चिसो बढेपछि मुगु अस्पतालमा बिरामीको चाप

  ।   २१ पुष २०८०, शनिबार ०९:४९

मुगु — अत्यधिक सुक्खा जाडो बढेपछि ठिनीस्थित जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । ज्वरो, रुघाखोकी, दम, घाँटी दुख्ने, टाइफाइड लगायत रोगका लक्षण भएका बिरामीको चाप बढेको जिल्ला अस्पतालका डा.अर्जुन भामले जानकारी दिए ।

चिसोले गर्दा भाइरल ज्वरो फैलिएको र ज्वरोबाट बालबालिका र बुढापाका बढी प्रभावित देखिएको उनले बताए । अस्पतालमा आएका बिरामीको उपचारको लागि औषधिसहित चिकित्सकहरु खटिएका छन् ।

जिल्ला अस्पतालमा औषधिको समस्या हुन नदिन प्रदेशबाट माग गरिएको छ । अस्पतालमा बिरामीको चाप बढेर केही दिनदेखि सबै बेडहरु भरिभराउ छन् । पुस पहिलो सातादेखि जिल्ला अस्पतालमा बिरामीको चाप बढदै गएको छ । अस्पताल वार्डमा भर्ना भएका बिरामीलाई निको हुन चार पाँच दिन लाग्ने गरेको चिकित्सकहरूको भनाइ छ ।

भाइरल ज्वरोका बिरामी दैनिक ७० देखि ८० जनासम्म उपचारको लागि जिल्ला अस्पताल आउने गरेका छन् ।

जाडोले गर्दा गाउँबस्तीमा पनि रुघाखोकीका बिरामीहरु बढन थालेका छन् । बर्षा र हिमपात नहुँदा सुक्खा जाडोले जनजीवन प्रभावित बनाएको छ ।

Next Post

संगठनलाई समय सापेक्ष चलायमान राख्न महानिरीक्षक अर्यालको निर्देशन

२१ पुष २०८०, शनिबार ०९:४९
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल जुम्ला आइपुगेका छन । उनी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गण हेडक्वाटर त्रिपुरा जुम्लाको नवनिर्मित भवनको उद्घाटन गर्न जुम्ला आइपुगेका हुन । उनले तातोपानी ५ हियाखोलास्थित नवनिर्मित गणपति निवास,कार्यालय भवन,क्वाटरगार्ड,विल्लादार जवान ब्यारेकको एकसाथ उद्घाटन गरेका हुन । भवन उद्घाटन गर्दै महानिरीक्षक अर्यालले हरेक काम […]