने लिंगो, (जो नेपाली सेना, नेपाल प्रहरी र निजामती कर्मचारीहरुले ल्याउने) अर्को थपाले लिंगो (जो गाउ“लेहरुले मात्र ल्याउने) र तेस्रो कमसले लिंगो जो सबै दलितहरु मिलेर ल्याइने गरिन्छ ।
जुम्लावाट अन्न र पैसा, कालिकोटबाट बाबियो, घ्यु, मह, हुम्लाबाट ठेटुवा, चौरी फुर्को र थाप्का,मुगुवाट मास, मुगी दाल, राडिपाखी, ठेटुवा र चौरी फुर्को ल्याउने परम्परा छ । जुम्ला राज्यको स्थापना संगै १४४८ मा राजा वलिराजले चन्दननाथ मन्दिरको निर्माण गरेका थिए । पटक पटक यो मन्दिरले विभिन्न समस्या झेल्दै आएको थियो । १८४६ मा जुम्ला राज्य कव्जामा परेपछि मन्दिरको भौतिक संरचना ध्वस्त भयो । त्यसपछि सिद्ध चन्दननाथ बाबाले मन्दिर निर्माण गरि चरणपादुका वनाएर दत्तात्रयको मुर्ति राखेका थिए ।

Next Post

स्थानीय तहका कर्मचारीद्वारा आन्दोलन स्थगित, सरकारसँग भयो १९ बुँदे सहमति

२८ आश्विन २०८०, आईतवार ११:०३
आन्दोलनरत स्थानीय तहका कर्मचारीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। सङ्घीय निजामति सेवा ऐनको विरोध गर्दै आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको हो। २० बुँदे माग राखेर आन्दोलन गरेको स्थानीय तह कर्मचारी केन्द्रीय सङ्घर्ष समिति र सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका […]